ब्रेकिङ समाचार

राजपरिवारलाई नुवाकोटमा भव्य स्वागत, उपस्थित लाखौं जनताले भने-"राजा ल्याउ देश बचाउ"

नुवाकोट – राजा ज्ञानेन्द्र विक्रम शाह सपरिवारबाट नुवाकोटको भैरबी मन्दिरलगायत विभिन्न मन्दिरहरुमा पुजापाठ गरिएको छ ।

शनिबार सपरिवार नुवाकोट आएका राजपरिवारले भैरवी, विदुरको रुद्धेश्वर महादेव र बट्टारको राममन्दिरमा पुजापाठ गरेका हुन् ।

भैरवी मन्दिरमा राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल, पूर्व युवराज्ञी हिमानी, हृदयेन्द्र सहितले मन्दिरमा आधा घण्टा पूजा आराधना गर्नुभएको थियो ।  राजालाई मन्दिरमा स्थानीय सन्यायीहरु, हिन्दु धर्म सम्बन्धी संघसंस्था र राप्रपा नेपालका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । राजा र  रानीलाई सात तले दरबारछेउबाट झल्लरी छाता ओडाएर मन्दिरसम्म पुर्याइएको थियो ।

लाखौंको संख्यामा स्थानीयबासिन्दाले हातमा फूल दिएर र आआफ्ना घर अगाडी घडा राखेर पूर्व राजाको स्वागत गरेका थिए । फर्कने क्रममा पूर्वराजाले विदुरस्थित रुदे्रश्वर महादेवको मन्दिरमा पनि पुजापाठ गर्नुभएको थियो । विदुरको मन्दिरमा पुजापाठ गर्दा पूर्व राजा ज्ञानेन्द्र मात्र सहभागी भएपनि राजपरिवारका अन्य सदस्य सहभागी भएनन् ।



यस्तै, बट्टारबजारमा रहेको राममन्दिरमा पनि राजाले दर्शन तथा पूजापाठ गर्नुभयो ।  बट्टार क्याम्पस गेटमा ओर्लिएका राजाले पैदल नै ५ सय मिटर जति हिडेर मन्दिर पुग्नु भएको थियो । बट्टारमा जम्मा भएका पत्रकारले कुरा गर्न चाहेपनि पूर्व राजा ज्ञानेन्द्रले आफ्नो नितान्त व्यक्तिगत भ्रमण भएको भन्दै बोल्न चाहनु भएन । उनका स्वकीय सचिवले ‘उहाँहरु पत्रकाहरु’ भनेपछि ज्ञानेन्द्रले भन्नुभयो ‘म भवानीको दर्शन गर्न आएको हुँ । देशमा फेरि शान्ति छाओस् । यो मेरो नितान्त व्यक्तिगत भ्रमण हो । म अरु कुरा अहिले बोल्दिँन ।’



प्रस्तुत समाचार उज्यालो नाइन्टी नेटवर्कबाट साभार गरिएको हो भने यसमा राखिएका फोटोहरु मानव सेवकको फेसबुकबाट लिइएको हो ।


यो पनि हेर राजदम्पति सपरीवार नुवाकोट पुग्दा... (फोटोमा)