ब्रेकिङ समाचार

नेपाली मुद्रा र हुलाक टिकटमा पृथ्वी नारायण शाहको फोटो राख्न विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियको माग

वीरगंज, १२ पुस ।
विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियले नेपाली मुद्रा एवं हुलाक टिकटमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको फोटो प्रचलनमा ल्याउन माग गरेको छ । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका मागदर्शक एवं अध्यक्ष भरत केशर सिंहले नेपाललाई हिन्दू अधिराज्य पुनस्र्थापनाकालागि सम्पूर्ण नेपालीलाई एकजुट हुन आग्रह पनि गर्नु भयो ।

वीरगंजस्थित होटल सम्झनामा मंगलवार २९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा बुधवार विहान ११ बजे वीरगंजमा आयोजना गरिन लागिएको  आमसभा कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पूर्व जनरल भरत केशर सिंहले एक प्रेस विज्ञप्ती जारी गरी  सो कुरा बताउनु भएको हो ।

अध्यक्ष जनरल भरत केशर सिंहद्वारा हस्ताक्षरित सो विज्ञप्तीमा भनिएको छ, “श्रृष्टिको अनादीकालदेखि नै विश्वमा नेपाल एक मात्रै हिन्दू अधिराज्यको रुपमा रहेको कुरा सर्व विदितै छ । वैदिक सनातन हिन्दू धर्मको पहिचान बोकेको संसारभरीका ओमकार परिवारको आस्थाको केन्द्र हो नेपाल । नेपाल संसारभरी छरिएर रहेका समस्त हिन्दूहरुको देश आराध्यदेव पशुपति नाथ, माता जानकी र भगवान गौतम वुद्धको जन्मस्थल, जहाँ सम्पूर्ण ऋषिमुनिहरुले तपस्या गरेको तपोभूमि एक पून्यभूमिको रुपमा स्थापित हुँदाहुँदै हाम्रो देशका राजनीतिक पार्टीका केही आप्mनो धर्म नबुझेका अथवा स्वार्थी भावनाले प्रेरित भई बुझ्न नखोजेका नेताहरुले आर्थिक प्रलोभनमा पारी जनताको भावना नबुझि यो देशलाई जबरजस्ती तरिकाले धर्म निरपेक्ष बनाउने निन्दनीय कार्यले गर्दा हामी ओमकार परिवार (वैदिक, शिख, वुद्धिष्ट, जैन) त्यस्तै किराँत धर्मावलम्बीहरु सबै स्तब्ध भएका छौं ।”

विज्ञप्तीमा अगाडी भनिएको छ, “९४ प्रतिशत ओमकार परिवार रहेको मुुलुक नेपाल र पछिल्लो जनमतमा ९४ प्रतिशतले हिन्दू धर्म दर्शाएको र हालको संविधान घोषणा गर्नुभन्दा पहिला नेपाली जनतासँगै सुझाव संकलन गर्ने क्रममा ९४ प्रतिशत नेपाली जनताले यो देश हिन्दू राष्ट्र हुनु पर्छ भनेर सुझाव दिएको भए तापनि त्यो मतको कुनै मान्यता नदिई एकलौटी ढंगबाट पेलेर, हाम्रो आवाजलाई सुन्दै नसुनिकन पूर्वाग्रही ढंगबाट हिन्दू धर्मावलम्बीहरुको भावनालाई उपेक्षा गरियो र धर्म निरपेक्ष संविधान घोषणा गरियो । यसलाई कुनै प्रकारबाट पनि लोकतन्त्र या प्रजातन्त्र भन्न किमार्थ सकिन्न ।”


