ब्रेकिङ समाचार

क्राइम चेक नवौं वर्षमा प्रवेश

    पर्सेली पत्रकार र पत्रकारिताको भीडलाई छिचोल्दै छुट्टै पहिचान राख्ने जमर्को गरेको यस क्राइम चेक साप्ताहिक आठौं बस्न पार गर्दै नवौं वर्षमा प्रवेश गरेको छ । सामाजिक संजाल, अनलाइन पत्रकारिताको युगमा छापा माध्यम क्राइमचेकले आफ्ना पाठकको लागि अभिरुचीका सामग्री पस्कँदै आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्दै आएको छ । क्षेत्रीय स्तरको “ग” वर्गमा यस साप्ताहिकले पत्रकारिताको यात्रामा निकै संघर्षपूर्ण कलमयात्रा गर्दै आएको छ । एक्लो व्यक्तिको प्रयासबाट मात्र स्तरीय पत्रिका प्रकाशन गर्न र गतिलो सूचना र समाचार प्रवाह र सम्प्रेषण गर्न संभव छैन । पत्रकारिता टिम वर्क हो । एउटा पत्रिकामा धेरै संलग्न हुनु पर्दछ, तबमात्र संस्थागत हुन्छ । व्यक्तिगत पत्रकारिताबाट संस्थागत पत्रकारिता गर्ने, स्तरीय पत्रकारिता गर्ने रहर भने अनेकौं कारणले गर्दा पूरा हुन सकेको छैन । विज्ञापन बजारको कमी, आर्थिक अभावको कारण क्राइम चेकले अझै एउटा साप्ताहिकको मापदण्ड पूरा गर्न सकेको छैन । वीरगंजमा स्तरीय साप्ताहिक पत्रिकाको खाँचोलाई टार्न खोजेर पनि विविध कारणले सकिएको छैन ।

    वीरगंज नेपालको व्यापारिक केन्द्र मध्ये एक हो । वीरगंजका लक्ष्मीपुत्र उद्योगपत्रि, व्यापारीहरूले सरस्वतीपुत्र पत्रकारहरूको अथक प्रयासबाट निस्किएका पत्रपत्रिकालाई खुलेर विज्ञापन सहयोग गरेर फस्टाउने मौका दिन नसकेको कारण वीरगंजको पत्रकारिताको बजार स्वस्थ प्रतिस्पर्धात्मक र स्तरीय बन्न सकेको छैन । विज्ञापन पत्रपत्रिकाकालागि आर्थिक मेरुदण्ड हो तर वीरगंजमा विज्ञापन बिना नै यस साप्ताहिक लगायत दैनिक र थुप्रै साप्ताहिक पत्रिकाहरू लामो समयदेखि सञ्चालनमा आउनु एउटा उदेकलाग्दो विषय बनेको छ । वीरगंजमा राम्रो पत्रिका प्रकाशनको सम्भावना भएर पनि पत्रकारहरूबीच व्यवसायिक एकता र प्रेस आचारसंहिताको पालना नहुँदा पत्रकारितको वातावरण निकै धमिलिएको छ ।
 धमिलो पानीमा माछा मार्ने भन्ने कुराको अत्यन्तै विरोधी यस क्रइम चेक साप्ताहिकले आधुनिक युग सुहाउँदो पत्रकारितालाई स्थान दिई स्थापित हुने ध्येय लिएको छ । सकारात्मक दृष्टिकोणका साथ अघि बढेको क्राइमचेक साप्ताहिक नवौं वर्ष प्रवेशका सुखद अवसरमा आफ्ना समस्त पाठकवर्ग, विज्ञापनदाता र शुभचिन्तकहरुमा उतरोत्तर प्रगतिको कामना गर्दछ ।पत्रकारिता पेशाको प्रवद्र्धन गर्दै पत्रकारिताको पहिचान र नयाँ अभियानका लागि सक्दो प्रयत्न गर्ने प्रण पनि गर्दछौं ।

    प्रवधिको विकासका कारण पत्रकारितामा भएको परिवर्तनलाई सुखद क्षणका रुपमा लिंदै यो परिवर्तन र सुधारको समयको अधिकतम उपयोग गर्दै रुपान्तरित हुँदै अघि बढ्ने क्राइम अर्थात अपराधको थलो हो पर्सा । यहाँ नानाथरिका अपराध हुन्छन् । सबैखाले अपराधका विरुद्ध खोजी पत्रकारिता गरी त्यस्ता अपराधको न्यूनिकरणका लागि सक्दो सघाउने उद्देश्य र लक्ष्य बोकेको ‘क्राइम चेक’ ले कुनै पनि विषयवस्तुको रोचक ढंगले उठान गर्न चाहन्छ । महत्वपूर्ण सूचना र सन्देश सर्वसाधारण नागरिकहरु समक्ष पुर्‍याउनु धर्म ठान्दछौं ।

    देशलाई सुन्दर, शान्त र एकताको सूत्रमा बााध्ने सपना सगरमाथा भन्दा ठूलो हुनु पर्दछ भन्ने सोंचका साथ पर्साको वीरगंजबाट प्रकाशन हुादै आएको क्राइम चेक साप्ताहिक साप्ताहिकले समाज र देशमा देखिएको वेथिति अन्त्य गर्न उत्पीडित वर्गको अगुवा भइ सामाजिक विकृतिको सल्यकृया गर्ने साधनको रुपमा प्रयोग हुादै आठौं बसन्त पार गरी नवौं वर्षमा पाइला टेकेको छ ।


    क्राइम चेकको यस अभियानमा यहााहरुको निरन्तर साथ, सहयोग र समर्थनको आशा राख्दछौं ।



क्राइम चेक साप्ताहिकमा २०७३ साउन ०६ गते प्रकाशित सम्पादकीय ।