ओलीको राष्ट्रवाद र गोहीको आँसु
–मिनबहादुर थापा शाहवंश राष्ट्रवादी हुन् भन्ने कुरा आधुनिक नेपाल राष्ट्र निर्माण गरि अहिलेसम्म राष्ट्रलाई अक्षुण्ण राखन सक्नुले प्रमाणित र घाम झैं छर्ल· विषय भएकोले लामो गन्थन गर्नुपर्ने आवश्यक परेन ।
राणा पनि राष्ट्रवादी नै रहेछन् भन्ने कुरा अँग्रेज भारतबाट जाँदा जाँदै केहि भूभाग नेपाललाई फिर्ता गराउनु र १०४ वर्ष सम्म नेपाल रहिरहनुले राष्ट्रवादी हुन् भन्ने कुरा हामीले बुझ्दा बेस होला । नेपाली काँग्रेस पनि राष्ट्रवादी राजनीतिक दल थियो भन्ने कुरा यो दलका नेता बि पी. कोइराला, गणेशमान सिंह र किसुनजीले सक्रिय राजाको शासनकालताका जस्तोसुकै दु:ख पाउँदा पनि राष्ट्रका लागि राजा आवश्यक छन् भन्नुले प्रमाणित गरेको छ तर ०६३ साल पछाडी कम्युनिष्ट र विदेशीको उला माला र गिरिजाको कुबुद्धीले राष्ट्रवादी लिक अर्थात धारबाट चिप्लिएको आजका दिनहरुले प्रष्ट पार्दै आएको छ ।
पञ्च भनेका माटाका मुर्ति थिए जसलाई राजाका भाई भारदारले जस्तो रुप दिन मन लाग्यो उस्तै दिन्थे, उनको कुरै नगरौं । अब नेपालका कम्यनिष्टहरूलाई चाहीं कुन कारणले हामीले राष्ट्रवादी हुन् भन्ने ?
०२८ सालको झापा काण्डलाई राष्ट्रवादी आन्दोलन मान्ने कि ? जुन काण्डमा गाउँका निमुखा किसान मारिए जसबाट अहिलेका ओली जन्मिए । महान राष्ट्रबादी ! उता नारायणमान विजुक्क्षेका हनुमानहरुले तत्कालिन सांसद कर्ण बहादुर हेजुलाई छाताले घोची–घोची हत्या गरे । अर्का डरलाग्दा राष्ट्रवादी यता माओबादी नामको दलले त भारतलाई आधार इलाका मानी विरोधीदलका हजारौं कार्यकर्ता लगाएत २० औं हजार सर्वसाधारण नेपाली जनताको जीवन लिला समाप्त पारे, देश विकासका संरचनाहरू ध्वस्त पारे, आज उनीहरु नै ठूला राष्ट्रवादी भएका छन् ।
आज राष्ट्र निर्माण गर्ने संस्था फिक्का भएको छ । यस्ता दानवहरुको पछि लागेर गिरिजाले ०६३ सालपछि विदेशी भुमि भारतको दिल्लीमा राष्ट्र निर्माण गर्ने संस्थादेखि सनातन हिन्दु राष्ट्र नेपाल फाल्ने काममा सम्झौता गरे । आज यो कुकर्म गर्ने मध्येका दानवहरु ओली, प्रचण्ड चाहीं राष्ट्रवादी हुने ? कांग्रेस चाही राष्ट्रघाती हुने ? यस्ता बकम्फुसे कुरा कसले पत्याउने ?
अब काँग्रेस राष्ट्रबादी हुन बि.पी.वाद अर्थात विपिको सिद्धान्त ‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र”मा आउनै पर्छ । गिरिजापथ छोड्नै पर्छ कमुनिष्टहरु राष्ट्रवादी हुनै सक्दैनन् किन कि विदेशी नेताहरुका तस्बिर उनीहरुका लागि पूज्य छ । तसर्थ ओलीको राष्ट्रवाद भनेको गोहीको आँसु हो राष्ट्रलाई खत्तम गरिसकेर राष्ट्रवादका चर्का कुरा गरेर त्यस्को के अर्थ हुन्छ र ?