ब्रेकिङ समाचार

न्यूयोर्क टाइम्सको सम्पादकीयप्रति अख्तियारको आपत्ति, तथ्यलाई गलत रुपले प्रस्तुत गरियो

काठमाडौँ  - 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मे ११ मा विश्व प्रसिद्ध पत्रिका दि न्यूयोर्क टाइम्सले प्रकाशित गरेको नेपालसम्बन्धि सम्पादकीयप्रति आज एक बिज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ ।
अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले आज एक विज्ञप्ति जारी गर्दै सम्पादकीय एकपक्षीय, भ्रामक र अख्तियारलाई बदनाम गराउने नियतले प्रेरित भएको उल्लेख गरेका छन् । अख्तियारले विश्व प्रसिद्ध पत्रिकाले सत्य र तथ्यलाई गलत रुपले प्रस्तुत गरेर आफ्ना पाठकलाई भ्रममा पार्ने काम गरेको जनाएको छ ।
न्यूयोर्क टाइम्सको सम्पादकीयले ‘कनकमणि दीक्षितलाई असल चरित्रको, कानुन मान्ने नागरिकका रुपमा चित्रित गरेको तथा अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको दीक्षितसँग शत्रुता रहेको’ उल्लेख गरेको भन्दै विज्ञप्तिमा खण्डन गरिएको छ ।
विज्ञप्तिमा दीक्षितले सुरुमा आयोगको अनुसन्धानलाई सहयोग गरेको तर पछि असहयोग गरेपछि उनलाई राज्यको स्वामित्वमा रहेको यातायात कम्पनीको प्रमुखको रुपमा भ्रष्टाचार गरेको उजुरीका आधारमा गिरफ्तार गरिएको पनि जनाइएको छ ।
विज्ञप्तिमा दीक्षितले असहयोग गरेको मात्र नभई, लोकतन्त्रमा कायम रहने कानुनको शासनलाई समेत चुनौती दिने प्रयास गरेका कारण दीक्षितलाई गिरफ्तार गर्न बाध्य भएको जनाइएको छ ।
विज्ञप्तिमा प्रमुख आयुक्त कार्कीले दीक्षितलाई व्यक्तिगत रुपमा चिन्न समेत नचिन्ने भन्दै उनीसँग शत्रुता हुनुपर्ने कुनै कारण नरहेको पनि दावी गरिएको छ ।
सर्वोच्च अदालतले अख्तियारले थालेको अनुसन्धानलाई अघि बढाउने अनुमति दिएर यो कदमको आवश्यकता पुष्टि गरेको भन्दै आयोगले अहिले नै यो मुद्दामा कुनै निश्कर्षमा पुग्नु हतार हुने पनि उल्लेख गरेको छ ।
Ciaa1




Ciaa2

साभारः खरिबोट