आफुलाई हेर्ने र बुझ्ने कुरामा विश्वास गरौं
– प्रशान्त महासागरसमयको वर्गीकरण अनुसार यो भनेको कलियुग मैले भन्दा मसँग प्रमाणहरु खोजिएला, शास्त्रसँग अरु अरुले अरु नै चाहिएला तर मैले दिनु र कसैले लिनुमा पनि त्यहाँ आ–आफ्नै स्वार्थ वा बोलिने अझै भनौं सुन्नु पर्ने या कसैको कुरालाई मान्नु पर्ने, मान्दा आफुलाई दुख्ने अहम्हरुले गर्दा विना निष्कर्षका धेरै प्रश्नहरु हामी शेष छन् । र कलियुगको विशेषता भन्नु नै सुन्नु नभई सुनाउनु नै रहेको म पनि केही प्रतिशत मान्छु । साथसाथै सुन्नेहरुले सुनेका कुराहरुलाई यथार्थता परक नगरिकन विश्लेषक बन्ने जुन होडमा लागीन्छन् त्यसले पनि केही प्रतिशत यो कलियुग नै हो भन्ने दर्शाउँछ । र शास्त्रले कलियुगमा ज्ञानलाई क्षय गराउने कुराहरु नै सिकाउँछन् भन्ने जुन यथार्थता बोध गराए त्यसले पनि केही प्रतिशत यो कलियुग नै हो भन्ने व्याख्या गर्छ । यस्तैमा सम्मानहरु अपमान हुँदै जानु र मायाहरु विभिन्न उपकरणहरु जडान हुँदै जानु जस्तै नाक, कान, आँखा मानौं नौलो कुनै पाँच ईन्द्रीयहरु जडित हुनुले पनि अब हामी कलियुगमा छौं नै स्पष्ट गराउँछ । र कलियुगमा मानव, मानव हुँदैन् भनेर व्याख्या गरिएको अर्थ, रुपमा नभई गुण र व्यवहार साथसाथै सिद्धान्त जस्मा आफ्नो सोचिय शक्तिलाई ह्रासमा परिवर्तन गर्नु नै हो भन्नुको अर्थ उत्तरदायित्व बोधविनाका शक्तिहरु सञ्चय हुनु नै हो । आफु र आफ्नो शरीर वा जीवनले जन्मको अर्थमा गर्नुपर्ने अनेक कार्यहरुलाई बिर्सि आफु अरुकै हिस्सा हुनु तर दोष जुन आफ्नै पाउको पदचिन्ह रहे पनि पुछपाछ गरि अरुमै दर्शाउन जान्नुले अब यो पूर्णरुपले कलियुग नै हो भन्ने कुरा प्रमाण गर्छ । र कलियुगको बलियो साथ साथी भन्नु केवल सम्पत्ति नै हो भने सम्पन्न हुने साधन पनि सम्पत्ति नै हो । अब रह्यो सम्पन्नता के हो त ?
कुनै बेलामा मानव सम्पन्न भएको अवस्थामा उसले दान धर्मको अनुशरण गर्छन् भने आफ्नो दायित्व र कर्तव्य पूरा गरिएको ज्ञानबाट सुसज्जित हुँदा कुनै धर्मकै साहारामा जीवनका कतिपय जुन सम्पत्तिले हासिल हुने सुखसयल त्याग्ने पनि गर्छन् । तर कलियुगमा सासै फेर्न मुस्किलको समय हुँदा नि एक पक्ष बाँच्छु भन्ने लोभ गरेको देख्न पाईन्छ भने व्यापक रुपमा भीड बृद्धाश्रममा देखिनु पनि एक अर्थको सम्पन्नताको नमूना हो । त्यस्तै अर्को, कुनै बेलामा आफ्नो गाउँठाउँको लागि केही गरि मर्न पाए सम्पन्न जीवनको अर्थ त्यो व्यक्तिमा लाग्थ्यो भने कलियुगमा, आफ्नो गाउँठाउँ छोडि सहरिया कोलाहलमा घस्रि भन्ने सुन्ने कोही नहुने गरि ऋषि धर्म त्यागी बाँच्नुलाई सम्पन्न जीवन भन्छ भने सम्पत्तिको लागि जे पनि गरिने यर्थाथतालाई पनि त्यसकै अर्को रुपमा परिभाषित गरिएको छ ।
