संदेश रायमाझीलाई मिस्टर एसएलसीको उपाधी
वीरगंज, २२ जेष्ठ । 
सुनौलो भविष्य एण्ड आरके क्रियटिभद्वारा आयोजित मिस्टर एसएलसी वीरगंज २०१६ को संदेश रायमाझी मिस्टर एसएलसी घोषित भएका छन् ।
शुक्रबार सम्पन्न मिस्टर एसएलसी वीरगंज २०१६ को फाइनल अडिसनबाट निर्णायक मण्डलले रायमाझीलाई मिस्टर एसएलसी वीरगंज २०१६ घोषित गरेको आयोजक संस्थाले शनिबार प्रेस विज्ञप्ती जारी गरी सार्वजनिक गरेको हो ।
एसएलसी परिक्षा दिएर बसेका किशोरहरुलाई लक्षित गरी उनीहरुको प्रतिभा प्रदर्शनको अवसर दिने उद्देश्यले आयोजना गरिएको अडिसनमा विभिन्न चरणको प्रशिक्षण र परिक्षण पश्चात शुक्रबार वीरगंज स्थित स्वीमिड्ड पुल परिसरमा आयोजित फाइनल अडिसनबाट रायमाझीलाई मिस्टर एसएलसी घोषणा गरिएको छ ।
त्यसै गरी फस्ट रनरअफ प्रतिक लामा, दोश्रो रनरअफ अनुराग श्रेष्ठ, विभर्स च्वाईस उदित्य कलवार लगायत फाइनल प्रतियोगीहरुलाई पुरस्कार स्वरुप विभिन्न स्कलरशिप लगायत प्रदान गरिएको छ । जस अनुरुप मिस्टर एसएलसी घोषित भएका रायमाझीलाई अनुभुति कलेज वीरगंजमा + २ स्कलरशिप, म्युजिक भिडियो, सर्ट मुभिज, ब्राण्ड एम्बेसडर तीन महिनको कम्प्युटर प्याकेज प्रदान गर्ने आयोजकले जनाएको छ ।
फाइनल अडिसनमा निर्णयक मण्डलमा गायक संजु अमात्य, क्यानन बेल इन्टरटेटमेन्टका स्वेता गुप्ता, गुरुकुल एकेडेमीका प्रधानाध्यापक पल्लवी कौर रहेका थिए भने आयोजक सुनौलो भविष्य र आरके क्रियटिभका कृष्णा श्रीवास्तव, सागर सर्राफ, सागर श्रेष्ठ, अंकुश शर्मा, सौरभ साह, विकेश डंगोल, अमृतेश कर्ण, आरुष कायस्थ लगायतको विशेष सक्रिय सहभागिता रहेको थियो ।