ब्रेकिङ समाचार

जिल्ला स्तरीय टी –२० क्रिकेट टुर्नामेन्टको फाइनलमा निचुटाको सानदार जित,


खेलकुदको संरक्षण एवं संमद्र्धन आवश्यक – महासचिव पटेल
वीरगंज,असार १९
आयोजक श्री बहुदरामाई क्रिकेट क्लब पिपरालाई हराउदै निचुटा क्रिकेट क्लब बिजय भएको छ ।
पर्साको गाबिस वैरीया बिर्ता वडा नं. ७ ध्यानसिंह पिपरामा आयोजित  जिल्ला स्तरीय टी – २० क्रिकेट टुर्नामेन्टको आज सम्पन्न फाइन खेलमा निचुटा क्रिकेट क्लब ३८ रनले बिजयी भएको छ ।  १८ ओभर खेलमा  निचुटाले १३३ रन बनाएको थियो । १३४ रनको लक्ष्य पाएको आयोजक श्री बहुदरामाई क्रिकेट क्लब  १८ ओभरमा सवै बिकेट गुमाई  १०५  रन मा सिमित भएको थियो ।
प्रतियोगिता अवधिभर राम्रो खेल प्रर्दशन गरेका  बहुदरामाई क्रिकेट क्लब पिपराका राजु साह म्यान अफ दि सिरीज भएका थिए । प्रतियोगितामा निचुटा क्रिकेट क्लबका  नितेश कुमार  म्यान अफ दि म्याच भएका थिए । यसैगरी वेस्ट बलर पिपराका राजु साह र वेस्ट व्याट्स म्यान निचुटाका  नितेश साह भएका थिए ।
श्री बहादुरामाई क्रिकेट क्लब पिपराका अध्यक्ष राजकिसोर पटेलको सभापतित्वमा सम्पन्न पुरस्कार बितरण समारोहमा बिजेता निचुटा क्रिकेट क्लब र उप बिजेता श्री बहुदारामाई  क्रिकेट क्लब पिपरालाई कार्यक्रमका प्रमुख अतिथी नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले प्रमाण पत्र, नगद र शिल्ड बितरण गरेका थिए ।
पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै महासचिव पटेलले खेलकुद समाज र राष्ट्रको पहिचान संग जोडिएकोले यसको संरक्षण संम्बद्र्धन हरेक पक्षबाट हुनुपर्ने तर्क राख्दै  खेलकुदमा सरकारको तर्फबाट बिशेष कदम चाल्नुपर्ने धारणा राख्नु भयो । यसैगरी खेलका म्यान अफ दि म्याच  नितेश कुमारलाई नेपाल सदभावना पार्टी वीरगंज नगर कार्य समितीका  अध्यक्ष भरत सर्राफले प्रमाण पत्र , नगद र शिल्ड प्रदान गरेका थिए । साथै  म्यान अफ दि शिरीज राजु साहलाई पिपरा गााउका समाजसेवी बिन्दु पटेलले पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा स्थानिय अगुवा पन्नालाल साह, फागु साह, दिनेश साह, क्लबका उपाध्यक्ष रामेश्वर पटेल ,सचिव राजु कुमार र सह कोषाध्यक्ष संतोष पटेल लगायतको उपस्तिथी रहेको थियो ।
असार  ८ गते देखि शुरु भएको प्रतियोगितामा पर्साका १६ वटा टिमहरुले सहभागिता जनाएका थिए ।