ब्रेकिङ समाचार

गृहमन्त्रालयद्वारा विदाको घोषणा

वीरगंज डेस्क ।
गृहमन्त्रालयले बुधवार नेपालभरका निजामति कर्मचारीहरुलाई विदा दिने घोषणा गरेको छ ।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनकोलागि मन्त्रालयले विदा दिने निर्णय गरेको जनाइएको छ।

मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले निजामति कर्मचारीहरुको चुनाव जेठ १९ गते बुधवार परेको हुनाले सो दिन नेपालभरीका निजामती कर्मचारीहरुलाई विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।