श्रवण साहलाई मधेशी पत्रकार समाज पर्साको जिम्मेवारी
वीरगंज २५ जेठ,
मधेशी पत्रकार समाज, नेपाल पर्साको संयोजकमा शाखा सचिव श्रवण प्रसाद साह मनोनित हुनु भएको छ ।
मधेशी पत्रकार समाज, नेपालका केन्द्रिय अध्यक्ष मोहन कुमार सिंह र महासचिव राम चन्द्र यादव (आर.सी. यादव)ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अध्यक्ष संतोष पटेललाई केन्द्रिय सदस्यमा मनोनित गर्दै पर्सा शाखा संयोजकमा श्रवण प्रसाद साहलाई मनोनित गरेको छ ।
मधेश आन्दोलन २०७२÷०७३ को क्रममा वीरगंजलाई केन्द्रित गर्दै भएको आन्दोलनमा मधेशी पत्रकार समाज पर्सा शाखाका अध्यक्ष सन्तोष पटेलले खेलेको भुमिकालाई सम्मान गर्दै उहाँलाई केन्द्रिय सदस्यमा मनोनित गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
पटेल केन्द्रिय सदस्यमा मनोनित भएपछि पर्सा जिल्ला अध्यक्षको पद रिक्त हुन गएकालेले तत्कालका लागि जिल्ला समितिलाई बिघटन गरि जिल्ला सचिव श्रवण प्रसाद साहलाई जिल्ला संयोजकको जिम्मेवारी दिई तीन महिना भित्र नयाँ कार्य समिति गठन गरिने महासचिव आर.सी. यादवले जानकारी दिनु भयो ।
श्रवण साह स्थानीय भोजपुरी टाइम्स दैनिकसँग आवद्ध छन् .