गणतन्त्रवादी जस्तै राष्ट्रवादी पनि राष्ट्रका अपराधी हुन्: गिरी दरबारका सचिवले व्यक्तिवादलाई प्रश्रय दिए: पशुपति विक्रम शाह
सन्तोष मिश्र/
०९ पुस, वीरगंज/ नेपाल विद्वत परिषदका केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक नरेशराज गिरीले देश दिनानुदिन अधोगतिको बाटोतर्फ उन्मुख हुनुमा गणतन्त्रवादीजस्तै राष्ट्रवादी नागरिकहरू पनि उत्तिकै दोषी र अपराधी भएको बताउनु भएको छ ।
पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहबाट पुस ६ गते साँझ देशबासीको नाममा आएको विज्ञप्तिको समर्थनमा स्वागत र सम्मान गर्न वीरगंजमा नेपाल विद्वत परिषद जिल्ला कार्य समिति पर्साले आयोजना गरेको विज्ञप्तिको स्वागत एवं सम्मान कार्यक्रममा अध्यक्ष गिरीले सो कुरा बताउनु भएको हो ।
गिरीले “जब–जब राजाको वक्तव्य आउँछ, तब तब गणतन्त्रको जग हल्लिन्छ । राजाबाट हरेक चोटीको अभिव्यक्तिमा एकताको लागि आह्वान हुन्छ तर हामी एक कानले सुनेर अर्को कानले उडाई दिने गरेका छौं ।
यदि हामी बेलैमा मिल्न सकेनौं, एक हुन सकेनौं भने भोली देशको अधोगति भएमा गणतन्त्रवादी जात्तिकै हामी राष्ट्रवादी पनि उत्तिकै दोषी हुने छौं ।” भने ।
मध्यमाञ्चल संयोजक गिरीले देश डुबाउन चार ठूला राजनीतिक दल मिल्न सक्छ भने देश जोगाउन हामी राष्ट्रवादी आम नागरिक एक आपसमा किन नमिल्ने ? भन्ने प्रश्न तेर्साउनु भयो ।
जुन दिन देशभक्त नागरिक र राष्ट्रवादी शक्तिहरू एकजुट हुन्छन् त्यै दिनबाट राष्ट्रका अपराधीहरू भागाभाग हुन्छन् र राष्ट्र जोगिने छ ।
प्रजातन्त्र, पञ्चायत र लोकतन्त्रका हर्ताकर्ताकै कारण प्रजातन्त्र, पञ्चायत र लोकतन्त्र ढलेको बताउनु हुँदै मध्यमाञ्चल संयोजक गिरीले भने, “गणतन्त्र पनि गणतन्त्रकै मसिहा भनाउँदाहरूका कारण ढल्ने अवस्थामा पुगेको छ ।” भन्दै अब सबै राष्ट्रवादी शक्तिहरू व्यक्तिगत र पदीय स्वार्थ त्यागेर एकजुट हुन आग्रह गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक एवं वरिष्ठ समाजसेवी पशुपति विक्रम शाहले राजाको अभिव्यक्तिले राष्ट्रका अपराधीहरूको मनमा ठूलो हलचल पैदा गरेको बताए । उनले दरबारका सचिवहरूकै कारण राष्ट्रवादीहरू मिल्न सकेका छैनौं, सचिवहरूले “हामीवाद”लाई पाखा लगाएर म अर्थात् व्यक्तिवादीलाई पक्ष पोषण गरी काखी च्याप्ने गरेका कारण राष्ट्रघाती शत्रुहरू बलिया र राष्ट्रवादीहरू कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।
त्यस्तै पर्साका पूर्व जिल्ला विकास सभापति शम्भु प्रसाद चौरसियाले, “राजाले बोलिसके, अब हामीले गर्नुपर्ने बेला आएको छ, राजाको आदेश पर्खेर बसेका आम नेपालीका लागि अब राजाले अब बोलिसके, अब हामी घर घर बाट उठनु पर्ने भएको छ । अब हिन्दू अधिराज्यको लागि हामी लडनै पर्छ, हामी एक हुनु पर्ने बेला भएको छ, हामी एक भएनौं भने अब केही हुन्न, राष्ट्र बच्दैन ।” भन्ने धारणा राख्नु भयो ।
कार्यक्रममा अब्दुल सत्तार अंसारी, राष्ट्रिय सरोकार मञ्चका पर्सा जिल्ला अध्यक्ष नन्द किशोर गोयल, नेपाल विद्वत परिषदका केन्द्रिय सदस्य अध्यानन्द प्रसादलगायतले आ–आफ्नो मन्तव्य प्रकट गर्नु भएको थियो ।
नेपाल विद्वत् परिषदका पर्सा जिल्ला अध्यक्ष राम नारायण साहको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी पशुपति विक्रम शाह, नेपाल विद्वत् परिषदका केन्द्रिय सदस्य एवम् मध्यमाञ्चल संयोजक नरेश राज गिरी, केन्द्रिय सदस्य अध्यानन्द कलवार, पर्साका पूर्व जिविस सभापति शम्भू प्रसाद चौरसिया, राष्ट्रिय सरोकार मंचका नन्द किशोर गोयल, स्थानीय चन्द्रसूर्य वाणी दैनिक पत्रिकाका सम्पादक सन्तोष मिश्र, सत्तार अंसारी, पशुपति रौनियार, दीनानाथ यादव, बिगा राउत गदी, हिन्दू परिषदका पृथ्वी प्रसाद झा लगायत उल्लेख्य राष्ट्रवादी नागरिकहरूको सहभागिता रहेको सो कार्यक्रम अरुण विक्रम शाहले संचालन गर्नु भएको थियो ।