स्व. राजा वीरेन्द्रको जन्मजयन्ती मनाइयो
वीरगंज, १४ पुस ।
स्व. राजा वीरेन्द्र वीर विक्रम शाहको ७१ औं जन्मजयन्ती बिहीवार विभिन्न
कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
वीरगंजस्थित प्रतिमा
चौकमा रहेको स्व. श्री ५ वीरेन्द्रको पूर्णकदको शालिकमा विभिन्न राष्ट्रवादी
संघसंस्थाहरुले पुष्पमाला र अबिरलगाई स्व. राजाप्रति श्रद्धा सुमन अर्पण गरिएको थियो ।
सो क्रममा विश्व हिन्दू
महासंघ अन्तर्राष्ट्रियका संरक्षक एवं अध्यक्ष जनर भरत केशर सिंह, अन्तर्राष्ट्रिय कि
महासचिव अस्मिता भण्डारी, विश्व हिन्दु महासंघका राष्ट्रिय अध्यक्ष निल
प्रसाद, जेष्ठ
नागरीक संघका संस्थापक अध्यक्ष एवं समाजसेवी पशुपति विक्रम शाह, श्रीमति उषा शाह,
विश्व हिन्दू महासंघ
अन्तर्राष्ट्रियका केन्द्रिय सदस्य पृथ्वी प्रसाद झा, रिपोटर्स क्लव नेपालका केन्द्रिय सदस्य
कन्हैया गुप्ता, चन्द्रसूर्य वाणी दैनिकका सम्पादक सन्तोष मिश्र, साहित्यकार अरुण
विक्रम शाह लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै नेपाल विद्वत
परिषद जिल्ला कार्यसमिति पर्साले पनि स्व. राजा वीरेन्द्रको प्रतिमाचोक स्थित पूर्ण कदको
शालिकमा पुष्पमाला र अबिर अर्पण गरी श्रद्धान्जली अर्पण गरेका थिए । सो क्रममा नेपाल
विद्वत परिषदका केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक नरेश राज गिरी, केन्द्रिय सदस्य अध्यानन्द
कलवार, जिल्ला
अध्यक्ष रामनारायण साह, प्रेम सर्राफलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
नेपाल राष्ट्रवाद संघ
केन्द्रिय कार्य समिति पर्साले पनि स्व. राजा वीरेन्द्रको ७१ औं जन्म जयन्तीको अवसरमा उनको
शालिकमा पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेर मनाए । कार्यक्रममा नेपाल
राष्ट्रवाद संघ पर्साका केन्द्रिय अध्यक्ष जनकलाल साह, सन्तोष साह, राष्ट्रवादी नागरिक संघर्ष समितिका
सत्तार अंसारीलगायत उल्लेख्य राष्ट्रवादी नागरिकहरुको सहभागिता रहेको थियो ।
स्व. राजा वीरेन्द्रलाई सलामी
साथ श्रद्धाञ्जली दिंदै विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका केन्द्रिय अध्यक्ष
जनरल भरत केशर सिंहले स्व. राजा वीरेन्द्रले देशको लागि गर्नु भएको त्याग र
योगदान बारे चर्चा गर्दै देशको अस्तित्व जोगाउन सम्पूर्ण देशवासी एकजुट हुनु पर्ने
कुरामा जोड दिनु भयो ।