ब्रेकिङ समाचार

गजल

गजल


दिनहुँजसो हत्या अनी बलत्कार छ मेरो देशमा
अपराधीलाई पनी बाँच्ने अधीकार छ मेरो देशमा 

बर्षौंदेखि जिउँदै जलाउने र नारीलाई दबाउनेगर्छन
तिनकै रमिते र संरक्षण गर्ने सरकार छ मेरो देशमा 

चोरी हत्या हींसा र आतङ्कले बलेको छ सधैं भरी
फाँसीको सँजाय माग्दा पनि बहिस्कार छ मेरो देशमा

 सत्य लाई लुकाएर  नभएका घटना लाई भ्रम छर्ने
पैसाको लोभमा बिकेको झुटो पत्रकार छ मेरो देशमा

जन्ताभने भोकोपेटमा  पसिना बगाएका छन् यहाँ
नेताहरू लाई खाने छुट्टाछुट्टै परिकार छ मेरो देशमा




पदम खतिवडा
इलाम चुलाचुली
हाल: दोहा, कतार