विर्य परिक्षणमा, मेरो बुबा ।
![]() |
| कवी: प्रशान्त महासागर |
जीवनमा म डाक्टर बन्न चाहेको थिएँ
ईन्जिनियरको लागि पनि कोशिस गरेको थिएँ
पाइलट बन्छु भनी कागजको
हवाईजहाजहरु बनाउन सिकेको पनि थिएँ
धन्न ! मेरो
चाहना,
प्रयास,
मेहनत
सबै फेल भए
मेरो असफलता देखेर
डर लागेर
विर्य परिक्षणमा हिड्नु भएको मेरो बुबा
मुस्कुराउँदै फर्किनु भो
अनि
भन्नु भो “छोरा ! तिमी त सक्कली नै रहेछौ
न तिमी नक्कलको समर्थनमा गयौ
न त नाजायज भन्न मानवबादी नै भयौ
जे बन्यौ
जहाँ पुग्यौ
आफ्नै पद छापमा रमियौ
बाँच्नलाई छाती चौडा ग¥यौ
मुटु दरिलो, बाटोलाई निरन्तरता दियौ
अभाव होला
त्यो त जीवन जिउन सिकाउने कुरा हो
जुन बुझ्यौ पनि
मेरो वीर्यलाई नक्कली हुन दिएनौं पनि...”
एक छिनको लागि अकमक भएँ ।
२०७३०३०८
(अन्तमा: आमाबुबाहरुले, आफ्नो विर्य पनि नक्कली नै प¥यो कि...भनी चेक गराउने दिनको सामना गर्न नपरोस् । )
