आखिर को थिइन् उनी
सिता पौडेल
इजरायल
सरासर लाइब्रेरी कक्षमा पसें अनी आँफुलाई चाहिने किताब निकालेर बस्ने ठाँउ हेर्दै थियें त्यतिकैमा एउटा कुनामा बसेर मलाई नियाली रहेकी एउटी युवतीले मलाई आवाज दिइन आउनुस यहाँ ठाँउ खाली छ ! म एकान्तमा पढ्न चाहन्थे तर उनको आग्रहलाई पनि नकार्न सकिन । उनी भएको ठाँउमा पुगें अनि धन्यवाद भन्दै बसें ।एकतमासले उनी मलाई हेरी रहेकी थिइन ।
म पनि किताबको पानाहरु पल्टाउँदै आफुलाई आवस्यक परेको विषय खोज्न थालें त्यतिकैमा उनले मेरो हातबाट किताब लिंदै भनीन् के मलाई एकछिन तपाईंको समय दिन सक्नु हुन्छ ?
उफ ! आजै मलाई जरुरी विषयमा अध्यन गर्न अती जरुरी थियो तर ..... उनले मेरो जवाफको प्रतीक्षा नगरी बोल्न सुरु गरिन् मानौं उनी मलाई नै पर्खी रहेकी थिइन । रमेश र म बाल्यकाल देखिकै अती मिल्ने साथी थियौं । नेरो बुवा जमिनदार हुनुहुन्थ्यो भने रमेश गरीब परिवारको छोरो थियो उसको आमाबुवाले रातदिन मिहिनेत गरेर आफ्नो परिवारको खर्च चलाउने गर्नु हुन्थ्यो । रमेश र म एकै कक्षाका विद्यार्थी थियौं ! उ अतीनै मिहिनेती थियो र मलाई पनि नजानेको कुराहरु सिकाउने गर्थ्यो यसरी हाम्रो बाल्यकाल बिती रहेको थियो ।
एकदिन अचानक रमेशले भन्यो अब हामी शहर जाने रे बुवाले भन्नू भएको , शहरमा त सानो चियापसल खोलेर पनि परिवार पाल्न सजिलो हुन्छ रे यहाँ त जति दुख गर्दा पनि दुई छाक खान गाह्रै हुने रे ।तर त्यहाँ तिमी हुँदिनौ म एक्लो हुने भयें ! उसको कुराले त म पो झन् दुखी बनें एउटा असल साथी थियो उ ।हाम्रो धेरै समय संगै बित्थ्यो । स्कुल छुट्टी भयो दुबैजना घर फर्कियौं । घर पुगेर ब्याग राखें र थचक्क बेडमा बसें अनि अचानक आफू एक्लो भएको महसुस भयो मानौं रमेश आजै शहर जाँदै छ । खाजा खान बोलाउन आउनु भएको आमाले मलाई उदास देखे पछी सोध्नुभयो के भयो छोरी तिमी किन मलिन देखिन्छ्यौ ? आमाको यति सोधाई मात्र के थियो म उहाँलाई झम्टिएर रुँदै रमेशले भनेको कुरा सुनायें । सबैलाई थाहा थियो मेरो र रमेशको मित्रता बारे , हाम्रो डाह गर्नेहरु पनि नभएका होइनन् तर हामी हाम्रै दुनियाँमा मस्त थियौं ।
भोलिपल्ट बिहान अलि चाँडै उठे अनि रमेशको घरतीर लागें हाम्रो मित्रतामा धनी गरीबको कुनै रेखा वा सिमाना थिएन उ बाहिर बसेर पढि रहेको थियो म उसको नजिकै गएर बसें । उसको आँखामा पनि छुट्टीनु पर्दाको पिडा स्पष्ट देखिएको थियो । होमवर्क सकायौ ? रमेशले सोधे पछि पि बल्ल याद आयो कि मैले त आज कुनै पनि होमवर्क गरेकै थिइन । एकछिन ल ! भन्दै घरतिर दौडे अनि स्कुलको ब्याग बोकेर फेरि रमेशको घरतिर लागें । रमेश र मलाई राम्रै संग थाहा थियो कि अब आउने दिनहरू हाम्रो लागि सजिलो हुने छैन भनेर ।सबैकुराको व्यवस्था मिलाउन बिहानै बुवा शहर जानु भएको कुरा रमेशले बतायो । केही समय संगै बसेर होमवर्क गरे पछि स्कुल को तयारीको लागि म घरतिर लागें ।
