संगीतका धरोहर अम्बर को अंत्येष्टि
जेष्ठ २५, २०७३- मंगलबार बिहान निधन भएका संगीतज्ञ अम्बर गुरुङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
उपप्रधान एवं रक्षामन्त्री भीम रावल आर्यघाट पुगेर गुरुङलाई राष्ट्रिय झन्डा ओढाएका छन् । नेपाली सेनासहितका सुरक्षाकर्मीले सलामी दिएको छ ।
मंगलबार बिहान ग्रान्डी अस्पतालमा निधन भएका गुरुङको पार्थिव शरीरलाई अपरान्ह ३ बजेसम्म अन्तिम श्रद्धान्जलिका लागि प्रज्ञा भवनमा राखिएको थियो । त्यहाँबाट निकालिएको शव यात्रा कमलपोखरी–गौशाला हुँदै आर्यघाट पुगेको हो ।
सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीदेखि हजारौं सर्वसाधारण गुरुङको अन्तिम विदाईका लागि आर्यघाट पुगेका थिए । बौद्ध धर्म अनुसार बिहान पूजा गरिएपछि आर्यघाटमा भने हिन्दु संस्कार उनुसार उनको दाहसंस्कार गरिएको हो ।
भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको निधन भएको हो । उनी गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचारत थिए । यसअघि उनको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।
विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा उनको जन्म भएको थियो । प्रवासमा जन्मेर नेपाल आई उनले नेपाली गीतसंगीतमा योगदान गरे । उनको पहिलो गीत ‘नौलाख तारा उदाए...’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो । विसं २०२४ मा नेपाल आएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा संगीत निर्देशकका रुपमा काम गरेका थिए ।
उनी २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित भए । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उनले संगीतबद्ध गरेका थिए । त्यस्तै ‘फर्केर हेदार्’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उनले संगीत भरेका नेपाली गीतसंगीतका अध्येता प्रकाश सायमीले बताए ।
त्यसैगरी उनले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए..., ‘म अम्बर हुँ, तिमी धर्ती...’ लगायत करिब ५०० गीतमा संगीत भरेका थिए । उनी गीतकार, संगीतकार र गायक तीनै विधामा पोख्त थिए । जनजीवनमा उनलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो । सरकारले उनलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो ।
नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा संगीत भरेका थिए भने छ/सात सय गीत उनकै शब्द र स्वरमा रहेका छन् ।
प्रकाशित: जेष्ठ २५, २०७३
kantipur

Nepalese Rupee Exchange Rate