यो विभेदकारी संविधानले हाम्रो मुलुकको हित कदापि गर्दैन । परिणाम स्वरुप मेचि र महाकालीसम्म मात्र सीमित यति सानो देशले संघीयता र पहिचानको नाममा सर्वपप्रथम थेग्नै सक्दैन  र अन्ततोगत्वा टुक्रिने अवस्थाको सिर्जना हुन्छ । हालको व्यवस्था संचालन गर्ने नीति अनुरुप हाम्रो राष्ट्रिय पहिचान, राष्ट्रियता र राष्ट्रिय अखण्डता टुक्रिंदै छ । हाम्रो देश नै रहला कि नरहलाको अवस्थातर्फ देशलाई उन्मूख गराउनेहरुलाई इतिहासले कदापि माफी गर्ने छैन ।


मुलुकमा उत्पन्न यस विषम परिस्थितिमा हामी सम्पूर्ण राष्ट्रप्रेमी, न्याप्रेमी, देशभक्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु एकजुट हुन सकेनौं भने इतिहासले कसैलाई पनि माफी गर्ने छैन । तसर्थ, नेपाल अधिराज्यका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको २९५ औं जन्मजयन्तिको शुभ अवसरमा सम्पूर्ण नेपालीहरु ऐक्यवद्ध भई हिन्दू अधिराज्य पुनस्र्थापना गराउने महाअभियानमा लागिपर्नका निम्ति विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय हार्दिक अपिल गर्दछ । देशका सबै एकजुट भए जस्तोसुकै विदेशीका चलखेल निस्क्रिय भई जाने सबैले बुझेकै विषय हो ।

यो देशमा आज जस्तोसुकै राजनीतिक परिवर्तन भएतापनि देशको रक्षा, सामाजिक एकीकरण र आर्थिक विकास गरी मुलुकलाई अक्षुण्ण राख्न श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहको योगदान अतुलनीय रहेको कुरालाई बिर्सनु हुँदैन । हरेक देशको आप्mनो गौरव, परम्परा र धर्म हुन्छ, त्यो गौरव र परम्परालाई अक्षुण्ण राख्ने त्यो देशको परम् कर्तव्य हुन आउँछ । हाम्रो पनि आप्mनो वेग्लै पहिचान छ, त्यो पहिचान भनेको विश्वको एकमात्र हिन्दू अधिराज्यको पहिचान हो । हामी बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक मान्ने अखण्ड स्वाधिन एवं कहिल्यै गुलाम नभएका देशका नेपाली नागरिकहरुले हाम्रो गौरवमय परम्परा, सांस्कृतिक धरोहर, आप्mनो धर्म र सभ्यतालाई बिर्सिएर आप्mनो पहिचान गुमाउनु हुँदैन । असाध्यै न्यून संख्यामा भएका कृश्चियन धर्मावलम्बीहरुको चाड क्रिश्मसमा राष्ट्रिय विदा दिने पूर्व सरकारबाट सो विदा काटिसकेको अवस्थामा अर्को सरकारले ऐन मौकामा पुनः स्वीकृति दिएको तर आप्mनो देशको निर्माता श्री ५ बडामराजाधिराज पृथ्वी नारायण शाह जन्मिएको दिन पुस २७ गते राष्ट्रिय पर्वको रुपमा हर्षोल्लासका साथ मनाउन विदा नदिने नेपाल सरकारको यस्तो विभेदकारी व्यवहारप्रति विश्व हिन्दू महासंघ घोर आपत्ति प्रकट गर्दछ ।”

विश्व हिन्दू महासंघले राज्यसमक्ष  पुस २७ गते लाई राष्ट्रिय पर्वको रुपमा हर्षोल्लासका साथ देश व्यापी रुपमा मनाउनका निम्ति राष्ट्रिय विदाको घोषणा गरियोस्,  विश्वभर राष्ट्रिय विभूतिहरुका प्रचलित मान्यता अनुरुप बडा महाराजाधिराज श्री ५ पृथ्वी नारायण शाहको तस्वीरलाई नेपालको चलन चल्तीको कागजी मुद्रा तथा हुलाक टिकटमा प्रकाशित गरियोस् भन्ने माग पनि राखेका छ ।

