ब्रेकिङ समाचार

सर्पले टोक्दा यसो गरेमा ज्यान जाँदैन


snake biteहिन्दु धर्ममा सर्पलाई भगवान शिवसँग सम्बन्धित भएका कारण नेपालभरी नागको पूजा गरिन्छ तर तराईबासीका लागि यही सर्प थुप्रै पटक जीवनकै लागि खतरा पनि बनेको छ । सर्पले टोकेका कारण हरेक वर्ष नेपालमा थुप्रै मानिसहरुको मृत्यु हुन्छ । हामी यसको खतराबाट कसरी बच्न सक्छौं, यस विषयमा जानकारी लिऔंः
नेपालमा कोब्रा, कोरेतलगायत विभिन्न किसिमका सर्पहरु पाइने गरिन्छ । त्यसमध्ये निकै थोरै सर्पहरु विषालु छन् । बाँकी सबै गैर विषालु छन् । यसको अर्थ निकै कम सर्पहरुले टोक्दा मात्र ज्यान जाने खतरा हुन्छ । तर यहाँ ध्यान दिनु पर्ने कुरा के छ भने थुप्रै पटक विषभन्दा पनि त्यसको डर घातक सिद्ध हुन्छ । सर्पले टोकेको डर पनि यस्तै हो । धेरैजसो अवस्थामा मानिसहरुको मृत्यु विषको कारणले नभई डरको कारणले हुन्छ ।
तर हामीले थोरै सावधानी र होसियारी देखायौं भने सर्पले काटिसकेपछि पैदा हुने खतराबाट बचाउन सकिन्छ ।
सर्पले जतिबेला मानिसलाई टोक्छ तब त्यसको दाँतको विष शरिर भित्र प्रवेश गर्ने गर्दछ । यो विष माथितर्फ आउने गर्दछ । उदाहरणको लागि यदि हात र खुट्टामा सर्पले टोकेको छ भने विष सर्वप्रथम मुटुतर्फ जान्छ त्यसपछि पूरा शरिरमा जानेछ ।
snakeसर्पले जहाँ टोकेपनि विष पहिला मुटुमा नै जान्छ त्यसपछि मात्र शरिरमा फैलिनेछ । विष पूरा शरिरमा फैलिनका लागि ३ घण्टा लाग्छ । अर्र्थात्, बिरामी ३ घण्टासम्म जीवित रहने सम्भावना हुन्छ । यही तीन घण्टा बिचमा बिरामीलाई के गर्न सकिन्छ, त्यसबारे जानकारी लिऔंः
घरमा कुनै पुरानो इन्जेक्सन भएमा त्यसको अगाडिको सुइको भागलाई काट्नुहोस् । सुई जुन प्लाष्टिकमा फिट हुन्छ त्यही प्लाष्टिकलाई काट्नुहोस् । सुइलाई काटेपछि त्यो एउटा पिचकारी जस्तो देखिन्छ ।
snake2त्यसपछि तपाईं बिरामीलाई सर्पले टोकेको ठाउँ पत्ता लगाउनुहोस् । सर्पले टोकेको ठाउँ सुन्निएको हुन्छ । अब तपाईंले उक्त काटिएको इन्जेक्सनलाई टोकेको दुई निशानमध्ये एकमा राख्नुहोस् । जब तपाईं निशानामाथि इन्जेक्सन राख्नुहुन्छ तब त्यो घाउमा टाँसिएर एउटा भ्याक्युम क्रियट हुन्छ । जब तपाईं सुइलाई तान्नुहुन्छ तब त्यसमा रगत भरिन्छ ।
तपाईं इन्जेक्सनलाई तान्दै गर्नुहोस् । पहिलो पटक निकालिएको रगतको रंग हल्का कालो हुन्छ अथवा गाढा कालो हुन्छ । यस्तो भएमा थाहा पाउनुस् कि रगतमा विष मिसिएको छ । जबसम्म रगतको रङ कालो र गाढा कालो देखिन्छ तबसम्म रगत निकालिरहनुहोस् । यो प्रक्रिया दोहोराउँदा सम्पूर्ण विष बाहिर निस्कन सफल हुन्छ ।
snake1सर्पले टोक्दा जुन पदार्थ निस्कन्छ त्यसमा विषको मात्रा ०.५ मिलिग्राम मात्र हुन्छ । योभन्दा बढी सर्पको दाँतमा अड्नै सक्दैन । दुईतीनपटक रगत निकाल्दा नै विष बाहिर आइसक्छ ।
त्यसपछी तपाईंले बिरामीमा केही परिवर्तन आइसकेको देख्नुहुन्छ । विषालु सर्पले टोकेपछि व्यक्ति बेहोस अर्थात बेहोसीको हालतमा पुगेको हुन्छ र विष बाहिर निकालिसकेपछि उनमा चेतना आएको हुन्छ । यस्तो हालतमा उनको मृत्यु हुँदैन । तपाईं प्राथमिक उपचारको लागि यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।
यस्तो स्थितीका लागि एउटा अर्को औषधी पनि छ । यदि तपाईं चाहनुहुन्छ भने त्यसलाई घरमा सधैं राख्न सक्नहुन्छ । यो होमियोपेथिक औषधीको नाम नाजा हो । यो कुनै पनि होमियोप्याथिक औषधी पसलमा पाइन्छ ।


  |   एजेन्सी