अस्पताल लाइ म्याद नागेको औषधि दिने १५ पक्राऊ १ फरार
काठमाडौं-
ललितपुरको हरिसिद्धीमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.भित्र रहेको एनसिएच फार्मेसीले म्याद नाघेका औषधी सप्लाई गरेको भेटिएको छ।
अस्पतालमा जेठ १८ गते भर्ना भएका एकजना बिरामीलाई दिईएको औषधी चारमहिना म्याद नाघेको फेला परेपछि प्रहरीले छापा मारेर फार्मेसी संचालक सहित १५ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले फार्मेसी बाट सातवटा म्याद नाघेका औषधी समेत बरामद गरेको जनाएको छ।
ललितपुर प्रहरीले शनिबार छापा मारेर फार्मेसी संचालक रुपेश भण्डारी, कनैयालाल श्रेष्ठ, बिजयकुमार खड्का र सुरेश कुमार टेवालाई नियन्त्रणमा लिएको हो । यस्तै संचालकमध्यका एकजना फरार रहेको प्रहरीले जनाएको छ ।
अस्पतालमा जेठ १८ गते भर्ना भएकी सिन्धुपाल्चोककी राधा तिम्लसेनालाई शुक्रबार राती दिएको ओलीक्लिनोमेलको म्याद यही फेबररीसम्म रहेको फेला परेको हो । दन्त चिकित्सक समेत रहेका बिरामीका छोरा आशिष तिम्लसेनाले आमालाई दिएको औषधी म्याद नाघेको फेला परेपछि अस्पताल प्रशासन र फार्मेसी संचालकलाई जानकारी गराएका थिए। उनका अनुसार बिरामीलाई पौष्टिक आहारका रुपमा नशाबाट दिईने उक्त औषधीको मुल्य एक बोतलको ६ हजार पर्नेगर्छ । 'अस्पताल र फार्मेसीबाट राम्रो रेस्पोन्स नपाएपछि प्रहरीलाई खबर गर्न बाध्य भयौ,' तिम्लसेनाले नागरिकसँग भने । राधालाई दुईपटक दिल्लीको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचारपछि गत बुधबार अस्पताल भर्ना गरिएको थियो । छोरा आशिषले अस्पतालमा उपचार राम्रो भएपनि फार्मेसीको ब्यवहारले दिक्क भएको बताए ।
ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले फार्मेसी संचालक सहित स्टोरममा कामगर्ने अन्यगरि १५ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन । उनले आईतबार जिल्ला जन स्वास्थ्य सहितको टोलीले घटनाका बिषयमा थप अनुसन्धान गर्नेछ । 'अस्पतालका बिरामीलाई कुनै असर नपुग्नेगरि फार्मेसीमा सिलबन्दी गरेका छौ,' एसएसपी अधिकारीले भने । उनले क्यान्सर अस्पतालका लागि परिसरमा रहेको फार्मेसी र केही पर रहेको स्टोरमा मात्र औषधी उपलब्ध हुने गरेको हो।
अस्पातलका अध्यक्ष डाक्टर सुदिप श्रेष्ठले फार्मेसीले गल्ती गरेको स्विकारे । उनले अस्पतालमा हुने औषधी विक्रेताको मनोमानी रोक्न एउटै फार्मेसीबाट बजार भाउमा औषधी लिने नीति अस्पतालले लिएको बताए। ' बिरामी र अस्पताल दुबैको हितमा भनेर फार्मेसीसँग सम्झौता भएको हो, म्याद नाघेका औषधी फेला परेको छ, अस्पतालले समेत कारवाही गर्छ,' श्रेष्ठले भने।
प्रहरी वृत्त सातदोबाटोले बरामद भएका सात थान औषधी र पक्राउ ब्यक्तिका बिषयमा आईतबार अनुसन्धानपछि थप जानकारी आउने बताएको छ । वृत्तका प्रमुख डिएसपी तारादेबी थापाले प्रारम्भीक चरणमा पक्राउ परका ब्यक्तिबाट सोधपुछ भै रहेको जानकारी दिईन । उनका अनुसार संचालक सहित स्टोरमा कामगर्ने मेखबहादुर राय र नकुल कार्कीसहित १५ जनालाई नियन्त्रणमा लिएको हो।
nagariknews
-