सिंगो देश सकसमा
 प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको प्राकृतिक सुन्दरताले भरिएको नेपाल गत वर्षको महाभूकम्प र यतिखेरको बाढी, पहिरो डुबान जल्ल उत्पन्न प्रकोपका कारण प्राकृतिक कुरुप बनेको छ । सिंगो देशका सम्पूर्ण नेपाली लामो खडेरीपछि आएको मनसुन वर्षाका कारण भएको जनधनको क्षतिबाट सकसमा छ । डाँडाकाँडा पहिरोले बगाएको छ । पहिरोका कारण मानव वस्तीका मानिसहरूको मृत्युका साथै विस्थापित भएका छन् । पहिरोपछि नदि, खोलामा आएको बाढीले बस्तीका बस्ती अजाडेको छ । बाढीको पानीसँग मानव बस्ती पनि बगेर गएको छ । तराई मधेशमा पानीको डुबानले वस्तीका बस्ती मानिहरु कतिपयको मृत्यु भएको छ । धेरै घर परिवार आ–आफ्नो शरीर मात्र सुरक्षित ठाउँमा पुग्न सकेका छन् । बाढी, पहिरो र डुबानमा वरेका मानिसहरूले पाएको सास्तीको वर्णन गरेर साध्य छैन । हे ईश्वर तिमीले रचेको यो सृष्टिलाई तिमीले नै किन तहसनसह बनाउँदै छौ । तिमीले कतै मानिसले तिमीमाथि गरेको दुव्र्यवहारको बदला त लिएका छैनौ ?
 प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको प्राकृतिक सुन्दरताले भरिएको नेपाल गत वर्षको महाभूकम्प र यतिखेरको बाढी, पहिरो डुबान जल्ल उत्पन्न प्रकोपका कारण प्राकृतिक कुरुप बनेको छ । सिंगो देशका सम्पूर्ण नेपाली लामो खडेरीपछि आएको मनसुन वर्षाका कारण भएको जनधनको क्षतिबाट सकसमा छ । डाँडाकाँडा पहिरोले बगाएको छ । पहिरोका कारण मानव वस्तीका मानिसहरूको मृत्युका साथै विस्थापित भएका छन् । पहिरोपछि नदि, खोलामा आएको बाढीले बस्तीका बस्ती अजाडेको छ । बाढीको पानीसँग मानव बस्ती पनि बगेर गएको छ । तराई मधेशमा पानीको डुबानले वस्तीका बस्ती मानिहरु कतिपयको मृत्यु भएको छ । धेरै घर परिवार आ–आफ्नो शरीर मात्र सुरक्षित ठाउँमा पुग्न सकेका छन् । बाढी, पहिरो र डुबानमा वरेका मानिसहरूले पाएको सास्तीको वर्णन गरेर साध्य छैन । हे ईश्वर तिमीले रचेको यो सृष्टिलाई तिमीले नै किन तहसनसह बनाउँदै छौ । तिमीले कतै मानिसले तिमीमाथि गरेको दुव्र्यवहारको बदला त लिएका छैनौ ?मानिसले विकासमा नाममा प्रकृतिक दोहन गरिरहेका छन्, यसैको दुष्परिणाम त होइन प्राकृतिक विनास र विपत्ति ? प्राकृतिक विपतलाई रोक्न सकिंदैन । यस विज्ञान र प्रविधिका युगमा पनि । प्राकेतिक विपत्तिबाट हुने जनधनको क्षतिलाई भने न्यूनिकरण गर्न सकिन्छ । जलवायु परिवर्तनले प्राकृतिक विपत्तिको चेतावनी दिइसकेको छ । प्राकृत्तिक वपित्तिका चुनौतीलाई सामना गर्न निकै कठिनाई हुने दिन आउने छ । प्राकृतिक विपत्तिमा परेर अकालमा जीवन गएका सबैको दिवंगत आत्मामा चीर