सम्पादक पाण्डेको निधन
काठमाण्डौ/पर्साको वीरगंजबाट विगत ३२ वर्षदेखि निरन्तर प्रकाशित हु“दै आएको उत्थान साप्ताहिक पत्रिकाका सम्पादक श्रीमति विन्दु पाण्डेको निधन भएको छ ।लामो समयदेखि मुटुरोगबाट ग्रस्त सम्पादक श्रीमति पाण्डे दुई हप्ता अघि सिकिस्त भइ उपचारकोलागि राजधानीस्थित वीर हस्पिटलमा उपचारार्थ भर्ना गरिएकोमा आइतवार विहान ५ बजे निधन भएको उत्थान साप्ताहिकका प्रधानसम्पादक समेत रहनु भएका उनका श्रीमान सुदर्शनराज पाण्डेले जानकारी गराउनु भयो ।
हिन्दु परम्परा अनुसार आजै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने कुरा प्रधानसम्पादक श्रीमान् पाण्डेले बताउनुभयो । स्व. सम्पादक श्रीमति पाण्डेका एक छोरा र एक छोरी रहेका छन् ।
यसैबीच क्राइमचेक साप्ताहिक परिवारका तर्फबाट प्रधानसम्पादक सन्तोष मिश्रले सम्पादक श्रीमति पाण्डेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान गर्न श्रीपशुपतिनाथस“ग कामना गर्दै मृतकको आत्मालाई वैकुण्ठधामको बास होस् भन्ने कामना गरेका छन् ।
उनको असामयिक निधनप्रति रिपोटर्स क्लव नेपाल पर्साका अध्यक्ष एवं मधेश क्षेत्रीय संयोजक कन्हैया गुप्ताले एक विज्ञप्ती जारी गर्दै गहिरो समवेदना प्रकट गरेका छन् ।
संयोजक गुप्ताद्वारा हस्ताक्षरित सो शोक विज्ञप्तीमा रिपोटर्स क्लव नेपालका वरिष्ठ सल्लाहकार समेत रहनु भएका सुदर्शनराज पाण्डेकी श्रीमति विन्दु पाण्डेको निधनले रिपोटर्स क्लव नेपाल शोकाकुल भएको यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा श्रीपशुपतिनाथले धैर्यधारण गर्ने शक्ति मिलोस् र मृतकको आत्मालाई चीर शान्तिको कामना गरिएको छ ।