ब्रेकिङ समाचार

सदभावनाको सक्रियतामा बाढी पिडितका लागि दोस्रो दिन पनि सहयोग संकल्न जारी


वीरगंज, साउन १५
सद्भावना पार्टी वीरगंज नगर कार्य समितीले आज दोस्रो दिन पनि घण्टाघरमा मधेसका बाढी पिडितहरुको  लागि संकल्न कार्य जारी राखेको छ । सहयोग संकल्न कार्यमा मारवाडी महिला मंच वीरगंजकी अध्यक्ष सुमन वगडीया र निर्देशकद्वव पुजा पोदार , सीता
अग्रवालले संयुक्त रुपमा नगद दस हजार सहित लता कपडा सहयोग गरेका थिए । यसैगरी सद्भावना पार्टीका सह महासचिव सुरेन्द्र कुर्मी एक हजार, बजाज री कन्डीसन संघ पर्सा एक हजार , थारु समाजका अगुवा नन्दकिसोर पंजियार एक हजार,वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ता एक हजार ,स्वतन्त्र नागरिक समाजका संयोजक सरोज कर्ण एक हजार, सदभावाना पार्टी महिला मंच वीरगंज अध्यक्ष सुनीता रौनियार एक हजार, युवा समाजसेवी प्रकास चौधरी पााच सय, बिश्व हिन्दू परिषद पर्साका अध्यक्ष ज्योतिष सम्राट पं. पुरुषोत्तम दुवे पााच सय, उपेन्द्र सर्राफ पााच सय, बिकास चौधरी पााच सय, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण खनाल तीन सय, नेपाल खानेपानी संस्थान पर्सा २ बोरा चिउरा, मनोस साह १ बोरा चिउरा, सदभावना युवा मंच वीरगंज अध्यक्ष दिव्य प्रकास चर्तुवेदी लत्ता कपडा सहयोग उपलब्ध गराएका छन् । सदभावना पार्टी वीरगंजका अध्यक्ष ओमप्रकास सर्राफको नेतृत्वमा बिहिबार देखि बाढी पिडितका लागि सहयोग संकल्न कार्यमा स्वचेछिक रुपमा आम मधेसी एवं संघ संस्थाहरुले सहयोग गर्ने कार्य भईरहेको र पहिलो चरणमा तीन दिन सम्म सहयोग संकल्न गरिने सर्राफले बताए । वीरगंज स्थित घण्टाघरमा सहयोग संकल्न कार्यमा सदभावना  पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी , सदभावना पत्रकार मंचका केन्द्रिय संयोजक संतोष पटेल, सदभावना पार्टी पर्साका सचिव राजेश साह, जिल्लाका अगुवा एवं युवा नेताहरु किसोरी यादव , धर्मेन्द्र पटेल, जलेश्वर सर्राफ, धुरेन्द्र पटेल, ईश्वर यादव, सुरेश साह कानु, दिनेश चौरसिया लगायत पर्साका बिभिन्न भातृ संगठनहरु समेत सक्रिय रहेका छन् ।