यसरी केही साता हाम्रो संगै बित्यो र त्यो दिन पनि आयो जुन दिन रमेश आफ्नो परिवार सहित शहर जाँदै थियो । म पनि आमा संग उसको घर गएकी थियें । गाउँ छोड्नुको पिडा त उसको आमाबुवालाई पनि थियो तर विवशता थियो गरिबीको । रमेश र मेरो पिडालाई सबैले राम्रै संग महसुस गरेका थिए । हामी एक अर्कालाई हेरी रहेका थियौं तर बोल्न सकि रहेका थिएनौं । केही बेरमै रमेशको बुवाले सबै संग बिदा लिनु भयो र मलाई आफ्नो ख्याल राख ल छोरी भन्नू भयो ।मैले हुन्छ भन्दै टाउको हल्लायें र पुलुक्क रमेश तिर हेरें उसको आँखामा आँसुको खोलानै उर्लेर आएको थियो ।दुबैजना बेस्सरी रोयौं हाम्रो रुवाईले अरुको मन पनि थामिएन । साह्रै मुस्किलको समय थियो त्यो मेरो अनि रमेशको लागि । टाढा पुगन्जेल उसलाई हेरी रहें ।
उ सित छुट्टीए पछिका दिनहरू मेरो लागि कष्टप्रद नै थियो न त अरु कुनै साथी बनाउन सकें न त उसलाई बिर्सन नै ।आज यतिका वर्ष सम्म पनि उसैका हरेक गतिविधि हरुलाई याद गरेर उसलाई सम्झिने गर्छु । आफ्नो स्कुलेजीवन सकाएर म पनि शहर आयें आफ्नो पढाइलाई निरन्तरता दिंदै र रमेशलाई कतै भेटी हाल्छु कि भन्ने झिनो आशा सहित । थाहा भएन यो हाम्रो मात्र बाल्यकालको मित्रता हो या समय संगसंगै प्रेममा परिवर्तन भएको मित्रता । केहीदिन देखि मैले तपाईंलाई नोट गरि रहेकी थियें र लाग्यो यो मन भित्रको पिडाको पोको तपाईं सामु खोलु भनेर । तर किन थाहा भएन यो मनको आदेश थियो । तपाईंको मुल्यवान समयको लागि धन्यवाद यति भनेर उनि उठेर गइन् ।
आफ्नु कथा सुनाइ रहँदा उनीभित्रको पिडा उनको आँखामा साफ झल्की रहेको थियो म सोच्न बाध्य भयें के यो मात्र बाल्यकालको मित्रता थियो त या उनले भने जस्तै समय संगसंगै प्रेममा परिवर्तन भएको मित्रता जसको लागि उनीभित्र अझै पनि झिनों आशा बाँची रहेको थियो ।आखिर उनले के सोचेर आफ्नो पिडा म अन्जान सित पोखिन् त यो कसरी सम्भव छ ? न त उनले आफ्नो परिचय नै दिइन न त केहि जान्ने जिज्ञासा् नै राखिन , जाँदाजाँदै एउटा अनौठो खालको परिचय दिएर गइन उनी आफ्नो मित्रताको । म भित्र पनि अनेकौं प्रश्नहरुको कौतुहलता जगाएर गइन उनी ।आखीर को थिइन उनी ?
इजरायल
सरासर लाइब्रेरी कक्षमा पसें अनी आँफुलाई चाहिने किताब निकालेर बस्ने ठाँउ हेर्दै थियें त्यतिकैमा एउटा कुनामा बसेर मलाई नियाली रहेकी एउटी युवतीले मलाई आवाज दिइन आउनुस यहाँ ठाँउ खाली छ ! म एकान्तमा पढ्न चाहन्थे तर उनको आग्रहलाई पनि नकार्न सकिन । उनी भएको ठाँउमा पुगें अनि धन्यवाद भन्दै बसें ।एकतमासले उनी मलाई हेरी रहेकी थिइन । म पनि किताबको पानाहरु पल्टाउँदै आफुलाई आवस्यक परेको विषय खोज्न थालें त्यतिकैमा उनले मेरो हातबाट किताब लिंदै भनीन् के मलाई एकछिन तपाईंको समय दिन सक्नु हुन्छ ?