ब्रेकिङ समाचार

वर्तमान राजनैतिक दलका नेता ओलीका दास होइनन्


-मीनबहादुर थापा



वर्तमान नेपाल को गणतान्त्रिक ताण्डब निर्त्य हेर्दा  लाग्छ नियम कानुन संबिधान सबै मिथ्या हो | प्रजातन्त्र रहुन्जेल कहिले पनि सुने को देखेको थिएन अल्प मत मा परेका प्रधान मन्त्रि वा उनका दास मनिसिकता का भाट हरु ले सडक नाटक गरेको एका एक गणतन्त्र आए पछि तियो पनि ओली प्रधान मन्त्रि बने पछि रात रात ओली बाजे राजा प्रिथिबी राजा महेन्द्र वा देश का लागि आफ्नो  जीवन बलिदान गर्ने बिर सपुत हरु भन्दा पनि ठुला राष्ट्रबादी बने |कारण भारत को नाकाबन्दी ले तेसो भए मरिच मान सिंह श्रेष्ठ के पी ओली भन्दा पनि सय गुना ठुला राष्ट्रबादी हुनु पर्ने होइन ?उनले त भारत संग झुक्तै नझुकी चौध महिना काटे उनलाई प्रधान मन्त्रि पद मा पुर्याउने राज्य व्यवस्था को नै अन्त भयो | ओली को अहिले को राष्ट्रबाद को नाटक हेर्दा यस देश का केहि माहा पुरुष ,पुरुष  हरु लाइ सम्झन  मन लाग्छ | २००७ सात साल पछाडी कै अग्रज हरु को नाम लिउ बि पी कोइराला ,गणेश मान जी ,किसुनजी ,महेन्द्र नारायण निधि जी ,मनमोहन  जी मदन भण्डारी जी पुष्प लाल जी  राजा महेन्द्र मरिच मान जी  आदि गरिए का पुरुष माहा पुरुष हरु राष्ट्रबादी  थिएनन् त ? रास्ट्र बादी नभएका भए यो देश कसरि जन्म्यो ? अहिले सम्म कसरि बाची रहयो ? राम्रा नराम्रा धेर थोर सबै प्रधान मन्त्रि हुने ले यो मुलुक मा काम गरेका छन् | भारत को हस्तक्षेप को डटेर मुकाबिला पनि गरेका छन् | आज ओली र उनका मतियार हरु को यस्तो मानसिकता देखिए को छ कि भारत को बिरोध गरेका कारण ओली ठुला राष्ट्रबादी हुन् उनले नै अब आजीवन प्रधान मन्त्रि हनु पर्छ नियम कानुन संबिधान मा जे भए पनि कस्तो हास्यास्पद सोचाई ? नभए सडक मा अल्प मत मा परेका प्रधान मन्त्रि का मतियार ले बुर्कुसी मार्नु पर्ने कुनै कारण छैन | अर्को कुरा राजनीति मा कोहि पनि कसै को स्थाई सत्रु पनि मित्र पनि हुन्दैन | हिजो प्रचण्ड ले तत्तकालिन अवस्था मा ओली लाइ समर्थन  गरे आज गरेनन   यो स्वाभाविक हो | ओली लाइ समर्थन गर्ने बितिकै ठिक नगर्ने बितिकै खराब यसको कुनै अर्थ छैन | प्रजातन्त्र मा नियम कानुन ले चल्ने हो बल्जफ्दी ले होइन | हेक्का रहोस सबै राजनैतिक दल र दल का नेता ओली का दास कमारा कमारी होइनन  | ओली को ऋण  प्रचण्ड, देउबा कसै ले खाए को छैन आफ्नो इच्छाया  हुँदा समर्थन  गरे नहुँदा गरेनन  यस मा सडक नाटक गर्नु पर्ने कारण छैन | जसले जे भने पनि ओली र ओली का भाट हरु को अहिले को चाल प्रजातन्त्र बिरुद्ध देश बिरुद्ध र हास्यस्पद छ | नेपाल र नेपाली को इज्जत मा खेल बाड गर्ने  कसै लाइ पनि अधिकार छैन जुन कुरा ओली ले गर्दै छन् प्रजातन्त्र को पाठ अरु लाइ सिकाउने ले नियम कानुन मा बस्दा राम्रो होला |