ब्रेकिङ समाचार

सामुहिक गौ हत्यारालाई कारवाही गर्न विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियको माग

वीरगंज १३ गते पौष ।
विश्व हिन्दु महासंघ अन्र्तराष्ट्रियले आज वीरगंजको घण्टाघरमा आमसभा कार्यक्रमको आयोजना गर्यो ।

सो आमसभा कार्यक्रममा विश्व हिन्दु महासंघ अन्रर्तराष्ट्रियका मार्गदर्शक तथा अध्यक्ष जनरल भरत केशर सिहंले अनादिकाल देखि नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य रही आएकोलाई वर्तमान समयमा यस पवित्र देशलाई जनमतै नगराई एक पक्षिय निर्णयद्वारा धर्म निरपेक्ष राज्यमा परिवर्तन गराउ“दा विश्वभरीका हिन्दुहरुलाई मर्माहत तुल्याएको बताउनु भयो ।

अध्यक्ष जनरल सिंहले पुस २७ गतेलाई राष्ट्रिय पर्वको रुपमा हर्षोल्लासका साथ देश ब्यापी रुपमा मनाउनका निम्ति राष्ट्रिय बिदाको घोषणा गरिनुको साथै विश्वभर राष्ट्रिय बिभुतिहरुका प्रचलित मान्यता अनुरुप बडा महाराजाधिराज श्री ५ पुथ्वीनारायण शाहको तस्विरलाई नेपालको चलन चल्तीको कागजी मुद्रा तथा हुलाक टिकटमा प्रकाशित गर्नको लागि अध्यक्ष सिंहले नेपाल सरकारस“ग जोडदार मा“ग गर्नु भयो ।

महासंघ अन्र्तराष्ट्रियका महासचिव अस्मिता भण्डारीले धर्म निरपेक्ष भएपछि देशमा गौहत्या बढेको हत्या, हिंसा, आंतक र दण्डहिनताको क्रम दिन– दिनै बढदै गएकोले भर्खरै सुदुरपश्चिममा सामुहिक गौहत्या भएको घटनाले सम्पूर्ण हिन्दुहरुलाई स्तब्ध तुल्याएको कारणले सो किसिमको घटनालाई रोक्न तथा सो घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कानुनी कार्यवाही गर्न माग गर्नुभयो ।

महासचिव भण्डारीले सामुहिक गौ हत्याको विरोधमा स्थानीय वासी सरोकारवालाहरुले गरेको सुदुर पश्चिम बन्दकर्तालाई स्थानीय प्रशासनले कान समातेर उठबस गराएको खबर सामाजिक सञ्जालमा देख्दा यो प्रशासनको विभेदकारी नीति तत्काल बन्द गर्न आह्वान गर्नुभयो । राजनीतिक पार्टीले बन्द गर्दा केही नगर्ने तर राष्ट्रिय जनावर गाईको हत्यारालाई कारवाहीको माग गर्ने हिन्दूवादी नेपाली नागरिकलाई उठबस गराउने कार्य निन्दनीय एवं भत्सर्ना योग्य रहेकोले नेपाल सरकार र स्थानीय प्रशासनले तत्काल माफी मागी दोषी उपर कडा कारवाहीको माग गर्नुभयो ।

महासचिव भण्डारीले मन्तव्यको क्रममा मुलुक हिन्दू अधिराज्य कायम गर्न विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियले देश व्यापी दौडाहाको सुरुवात गरेको जानकारी गराउनु भयो । उहा“ले मुलुकमा जस्तो सुकै राजनीतिक परिवर्तन भएतापनि नेपाल राष्ट्रका राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदानलाई कुनै पनि नेपालीले भुल्न नहुने कुरामा जोड दिनुभयो । राजनीतिक दलका नेताहरुले बुझ्नु पर्दछ की क्रिश्मसमा विदा दिन सकिनृ तर राष्ट्र निर्माताको सम्झनामा विदा दिन नसक्ने प्रचण्ड, शेरबहादुरहरुको इशारामा बसेका छन् । सत्ता र कुर्सीका लागि मात्र राजनीति गर्ने कि देश र जनताका लागि बडा महाराजाधिराजले विखे नकर्चीको अर्तीलाई मानेर देश एकीकरणमा खुडा, मुंग्रा र खुकुरी लिई एउटा सिपाही जस्तो देशको सीमाना सुरक्षा आर्थिक, विकास र मुलुकलाई अखण्ड राष्ट्रका रुपमा स्थापित गराएका थिए । तर आज हाम्रो सीमाना दिनदिनै मिचिंदै छ । अर्थ व्यवस्था यति कमजोर छ सबै युवाशक्ति विदेश पलायन भइसक्यो, विकासका नाममा विनाश सिवाय केही छैन । यो देश चलाउ“छु भन्नेबाट के अपेक्षा गर्ने भन्ने प्रश्न ते¥साउनु भयो ।

विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष निल प्रसाद भण्डारीले देश व्यापी संगठन विस्तार गर्दै मुलुकलाई हिन्दू राष्ट्र पुनस्र्थापना गराएरै छाड्ने उद्घोष गर्नुभयो ।

त्यस्तै नेपाल विद्वत परिषदका केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक नरेश राज गिरीले संघीयताले मुलुकमा जातीय द्वन्द्व निम्ताई देशलाई विभाजनको संघारमा उभ्याउने षडयन्त्रमा नेपालका राजनीतिक दलहरू सक्रिय रुपमा लागिपरेकोले देशको रक्षाका निम्ति सम्पूर्ण देशवासीहरु राजासहितको हिन्दू अधिराज्य पुनस्र्थापना गराउन एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली का“ग्रेस पार्टीका वरिष्ठ नेता एवं नेविसंघका संस्थापक संयोजक देवेन्द्रलाल नेपाली, वरिष्ठ समाजसेवी एवं जेष्ठ नागरिक संघका संस्थापक अध्यक्ष पशुपति विक्रम शाह, राजसंस्थावादी वृहत्त समुहका संयोजक एवं राष्ट्रिय जनतापार्टी राजावादीका संस्थापक अध्यक्ष किशोरी महतो, विश्व हिन्दू महासंघका केन्द्रिय सदस्य पृथ्वी प्रसाद झा, विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका वरिष्ठ उप सभापति रामभुषण मिश्र, विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका नारायणी अंचल सभापति हरिविलाश खनाल, नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाह, राजसंस्था पुनस्र्थापना संघर्ष समितिका केन्द्रिय अध्यक्ष गणेश साह, विश्व हिन्दू महासंघ पर्साका जिल्ला अध्यक्ष राजकिशोर चौवे, नेपाल राष्ट्रवादी शान्ति समुह बारा पर्साका संस्थापक अब्दूल सत्तार अंसारी, मिसन नेपाल पर्साका अध्यक्ष विराज यादव, राष्ट्रिय सरोकार मञ्च नारायणी अंचलका संयोजक नन्द किशोर गोयल, राष्ट्रिय नागरक संघर्ष समिति पर्साका अध्यक्ष दिनानाथ यादव, देशभक्त राजभक्त समुह पर्साका अध्यक्ष पशुपति रौनियार, शिवसेना नेपाल बारा पर्साका युवा अध्यक्ष आशीश तिवारी, नारायणी अंचल सदस्य रविलाल दुवाडी, बलराम शिवाकोटी, चितवन नगर अध्यक्ष बालकुमारी अर्याल, सहित्यकार अरुणविक्रम शाह, अनु राणा, बिगा राउत गदीलगायत विभिन्न राष्ट्रवादी संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।