परिवारमा कलह बढ्नु, भागबण्डाका अनेक घटनाहरु हुनु, परिवार खण्डित हुँदै जानु साथसाथै बृद्धाहरु बोझ बाधक हुनु एक अर्थमा सम्पत्ति जोडजाम गर्न अप्ठ्यारो लाग्ने ठहर हुने र परिवर्तन भन्दै जन्मबाट प्रतिमृत्युको रुपमा रुपान्तरित गराउने सम्पत्तिको साथमा मानव जीवन चरमसिमासम्म टाँसिएर गएका कुराहरु आज सम्पन्नताको परिभाषाभित्र कुनै मोती झै जडित भई चम्किन पुगे । त्यो चमकले सहरलाई कोलाहलमा परिवर्तन गरे भने गाउँ बस्तिलाई खण्डहरमा रुपान्तरित गरे । तर पनि कसैको सम्पन्न हुने भोक अझै मेटेको छैन् भने सम्पन्न हुने सवालमा अस्मिताहरु बन्धकी बन्नु, मानवीय अवगुणहरु चरमसिमामा पुग्नु आदी आदी अनेक घटनाहरु सम्पन्न समाजको, जीवनको अभिन्न अंगहरु बनिंदै गए । र दोषको सवालमा आफु पन्छिन मानवले बारबार कलियुगतिर हेर्दै थुक्दै गरे जुन आकाशमा थुके सरि ठहर हुँदै गए तर पनि सिक सोचमा कहिल्यै परिवर्तनका लहरहरु प्रतिबिम्वित भएनन् । उल्टो त्यो पानीमा पत्थर हाने जुन शान्त बन्नमा नै रमी रहेको थियो भन्नुको अर्थ कतिले जन्म थलो बदले भने कतिले देशकै व्यवस्था अवस्थालाई लक्षित गर्दै अन्तै रुपान्तरित हुँदै गए तर आफ्नो कमि आफुभित्रको दोषलाई केलाउने रत्तिभर पनि चेष्टा गरिएनन् । फलत: जन्म स्थान बदल्नुमा दु:ख नहुनु, मातृत्व भातृत्व सहजै बिर्सि बाँच्न सिक्नु, संस्कार भूलि धर्म परिवर्तनतिर लाग्नु आदी आदीमा केही खेद नहुनु कुराहरु देखा पर्नुले आज जीवनको बाटो अन्तै मोडिएको छ । र दूर्घटनाको सवालमा आफु डूाईभर हुँदा नि सबै जिम्मा दोष खलासीतिर तेर्सिनु कुनै नौला महसुस भने मानव जाति प्रजातिले गर्न सकेका छैनन् । तर एउटा कुरा हिड्न छोडेर पुगेन भन्न चाहिं मानवले कहिल्यै छोडेनन् । आफुसँगका खराबी तत्वहरुलाई निचार्न छोडेर सदा अरुमै दृष्टि निछावर गरेर जीवनलाई कलियुगमा हस्तान्तर गरेर बाँच्नुलाई गर्व भन्नमै लागी परे तर आफुसँग साम, दाम, दण्डभेद कहिल्यै प्रयोगमा ल्याउन मानव लागी परेनन् ।
यो एउटा दु:खको कुरा हो भने दु:ख आफ्नो जीवनमा आफुले कसरी रोपे र कसरी त्यसको निर्मूल गर्ने कुरा कहिल्यै खोज्न चाहेनन् । कहाँ खोज्ने भन्ने कुरामा, सुन्नु पर्ने अनेक प्रावधानहरुमा सुनाउनेहरु मात्रै हुँदा अर्को शब्दमा ब्रम्हज्ञानी आफैं हुनाले अरुको ज्ञान काम नलागेको हो भने त्यही ब्रम्हत्वलाई प्रयोगमा ल्याउन नजान्नु अर्को दोष हो । र एक अहम्ले नक्कललाई बढावा दिएको प्रतिफल पाउनु अगावै देखासिकीसँग आबद्ध भईकन पनि नौलो ठहर गराउन जान्ने प्रविधि प्रमुखले मात्र हामी कलियुगमा पर्न गएको हो । होईन भने यहाँ कुनै सत्य अझै पनि मरेको छैन् । भोक लाग्दा भोकै बस्नु पर्छ कुनै शास्त्रले भन्दैनन् भने मलाई घाउ दिएर तिमीलाई सुख मिल्छ कुनै धर्मले सिकाउँदैनन् भने झुठा कुराहरु फैलाउनेहरुले सिद्धान्त ठूलो व्यवहार होईन भन्ने कुरा नै गर्छन् ।