शान्तिको कामना । प्रकृतिक विपत्तिका कारण पीर, शोक र दु:खमा परेका परिवारजनहरुमा गहिरो समवेदन । हे इश्वर तिमीले निर्माण गरेको यस संसारलाई तिमीले नै किन विनाश गर्दैछौ । हे इश्वर अब यो भन्दा बढी धनजनको क्षति, डर, त्रास नदेखाउ, दुई कर जोडी हामी बाँचेका सबै नेपालीको कामना छ । प्राकृतिक विपत्तिबाट हुने जनधनको क्षतिलाई न्यूनिकरण गर्ने क्षमता सरकारलाई मिलोस् ।
जनधनको क्षतिपछि पुनस्र्थापना, राहत र उद्धारका नाममा हुँदै आएको ढिलासुस्ती, पक्षपात, धाँधली र भ्रष्टाचार अबका दिनमा रोकियोस् । मानवीय दृष्टिकोणले विपत्तिमा परेका सबैलाई संवेदनशीलताका साथ यथोचित सहयोग गरियोस । गत वर्षको भूकम्पले उठ्नै नसक्ने गरी थलिएको नेपाल अहिले बाढी, पहिरो, डुबान, नदि कटानको अति पीडाको अवस्था भोगिरहेको छ । सिंगो देश यतिखेर बाढी, पहिरो, डुबानको महाविपत्तिको शोकमा डुबेको छ । बालक, युवक, वृद्ध, वृद्धा सबै पहिरो, बाढी, डुबानको मुखमा परेर बिना कसुर अकाल मृत्युवरण गर्न पुगेका छन् ।
एउटा मानसिले हेर्दाहेर्दै अर्को मानिसको मृत्यु भइरहेको छ । हे इश्वर तिम्रो लिला अपरम्पार छ । प्रत्येक वर्षको वर्षत महनिा (जेष्ठ देखि असोज) मा प्राकृतिक प्रकोपबाट नेपालले जनधनको ठूलो क्षति व्योहोर्नु परेको छ । यो नेपालको नियति हो । आगामी दिनहरुमा प्राकृतिक विपत्तिबाट कसरी बच्ने यो ठूलो चिन्ता र चासोको विषय हो । सबैको ध्यान यसतर्फ केन्द्रित हुनु पर्दछ । प्रकृतिको उपहार र वरदान पानी अभिशाप भएपछि कसको के लाग्छ । हुने हुनामी टारेर टर्दैन भनिन्छ, त्यो प्राकृतिक विपद, दैवी प्रकोप विपत्ति नै हो ।
गत असार १५ गतेबाट सक्रिय मनसुनले चीन, नेपाल र बंगलादेशमा ठूलो प्रकृतिक विपतबाट जनधनको क्षति भएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य निकै कठिन छ । नेपालका सबै खोला, नदिमा जलस्तर, जल प्रवाह बढेको छ । बाढी, पहिरो र डुबानले बालीनाली नोक्सान गरी खाद्यान्नको अभाव, संकट र भोकमरीको संकेत गरेको छ । तत्काल प्राकृतिक विपतमा परेका मानसिहरुको सकुशल उद्धार र राहत सामग्री वितरण गर्नु सरकारको प्रमुख दायित्व हो । सरकारी संयन्त्र सक्दो मात्रामा जुटेका पनि छन् । बाढी, पहिरो, डुबान प्रभावित ठाउँहरूमा पूर्व योजनासहित काम गर्नु पर्दछ । बाढी, पहिरो र डुबानबाट ११ जिल्ला प्रभावित भएको छ । झण्डै सय जनाको मृत्यु र ठूलो क्षति भएको छ । निर्माण भएका, पूर्वाधारको पनि ठूलो क्षति भएको छ । उच्च जोखिमका स्थानमा ‘हाइ अलर्ट’ को सूचना हुनु पर्दछ ।
क्राइम चेक साप्ताहिकमा २०७३ साउन २० गते बिहीबार प्रकाशित
 
 
 
 
 
 
 
 
 
 
 
 
