एशियन लाईफ इन्स्योरेन्सको बीमा सेवा अब ग्रामिण भेगमा पनि
वीरगंज, १७ चैत्र/एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं तथा नवौं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
वीरगंजस्थित होटेल भिष्वामा आयोजित सो कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष विजय सरावगीले आ.व. २०७१/०७२ र आ.व. २०७२/०७२को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
सो आ.व. २०७२/०७३मा रहेको बाँडफाँड योग्य खुद मुनाफा मध्ये लाग्ने कर कट्टा गरी बाँकी रु. १३,४२,६५,५४० बराबरको रकम लाभांशको रुपमा बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको छ । साथै बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी रु. ८०,५५,९२,४०० पुग्ने छ । बोनस शेयर वितरणपश्चात हुने कम्पनीको चुक्ता पूँजीको दुई बराबर एकको अनुपातमा हकप्रद शेयर समेत जारी गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले जानकारी गराउनुभयो । हकप्रद शेयरपश्चात कम्पनीको चुक्तापूँजी रु. एक अरब २० करोड ८३ लाख ८८ हजार छ सय बराबर पुग्ने उहाँले बताउनु भयो ।
बिमा समितिको पछिल्लो निर्देशन बमोजिम जीवन बिमा कम्पनीहरूले न्युनतम चुक्ता पूँजी रु ५० करोड कायम गर्नुपर्ने प्रावधान रहेको छ । साधारणसभाले संस्थापक शेयर समुह कबाट पाँच जना संचालकहरूमा विजय कुमार सरावगी, दिनेशलाल श्रेष्ठ, सुशान्त चाचान, दीपक कुमार श्रेष्ठ र सुरेन्द्र गोयल तथा सर्वसाधारण शेयर धनी समुह‘ख’बाट रवि कुमार गुप्ता र शौरभ रुंगटालाई आगामी चार वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरिएको छ ।
कम्पनीले स्थापनाको करिब नौ वर्षसम्मको अवधिमा अर्थात २०७३ साल पौष मसान्तसम्ममा रु. आठ अरब ८६ करोड, ५७ लाखको जीवन बिमा कोष र रु. ८ अरब ६६ करोड २२ लाख लगानी तथा कर्जामा रहेको छ । त्यस्तैगरी कम्पनीले चालु आ.व.को फागुन मसान्तसम्ममा कूल रु. १ अरब ३९ करोड १२ लाख बीमा शुल्क आर्जन गरिसकेको छ । कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म २३ वटा शाखा तथा ७२ वटा उपशाखाहरूबाट १२ हजार सक्रिय अभिकर्ताहरूको सञ्जालमार्फत बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
२०७२ साल वैशाख १२ र २९ गते गएको विनाशकारी महाभुकम्पमा परी दिवंगत भएका यस कम्पनीका बिमितहरूमध्ये २०७३ पौस मसान्तसम्म दाबी संख्या ६६ को शतप्रतिशतले दाबी भुक्तानी रु. ८१ लाख ५२ हजार तीन सय ४२ निजका आश्रित तथा इच्छाएको हकवालालाई प्रदान गरिसकिएको जानकारी गराउनु भयो ।
कम्पनीले हालसम्म बालबालिकालाई लक्षित गरी बाल उमंग तथा बालभविष्य बिमा योजना, सबैको हातमा पेन्सन भन्ने नारासहित पेन्सन बिमा योजना, एशियन सर्वाधिक, अग्रिम भुक्तानी सर्वाधिक, सुखी जीवन बीमा योजना, जीवनरत (सिमित भुक्तानी सर्वाधिक जीवन बिमा योजना), पति–पत्नीकोलागि संयुक्त सर्वाधिक जीवन बीमा योजना तथा धन समृद्धि आदिजस्ता योजनाहरू प्रचलनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
आगामी दिनहरूमा नेपालको ७५ जिल्लाको अधिकांश ग्रामिण भेगहरूमा समेत जीवन बीमाको पहुँच पुर्याई सर्वशुलभ जीवन बिमा सेवा प्रदान गर्ने तथा समय सापेक्ष र आकर्षक तथा नयाँ बिमा योजनाहरू ल्याउने कम्पनीको योजना रहेको उनले बताए ।
कम्पनीका संस्थापक अध्यक्ष बाबुलाल चाचानले सर्वसम्मतिबाट निर्वाचित सञ्चालित समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र फुलमाला लगाई स्वागत गर्नु भएको थियो ।
सो कार्यक्रममा उद्योगपति रामअवतार खन्डेलवाल, शेयरधनी, बीमा अभिकर्ता, कम्पनीका कर्मचारीहरू लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको कुरा एशियन लाइफ इन्स्योरेन्स कम्पनी वीरगंज शाखा प्रमुख रामरुप सहनीले जानकारी गराउनुभयो ।

Nepalese Rupee Exchange Rate