ब्रेकिङ समाचार

अन्तर विद्यालय स्तरिय प्रतियोगितामा ज्ञानोदय बाल सेकेन्ड्री स्कुल प्रथम

आर.सि.एनबाट
वीरगंज २२ गते जेष्ठ । गणतन्त्र दिवशको शुभ उपलक्ष्यमा पर्सा स्कुल्स ग्रुप वीरगंजले अन्तर बिधालय स्तरिय चित्रकला, श्रुतिलेखन र हिज्जे प्रतियोगिता कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त प्रतियोगितामा भएका बिजेता बालबालिकाहरुलाई वीरगंज पब्लिक कलेजको सभाहलमा आज पुरुस्कार बितरण कार्यक्रमको आयोजना गरयो ।


सो अन्तर बिधालय स्तरिय प्रतियोगिता कार्यक्रममा प्रथम ज्ञनोदय बाल सेकेन्ड्री स्कुल मुर्ली भयो । भने दोस्रो मदर ल्याण्ड मा.बि.छपकैया र तेस्रोमा लर्डबुद्ध मेमोरियल ईङ्गलिस बोर्डिङ्ग स्कुल भएको छ । यसै गरी चौथोमा क्याम्ब्रीज ऐजुकेशनल स्कुल छपकैया र युनाईटेड सेकेन्ड्री इङ्गलिस स्कुल बीरगंज सफल हुन पुगेको छ ।

प्रतियोगितमा बिजेता बालबालिकाहरुलाई कार्यक्रमका प्रमुख अतिथी ब्रहमकुमारी राजयोग सेवा केन्द्र वीरगंज केन्द्रकी प्रमुख संचालिका ब्रहमकुमारी रबिना दिदि, बिशिष्ट अतिथि जिल्ला अदालत कार्यालय रौतहटका माननिय न्यायधिश श्याम सुन्दर जी,  ब्रहमकुमारी राजयोग सेवा केन्द्र वीरगंज केन्द्रकी ब्रहमकुमारी मीना दिदि, ब्रहमकुमारी बेनु दिदि, रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ता, चित्रकला प्रतियोगिता कार्यक्रमका निर्णायक ठाकुरराम बहुमुखि क्याम्पसका सह प्राध्यापक एवं वि.पि.सि.का कोर्डिनेटर शंकरमान श्रेष्ठ, श्रुति लेखन प्रतियोगिता कार्यक्रमका निर्णायक पुजन द्विवेदी, निर्णायक प्रविन चौधरी, क्याम्ब्रीज ऐजुकेशनल स्कुलका प्रमुख मंजुर सिद्धिकि, युनाईटेड सेकेन्ड्री इङ्गलिस स्कुलका मनोज गुप्ता, ज्ञानोदय बाल सेकेन्ड्री स्कुलका प्रमुख एवं कार्यक्रम कोर्डिनेटर राजेश लिम्बु, लर्डबुद्ध मेमोरियल इङ्गलिस बोर्डिङ्ग स्कुलका शान्ता श्रेष्ठ, कार्यक्रम संयोजक प्रमोद कुमार लगायतका महानुभावहरुले पुरुस्कार बितरण गर्नुको साथै बालबालिकाहरुको उज्जवल भबिष्यको कामना समेत कार्यक्रममा गरेका थिए ।