ब्रेकिङ समाचार

"आमा मेरो मात्र खुट्टा किन पलाउँदैन ?"

                                             - झलक मगर खरमटारे




आमा
आमा मेरो मात्र खुट्टा किन पलाउँदैन ?
ऊ त्यो खनायोको रुखमा
अस्ति भर्खर
मैले देखि देखि गुँड लगाएको भंगेरोले
फूल पारी , ओथारी
बच्चा समेत काडेर
खट्टा मात्र होइन पंखेटा पनि पलाएर
माथि माथि आकाशमा उड्ने भइसक्यो
तर आमा
म चाहिँ किन हिँड्न पनि सक्दिनँ ?
त्यो भंगेरोको आमाले जस्तै
तिमीले पनि मलाई गाँस काटेर खुवायौ होला
ठुल् कान्छालाई जस्तै मलाई पनि
घाममा सेकाई सेकाई तेल लगायौ होला
तर पनि मेरो खुट्टा किन पलाएन आमा ?
हिजो पल्ला घरे साने आएको थियो
मैले त्यसलाई पनि सोधेँ
" साने तेरो जस्तै गरेर मेरो खुट्टा किन पलाएन ?"
त्यसले भन्दै थियो
" सायद तेरो खुट्टा पलाउन बिर्स्यो होला "
" कतै पलाउनलाई बाटो नै पो चिनेन कि ?"
आमा मैले बाटो पनि बनाइदिएको छु त
तैपनि किन पलाउने सुरसार गर्दैन ?
बाबाले कयौँ पटक काट्दा पनि
त्यो खर्सेतो पलाई रह्यो
तिमीले भाँडा खकालेर फालेको पानीले
मधिसे सिमी संधै मौलाइ रह्यो
तर आमा
मैले काट्दै नकाट्दा पनि
यी खुट्टाहरु किन पलाउँदैनन् ?
तिमीले पिउन ल्याइदिएको पानीमा
मैले हात डुबाई डुबाई
कयौँ चोटी यहाँ लगाइरहेँ
कतै साह्रो भएर पो हो कि भन्ने लागेर
तैपनि किन मौलाउँदैन आमा ?
अस्ति तिमीले कट्टु पुरानो भएछ
च्यातियो भन्दै थियौ नि
आमा मेरो खुट्टा पनि पुरानो भएर च्यातिएको हो ?
भन न आमा
मेरो खुट्टा पनि पुरानो भएर च्यातिएको हो ?
सानेले भनेको
" मेरो खुट्टा कहिल्यै पनि पलाउँदैन रे "
साँच्चै मेरो खुट्टा कहिल्यै पनि पलाउँदैन आमा ?
भन न आमा
किन रोएको आमा ?
भन न
के साँच्चै मेरो खुट्टा कहिल्यै पनि पलाउँदैन ? 

#एक_झलकबाट
झलक मगर खरमटारे





प्रकाशन मितिः २०७३ साउन ०४ गते मंगलवार
- मिनबहादुर थापा



ओली राष्ट्रबादी हुनकी ? राष्ट्र घाती?
मेरो आँखा मा त फुलो परेको छैन
मेरो दिमागमा त लिदी होइन गिदी नै छ
सक्रिय राजतन्त्र को अन्त्य पछि
प्रजातन्त्र को पुनर्स्थापना पछि
सरकार ले गरेको हरेक सन्धि सम्झौता मा
कहिँ मौन त कहिँ बुरुक बुरुक उफ्री उफ्री
महाकाली सन्धि मा त ओली गोलि नै बने
पक्ष बिपक्ष दुवै मिलि शायद लेनदेन पनि गरे
अहिले देश का सिमाना मिचिदा ओली कहाँ गए ?
अझ त्रिशाठी को राजनैतिक परिबर्तन पछि
अहिले का नब राष्ट्रबादी लुशुक्क खुसुक्क
बाह्र बुंदे मा हस्तक्षर धस्काउन दिल्ली मा
दिल्ली ले पालेको भास्मशुर संग
तछाड मछाड गर्दै कुम मा कुम मिलाउदै
समर्थन गर्ने मध्ये का एक ओली होइनन र ?
तिस लाख भारतीय लाइ राता रात
घर जुवाई बनाई नेपाली बनाउदा
ओली किन चुप चाप थिए त ?
सर्बशाधरण नेपाली ले बिरोध गर्दा
ओली को मुख किन फुटेन त ?
म राष्ट्रबादी कि उ ?
गणतन्त्र को नाम मा राजसस्था मास्ने
लोकतन्त्र को नाम मा लुटतन्त्र मच्चाउने
बिस्वो को एक हिन्दु राष्ट्र डलर मा साट्ने
राष्ट्र लाइ यो बिखन्डन को अवस्था मा हुम्ने
म उ र ति हौ ?ओली होइननन र?
म कसरि राष्ट्र घाती ओली कसरि राष्ट्रबादी ?
अब यसको छिनो फानो हुनु जरुरि छ
ओली लाइ राष्ट्रबादी देख्ने आँखा को
उनलाई राष्ट्रबादी सम्झिने दिमाग को
अब शल्यक्रिया गरौ यसै मा राष्ट्रबाद छ !
मिनबहादुर थापा
प्रकाशन मितिः २०७३ साउन ०३ गते सोमवार
- See more at: http://ecrimecheck.blogspot.com/2016/07/blog-post_65.html#sthash.9oIkDoeB.dpuf