लायन्स क्लवद्वारा नि:शुल्क आाखा परीक्षण शिविरको आयोजना
वीरगंज, २७ पुस/
संसारमै सबभन्दा बढी सदस्य संख्या रहेको क्लव लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मदिनको शुभ अवसरमा साता व्यापी कार्यक्रम अन्तर्गत आज दोश्रो दिन वीरगंजमा नि:शुल्क आाखा शिविरको आयोजना गरियो ।
लायन्स क्लव सेन्ट्रलको आयोजनामा वीरगंज स्थित ताराचन्द किसनलाल माविमा आयोजित सो आाखा परीक्षण शिविरमा ३२५ जनाको आाखा परीक्षण गरिएको थियो । आाखा परीक्षणका क्रममा ८ जना दृष्टि कमजोर भएको विरामी फेला परेको कार्यक्रमका अध्यक्ष निभा दासले जानकारी गराउनु भयो ।
विद्यालयका प्रधानाध्यापक राजन जोशीको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा आशाराम हस्पिटलका डा. अदित्य तिवारी एवं राकेश चौरसियाले आाखा परीक्षण गर्नु भएको लायन्स क्लवका रिजन चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनु भयो ।

सो परीक्षण शिविरमा सहभागीहरुलाई जुकाको औषधी एवं चकलेट एवं विस्कुट समेत वितरण गरिएको क्लवका को एरिया चिफ देव चौधरीले बताए ।
सो कार्यक्रममा डिएन अग्रवाल, लायन्स क्लव गोल्डेन स्पायरोका अध्यक्ष लायन रेशमा सर्राफ, प्रजय हरलालका, उद्घोषण रिजन चेयर पर्सन उमेश साह कानु, मिनाक्षी गुप्ता, अनामिका पुजारी, रेखा वैद्य, निहारिका दास, लगायत विभिन्न लायन्स क्लवमा आवद्ध प्रतिनिधि एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
संसारमै सबभन्दा बढी सदस्य संख्या रहेको क्लव लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मदिनको शुभ अवसरमा साता व्यापी कार्यक्रम अन्तर्गत आज दोश्रो दिन वीरगंजमा नि:शुल्क आाखा शिविरको आयोजना गरियो ।लायन्स क्लव सेन्ट्रलको आयोजनामा वीरगंज स्थित ताराचन्द किसनलाल माविमा आयोजित सो आाखा परीक्षण शिविरमा ३२५ जनाको आाखा परीक्षण गरिएको थियो । आाखा परीक्षणका क्रममा ८ जना दृष्टि कमजोर भएको विरामी फेला परेको कार्यक्रमका अध्यक्ष निभा दासले जानकारी गराउनु भयो ।