अन्तमा, कलियुगमा दुई गाँस परिवारसँग हाँसि खानुलाई पाप सरह परिभाषित हुँदै गएको छ । कोही नेपालमा छन् त कोही विदेशमा हुनुलाई एक सम्पन्न परिवारकै हिस्सा मान्छन् । श्रीमतीसँग रमेर बस्नु भन्दा नि तुच्छ भन्दा तुच्छ कुरामा पारपाचुके गर्नुलाई पनि सम्पन्नताभित्र बुनिंदै लगेको एक सूत्र हो भने नारीले अधिकार माग्ने सवालमा धेरै विकृतिहरु छन् त्यो पनि सम्पन्न परिवारको सम्मुन्नत समाज हुँदै गएका छन् । यी भनेको कुनै समयको प्रतिफल वा कुनै समयलाई वर्गीकरण गरेको अवस्थाको वीजबाट उत्पन्न भएको कुनै बोट पनि होईन, मात्र आफुभित्रको ऋषिहरुलाई शिशिमुनि तुल्याउँदै ज्ञानहरु जुन सत्ययुगमा थिए त्यसलाई छोप्दै वा नष्ट गर्ने विचारमा पंख लगाई उडाउनु खोज्नु हो भने त्यसकै प्रतिफलमा आफुहरु बाँच्दै आलस्यता प्रस्तुत गर्नु हो । र कुनै युग नभनौं केही वर्ष अघिको समाज र मानव जीवनको संस्कारलाई मात्र हेर्ने हो भने पनि लगभग कुनै सत्ययुगकै कुरा झै लाग्ने हामीले महसुस गरेका छौं । मानवहरुको सामथ्र्यको व्याख्यामा कुनै हनुमान वा भीमकै बलको कुरा पाउँछौं भने एकाएक ती कहाँ कता अस्ताए भन्ने सवालमा हामीले हामीभित्रको त्यो शक्ति, सामथ्र्य र सोचलाई खराबको आलिंगन गर्नमै विलिन हुने मौका दियौं, बारबार बारम्बार त्यही क्रिया प्रतिक्रिया गर्नमै रमी रहे भन्नुको अर्थ कसैले गाउँ छोड्दा वा बसाई सराई गर्दा किन तिमीले जन्म थलो त्याग्यौ नसोध्नु हो ।
अर्को जन्म थलो प्रति किन वितृष्णा उत्पन्न भो यो पनि त्यो व्यक्तिले मनन गर्न चाहेनन् भने कतिपय कुराहरु कुनै स्वार्थले चलखेल गरेकै हुनुपर्छ कलियुग निर्माण र कलियुगमा छौं यस्तै हो भन्नलाई । त्यसैले समृद्धिभित्रको चाहलाई अनुशरण गर्नु पूर्व त्यससँग आबद्ध विकृतिहरु सुधारमा रुपान्तरित गर्न सकेको खण्डमा मात्र हामी सम्पन्न हुन्छौं परिवारसँग, समाजसँग, राष्ट्रसँग हामीले न्यायोचित कर्म गर्न सक्छौं भने धर्मभित्रका अनेक कुकुराहरुलाई त्यागी आफैंमा सम्पन्न हुन सक्छौं । विना कुनै बाह्य परिवर्तनको लेपले जीवनलाई पोषित नगरिकनै हामी आफ्नै गाउँठाउँमा सुसज्जित हुन सक्छौं । त्यसको लागि कलिको दोष मुक्त हुने सोच आफुमा हुनुपर्छ भने अर्को स्वार्थ जस्ले अहम् र क्रोधलाई प्रोत्साहीत गर्ने गर्छन् त्यो त्याग्नु आवश्यक छ नै र त्यसको लागि उर्जा हामीभित्र अनेक छन् ।
कलियुगमा मानवको खराब आचरण मात्र छचल्कीनुको पछाडि मुख्य दोष भनेको हामीभित्रको सत्य उर्जालाई हामीले नै निस्तेज पार्नु हो । गर्मीको विरुद्ध हामीभित्र नै शितलता छ यो बिर्सिनु नै हामीले कलियुगलाई जन्माउनु हो र कलिमा खराबले जित्छ सोच्नु सत्ययुग मर्नु हो । मानवीय संस्कार मर्नु हो, अवगुणले जित्नु हो भने तिम्रो आँखामा म खराब देखिनु र मेरो आँसुको कारक तिमी हुनु नै हो जुन कुरालाई मैले मेरो भनेर कहिल्यै दायित्वबोध गर्न बिर्सें । फलत मेरो धुरीबाट आँसु बनि मेरो लागि तिम्रै कुराहरु वर्षिरहे तर महसुस अझै मानवहरुले गर्न सकिरहेको छैनन् । त्यसैले सर्वप्रथम आफैंलाई हेर्ने अनि बुझ्ने कुरामा विश्वास राखौं कलियुग आफैं सत्ययुगमा रुपान्तरित हुन्छ ।