पाडोको मरण
    – स्वयम्भुनाथ कार्की
रगतको आहालमा चुर्लुम्म एक पाडो
अलि पर केही गिद्धहरुको घाँटी ठाडो
नजिकै बसेको त्यही गोठको कुुकुर टिठ्याई
कान्लामुनी श्याल हुँडार हुच्चिल मुख मिठ्याई
साथमा दुखित चिन्तित गोठ धनी पुर्पुरोमा हात
उड्यो सपना चकनाचुर कल्पना कस्तो घात
हजार योजना सुनौले जोडिएको खाका भोलीको
शिकार भयो जसरी आन्दोलनकारी हुन्छ गोलीको
हिजोसम्म कान्लाकान्ला बुरुक्क उफ्रेर नाच्दथ्यो
जोश धेरै थियो बाँधको किलो पनि पटक्क भाँच्दथ्यो
राँगाहरुको आपसी घमण्डको नचाहिदो झगडा
धुरा पस्न गएको पाडो, पायो चोट सिङ्गको तगडा
मालिक दुवै मैमत्ता राँगाका साथ बोक्रे सहानुभूति
लिनुस क्षतिपुर्ति यो दश, प्रसस्त छ चाहानु हुन्छ कति
सपना योजना सकियो ,मन बुझाउने ती नयाँ नोटले
व्यर्थ्यै मर्दैछ प्यारो पाडो यिनैका घमण्डका चोटले
भन्दछ मलिक राँगाको जसको साथ पाडोले दियो
सुर्ता नगर्नुस तपाइको पाडो बढो बहादुर थियो
जीवनमा त्यति कमाउने थिएन जति क्षतिपुर्ति दियो
बांकी पाडा लाग्नेछन काम बाल्न स्वतन्त्रताको दियो
विचरो पाडो कसैलाई साथ दियो, क्षतिपुर्ति कसैलाई
कसैलाई छाला दियो , मासु र बोसो दियो कसैलाई
श्याल गिद्ध, हुचिल , हुँडार अनि सखा कुकुर भोक सबैको
मरेर लुछियो चुँडियो सकियो लिला कस्तो दैवको

स्वयम्भुनाथ कार्की
विराटनगर-१