न्यानो स्पर्शद्वारा स्वास्थ्य शिविर तथा श्रमदान कार्यक्रमको आयोजना
साउन २ गते .
हाँस्य कलाकार जोडी धुर्मुस–सुन्तलीले भुकम्पबाट प्रभावित देशबासीको पुनरर्निमाणमा देखाएको सक्रियताबाट उत्साहित युवाहरूको समुहद्वारा सञ्चालित “न्यानो स्पर्श” नामक फेसबुक पेजमा सहभागी युवाहरूले नि:शुल्क स्वास्थ्य शिविर एवं श्रमदान कार्यक्रमको आयोजना गरेको छ ।
देशका गहना धुर्मुस सुन्तलीले २०७२ साल को महाभुकम्प पश्चात जसरी देश पुनर्निर्माणमा सक्रियता देखाउनु भयो एकदमै सराहनीय योग्य कदम छ । एक जिम्मेवार नागरिकको हैसियतले राम्रो काम को सुरुवात आँफैबाट गर्नु पर्छ भन्ने राम्रो सन्देश दिनु भएको छ । उहाँहरुको यो कार्यलाई देश तथा बिदेशबाट सहयोगको लहर नै चलेको छ ।
यसै क्रममा सामाजिक सन्जाल मार्फत बनाइएको समुह “न्यानो स्पर्श“ ले धुर्मुश सुन्तली फउन्डेशनको सहकार्यमा गिरानचौर, सिन्धुपाल्चोकमा स्वास्थ्य शिविर तथा श्रमदान कार्यक्रमको आयोजना गर्यो ।
न्यानो स्पर्श समुहले दिएको जानकारी अनुसार स्वास्थ्य शिविर मा तीन सय भन्दा बढि कामदार तथा गाँउलेहरुले आफ्नो स्वास्थ्य जाँच गराई भ्याक्सिन सुई तथा विभिन्न किसिमको औषधिहरु वितरण गरिएको छ । २ जना डाक्टर, ४ जना नर्स र २ जना पुरुष स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर सफलता पूर्वक सन्चालन गर्नु भएको कुरा गीत क्षत्रीले बताउनु भयो ।
अर्को तर्फ, ३५ जनाको हाराहारी को सदस्यहरु ले श्रमदान गर्नु भएको कुरा सो समुहकी अध्यक्ष सँगीता भट्टराईले बताउनु भयो । “सँधैं सबैका लागि” भन्ने नारा लिएर विभिन्न सामाजिक काम तथा सकारात्मक सन्देश दिँदै आईरहेको उक्त समुहले गिरानचौर पुगेर देश निर्माणको क्रममा सानै भएपनि सहयोग गर्न पाएकोमा एकदमै गर्व लागेको कुरा उक्त समुहको संस्थापक मध्ये एक दिनेश आयरले बताउनु भयो ।
“सामाजिक काम गर्न कुनै साइत जुराइराख्न पर्दैन, कुनै समय पर्खिनु आवश्यक छैन र आजैबाट हामीबाट नै सुरुवात गर्ने हो” भन्दै सिताराम कट्टेल अर्थात धुर्मुशले न्यानो स्पर्श टोलीलाई स्वागत गर्नु भएको थियो । “हामीलाई आवश्यक परेको समयमा स्वास्थ्य शिविर लिएर न्यानो स्पर्श टोलि आईपुग्नु भएको छ, एकदमै हौसला मिलेको छ” सिताराम कट्टेल जी थप प्रस्ट्याउनु हुन्छ । मानवता जोगाउनको लागि सक्रिय समुह न्यानो स्पर्श र मानव जोगाउन सक्रिय धुर्मुश सुन्तलीका यी कदमहरु एकदमै सकारात्मक कदम हो ।
हाल ४७० जना सदस्य रहेको न्यानो स्पर्श समुहले समाजमा सकारात्मक कामको छाप छोड्न चाहने व्यक्तिहरु सो समुहमा आवद्ध हुन सक्ने सम्झना थापाले जानकारी गराउनु भयो ।