ब्रेकिङ समाचार

हिन्दु राष्ट्र सँगसँगै राजतन्त्र पुनर्स्थापना जनताको माग

– योगेन्द्र गौतम
नेपालको राजनीतीमा एकाएक आएको परिवर्तन र राजनीतीक दलहरुको सहमति र सहकार्य वर्तमान परिपेक्ष्यमा  असफल देखिन्छ । नेपालको इतिहासमा राजतन्त्रको निकै महत्व थियो नै राष्ट्रियताको विषयमा पनि कसैसँग झुकेन । जन नायक वि.पी. कोइरालाले राजा महेन्द्रसँग प्रजातन्त्रको बारेमा मतभेद रहेपनि राष्ट्रियताको विषयमा भने राजा महेन्द्रसँग एकमत भएको पाइन्छ । त्यसैले होला राष्ट्रियताका निमित्त राजासँग मेरो गर्दन जोडिएको छ भनेर भनेका थिए ।

    २०६२,२०६३ कै जन आन्दोलन पनि राजतन्त्र हटाउने आन्दोलन थिएन । निरंकुश राजतंत्रको अन्त्य गरी जनमुखी राजतन्त्रसहित राष्ट्रलाई संघीय पुनर्संचरना तिर उन्मुख बनाउने सहमति भएको कुरा बाहिर आएकै हो । राजा ज्ञानेन्द्र शाहसँग सहमति गरी संसद पुनस्र्थापना गरेका राजनितीक दलहरुले एकात्मक शैलीमा राजतंत्रका विरुद्ध आफना कदम चाल्दा यस्तो लाग्थ्यो नेपालमा राजनीतिक विश्वास नै छैन जस्तो । एक पटकको कुरा हो, स्व. गिरिजा प्रसाद कोइरालाले भनेका थिए,  हामीले केही सहमति राजासँग गरेका थियौं त्यो सहमती पनि अघि बढाउँदै संविधानसभाको निर्वाचनमा जाउ । तर सहमति प्रतिको इमान्दारिता नेपाली कांग्रेस भित्र केहीले,  एमाओवादी र केही एमालेका नेता भनाउँदाहरूको पश्चिमी मोह र धनमा बिकेकै कारण गणतन्त्रको नाउँ जपियो ।

    संविधानसभाको निर्वाचन पश्चात पनि बेबी किंग भनेर स्वर्गीय कोइरालाले राजनीतिक क्षेत्रमा चर्चा लिएकै हुन । यहाँसम्म काँग्रेसका संस्थापक नेता स्वर्गीय कृष्ण प्रसाद भट्टराईले काँग्रेस आफनो बिचारबाट परिवर्तन हुन नहुने राजतन्त्र फाल्दा मुलुकमा दुर्गामी असर पर्ने अभिव्यक्ति दिएकै हुन् । तर काँग्रेस माओवादीहरु राजनीतिक मुलधार आए भने देशले शान्ति पाउँछकी भन्ने आशाले माओवादीका केही मागहरु मान्दै गए । तर मुलुक र जनता प्रति आइ पर्ने समस्याको बारेमा कांग्रेसले सोच्न सकेन ।

    संविधानसभाको निर्वाचनमा माओवादी ठूलो राजनीतिक दल र काँग्रेस एमाले क्रमश: दोश्रो र तेश्रो दलको रुपमा स्थापित भएकै कारणले स्वर्गीय गीरिजा प्रसाद माथि दबावकै कारण पहिलो संविधानसभाको बैठकबाट राजतन्त्र हटाउनु राजनीतिक दलहरुको सबै भन्दा ठूलो कमजोरी देखियो । यदी राजतंत्र हटाउनु नै थियो जनमत संग्रहमा जानु पर्थियो । अर्को गल्ती राजनितीक दलहरुले के गरे भन्दा विश्वको एक मात्र हिन्दु राष्ट्र नेपाललाई धर्म निर्पक्ष राष्ट्र बनाए । ८५५ नेपाली जनताको धार्मिक आस्थाको हत्या गरी रोम लगाएत क्रिश्चियन देशहरुबाट आएको धनमा रमाएर धर्म निर्पक्षता राष्ट्र बनाइयौ मुलुक प्रति राजनीतिक दलहरुको सबै भन्दा ठूलो गद्दारी हो । संविधान निर्माणाधीन अवस्थामा जनतामा सुझाव मागियो । जनता पूर्णरुपमा हिन्दु राष्ट्रको पक्षमा उभिए र नेता र सदनमा आफना सुझाव पठाए । जनताको सुझाबलाई अपमान गरी क्रिश्चियन धर्म गुरु पोपको सुझावलाई मान्यता दिए, आखिर किन विके त क्रिश्चियनका सामुन्ने नेपाली नेताहरु । प्रचण्ड देखि बाबुराम सम्म कृष्ण सिटौला देखिसुजाता सम्म, झलनाथ देखि ओली सम्म र कमल थापा देखि चित्र बाहादुर सम्मका नेताहरु कै गद्दारीका कारण मुलुकले आफनो पहिचान गुमायो ।

    संविधान बिरोधाभा स्वरुपमा घोषित भएता पनि लागु भने हुन सकेन । लागु हुन नसक्नुको मुख्य कारण देश धर्म निरपक्षता राजतन्को अन्त्य र जातीय विभेद नै हो । यी विविधता विश्लेषण गर्दै नेपाली काँग्रेस जसले आफुलाई प्रजातन्त्रवादी भन्छ उसले बि.पी.का भनाईहरुलाई स्मरण गर्दै समग्र देशको हितमा धर्म निरपक्षता या हिन्दु राष्ट्र र गणतन्त्र या राजतन्त्र यी दुवै विषयमा जनताको आगनी जनमत संग्रहमा जान बर्तमान सरकारलाई दबाव दिनुको विकल्प छैन ।