ब्रेकिङ समाचार

सम्पादक पाण्डे सिकिस्त, वीर हस्पिटलको आइसियुमा उपचार हुँदै

वीरगंज/पर्साको वीरगंजबाट विगत ३२ वर्षदेखि प्रकाशित हुँदै आएको उत्थान साप्ताहिकका प्रकाशक/सम्पादक श्रीमति विन्दू पाण्डे  मुटुरोगबाट सिकिस्त भएपछि उनलाई सो पत्रिकाका प्रधान सम्पादक समेत रहेका निजका श्रीमान सुदर्शनराज पाण्डेले काठमाण्डौस्थित वीर हस्पिटलको आइसियुमा भर्ना गरी उपचार गराइरहनु भएको कुरा बताउनु भएको छ ।

    केही समयदेखि मुटुको विरामी भई नियमति औषधी उपचार गराइरहनु भएकी सम्पादक श्रीमति पाण्डे अचानक बेहोस भई बोली समेत बन्द भई चिन्ताजनक अवस्थामा काठमाण्डौको वीर हस्पिटलमा उनको उपचार भइरहेको कुरा समेत निजका श्रीमान पाण्डेले जानकारी गराउनु भयो ।