महासंघ अन्तर्राष्ट्रियले गत पुस ६ गते  राजा ज्ञानेन्द्र वीर विक्रम शाहबाट मुलुकको हालको कमजोर राजनीतिक परिस्थितिप्रति गहिरो चिन्तन गरि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सु–व्यवस्था, दीगो शान्ति र राष्ट्रिय गौरवलाई जोगाई राख्न दूरदर्शी, सच्चा राष्ट्रवादी अभिभावकको पहिचान बक्सँदै सम्पूर्ण देशभक्त नेपालीहरुलाई एकजुट हुनका निम्ति जारी गरिएको सारगर्भिक विज्ञप्तीप्रति विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियले स्वागत समेत गरेको छ । साथै, सम्पूर्ण देशभक्त, राष्ट्रप्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउन एकजुट हुँदै हिन्दू सम्राटबाट जारी विज्ञप्तीलाई स्वागत गर्नुहुनेछ भन्ने हामी पूर्ण विश्वास रहेको छ भनि जनरल सिंहद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

महासंघ अन्तर्राष्ट्रियले गत पुस ६ गते  राजा ज्ञानेन्द्र वीर विक्रम शाहबाट मुलुकको हालको कमजोर राजनीतिक परिस्थितिप्रति गहिरो चिन्तन गरि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सु–व्यवस्था, दीगो शान्ति र राष्ट्रिय गौरवलाई जोगाई राख्न दूरदर्शी, सच्चा राष्ट्रवादी अभिभावकको पहिचान बक्सँदै सम्पूर्ण देशभक्त नेपालीहरुलाई एकजुट हुनका निम्ति जारी गरिएको सारगर्भिक विज्ञप्तीप्रति विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियले स्वागत समेत गरेको छ । साथै, सम्पूर्ण देशभक्त, राष्ट्रप्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउन एकजुट हुँदै हिन्दू सम्राटबाट जारी विज्ञप्तीलाई स्वागत गर्नुहुनेछ भन्ने हामी पूर्ण विश्वास रहेको छ भनि जनरल सिंहद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रियका मार्गदर्शक तथा अध्यक्ष जनरल भरत केशर सिंहको संयोजकत्वमा भएको सो कार्यक्रममा विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय महासचिव अस्मिता भण्डारीले अध्यक्षद्वारा जारी गरिएको विज्ञप्ती पढेर सुनाउनु भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय समितिका सभापति निल प्रसाद भण्डारी, राजसंस्थावादी वृहत समुहका संयोजक किशोरी महतो, विश्व हिन्दू महासंघका केन्द्रिय सदस्य पृथ्वी प्रसाद झा, नेपाल राष्ट्रवाद संघका पर्साका अध्यक्ष जनकलाल साह, राजसंस्था पुनस्र्थापना संघर्ष समितिका गणेश साह, विश्व हिन्दू महासंघका पर्सा जिल्ला सभापति राजकिशोर चौबे, जेष्ठ नागरिक समुह पर्साका संस्थापक अध्यक्ष पश्ुपति विक्रम शाह, नागरिक संघर्ष समितिका संयोजक तथा नेपाल राष्ट्रवादी शान्ति समुह बारा पर्साका संस्थापक अब्दुल सतार अंसारी, मिसन नेपालका विराज यादव र सन्तोष रंजितकार, विगा राउत गदी, रिपोटर्स क्लव नेपालका केन्द्रिय सदस्य कन्हैया गुप्ता, राष्ट्रिय सरोकार मंचका पर्सा जिल्ला अध्यक्ष नन्द किशोर गोयल, शिव सेना नेपाल बारा पर्साका युवा अध्यक्ष आशीश तिवारी, आर.पी. रुदल, राजेश पटेल लगायत विभिन्न राष्ट्रवादी संघ संस्थामा आवद्ध पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।