सप्ताहव्यापी श्रीराम कथा एव भगवतलीला झाँकी

वीरगंज, १५ चैत्र/वीरगंजको आदर्शनगर रंगशालामा विश्व विख्यात परमपूज्य संत प्रवर एवं श्रीराम भक्त श्रद्धेय श्री विजय कौशलजी महाराजले रुंगटा वेलपेयर सोसाइटीद्वारा आयोजित सप्ताहव्यापी श्रीराम कथा वाचन एवं भागवत लीला झाँकीमा कथा वाचन एवं प्रवचन गर्नुहुने भएको छ ।
कार्यक्रमबारे जानकारी गराउनु हुँदै ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबेले भने, “सांस्कृतिक संस्था बाँसुरीबाट सज्जित कलाकारद्वारा संस्कृतिक एवं आकर्षित कार्यक्रम नाी बाईका मायरा एवं कृष्ण लीला प्रस्तुती हुन गइरहेको छ, सबै श्रद्धालु भक्तजनहरू सहभागी भई श्रीराम कथाको श्रवण गरी भागवतलीला झाँकीको दर्शन गरी लाभान्वित हाऔं” ।
चैत्र १६ गते बुधवार विहान १०:३० बजे श्री हनुमान मन्दिरदेखि कथास्थल आदर्शनगर रंगशालासम्म शोभायात्रा निकालिने छ साथै बुधबारदेखि चैत्र २३ गते बुधवार सम्म प्रत्येक दिन दिउँसो ३ बजे देखि साँझ सात बजेसम्म श्रीराम कथा वाचन एवं चैत्र १८ गतेदेखि २१ गते सम्म दिउँसो १० देखि दिउँसो १ बजेसम्म नानी बाईका मायरा एवं श्रीकृष्ण लीला कार्यक्रममा सहभागी हुन सम्पूर्ण जनसमुदायलाई सहभागी हुन पंडित दुबेले आग्रह गर्नुभयो ।
अन्तिम दिन चैत्र २३ गते बुधवार रक्तदान गरेर कार्यक्रम गरेर कार्यक्रम समापन गरिने दुबेले जानकारी गराउनु भयो ।