जीवनको लागि हतियार काम छैन
 – प्रशान्त महासागर
– प्रशान्त महासागरतिमीले नमार्दा नि म मर्छु । मैले नमार्दा नि तिमी पनि मर्छौ । जीवन मर्न हो । मर्नु अघि जीवनलाई जिउन दिनु हो । यो कुरा मैले बिर्से या तिमीले भूले, खैं थाहा भएन् । सुरक्षित हुन बनाईएका कति पनि बंकरहरु छन् सबै विस्फोटक पदार्थहरुले भरि भराउँछ । मानौं जीवन यो कुनै एम्बुसमा टेक्न नै जन्मेको जस्तो जहाँ एक मुठी सास पनि नमरी फेर्न पाएको छैन भने आफु बाँच्न अरुलाई मार्नु नै पर्छ भन्ने सिद्धान्त जो जस्ले प्रतिपादन गरे, ठूला र साना जो जस्ले भने, भेदभावका कुरा जहाँ जुन कक्षामा शिक्षा उत्पादन भए अब त कसरी हुन्छ त्यो बन्द हुनु अति आवश्यक छ । झुठो स्वाङको खेतीका वीउहरु जरै देखि निर्मूृल पार्न मानव समाजले अब पनि आफ्ना कदम चालेनन् भने यो धर्ती अबको एक दशक पछि बस्न योग्य हुनेछैनन् भने सास फेर्नलाई हामीसँग सासको कमी हुनेछन् नै किनभने हामीले बाँच्न त सिक्यौं तर आफ्नो लागि भन्ने एउटा लेपमा लिपिबद्ध भएर, जस्को मूल्यमा कुनै ईमान धरम आदी नहुनुका साथै चाहिने करमका गुणहरु पनि गुम हुँदै गई रहेको अवस्था छ । यसले जीवन त पाउँछ तर मृत्युको कुनै औचित्य हुने छैन् । जब जीवन मृत्युबाट बञ्चित हुँदै जाने क्रम तीब्र गतिमा बढ्छन् तब मनुष्य हुनुको अर्थ रहँदैनन् । यस्तैमा म तिम्रो दोषी तिमीले देखिनु र तिमीलाई मेरो बैरी अरुले देखाउँदा त्यस्को हेक्का नहुनु नै हो । आतंकले चर्को सास फेर्नु नै हो, अपराधले जालसाजि गर्नु नै हो भने जीवन खराबको कुचक्रमा फसेको थाहा नपाउनु नै हो, जीवनको मूल्य मान्यता घटाउनु नै हो । जीवन लाश बनि घस्रिनुलाई संघर्षको नाम दिई घोक्रो सुकाउनु नै हो । यो कुरालाई आज हामीले आफ्नोलाई सुनाउन सिकाउन सकिनौं भने हामी लाश बन्नुको अर्थ रहने छैन् त्यसै त लाशको कुनै तौल हुँदैनन् भने झन बेअर्थ भई मरेको अवस्थामा शायद कुनै चिलकौवाको आहार बन्ने नसीबसम्म पनि नहुन सक्छ । त्यस्तो अवस्थामा माटोको शरीरलाई माटोले शरण नदिन सक्छ ।
त्यसैले जो जहाँसुकैको माटोसँग आबद्ध भएको मनुष्य नै किन नहोस् सर्वप्रथम त जीवनको उद्देश्य के हो त्यो सोच्नु आवश्यक छ । अर्को, आफ्नो बनाउने हो, पराय हुँदै जाने जीवनको लक्ष्य होईन भने आफ्नो हुनुमा जुन खुशी छ त्यो पराय हुनुमा छैन् त्यहाँ त आफ्नो गल्लिमा आँसु नै छ । विचल्लिपन, पीडापन असन्तोष, अशान्ति कुनै पनि भाषाको, शब्दको अर्थमा, जीवनमा आश्रय दिने बन्ने छैन पनि र ती त्यस्ता कमाई पनि कहिल्यै कसैको हुनेछैनन् । तर विश्वमा क्षण्कि स्वार्थको लागि त्यसको नकल हुनुले जीवनलाई जीवन हुन दिई रहेको छैन् । जस्को कारण मेरो आँखामा त्यो आँसु छ जुन आवश्यक छैन त्यस्तै तिम्रो आँखामा पनि त्यही आँसु छ जुन कुनै हालतमा त्यो उत्पादन हुनु आवश्यक छैन् तैपनि आफ्नो तुच्छ स्वार्थलाई अहम्लाई ठूलो बनाउन शब्द साहाराको प्रकरणद्वारा आफुहरुलाई ज्ञाता बनाउँदै बल र निर्बलको प्रतियोगिता गर्नुपर्छ भन्ने ठहरमा बाँच्छन् जुन प्राकृतिक नियम बनाउन आफुहरुसँगको स्वविवेकहरु गुमाई प्राण हरण गर्ने कुराहरु सिद्धान्तहरु, अगाडि सार्छन् । आखिरमा के का लागि...., भोक लाग्दा सबैले खानालाई आश्रय दिने हो भने प्यास लाग्दा पानीलाई नै हो । त्यो भन्दा फरकको कुनै सिद्धान्त यदि यो धर्तीमा छ भने यहाँ कसैको हरण आवश्यक छ त्यो म मान्छु ।
द्वन्द, संघर्ष, जातिय, वर्गीय कुराहरु अहम् मानेर जीवनका तुच्छ भन्दा तुच्छ कुराहरुलाई वेवास्ता गर्दा हामी कुनै हालतमा पनि मनुष्य हुन सक्दैनौं । र मनुष्यको आवश्यकता मनुष्य हरण गरेरै गर्ने हो भने भोलि यहाँ को रहन्छ त्यो पनि के का लागि...। त्यसैले सुन्ने सुनाउन मिल्ने कुराहरुलाई बेढंगको सिद्धान्तहरु लादेर बाँच्दै जाने हो भने भोलि त्यो सिद्धान्तले जीवन हासिल गर्न खोजे पनि त्यसको औचित्य रहने छैन पनि । त्यस्तै बोली र गोलीमा बोलीकै कुराले सबैलाई आफ्नो बनाउँछ जस्तै कि मलाई तिमी मन पर्छ बोलीले भन्दा जति सुन्दर र शान्त छ, जीवनका अथाह धारहरु देखिन्छन् भने त्यही कुरालाई गोलीले बोल्दा त्यहाँ आफ्नोको रगत खेर गएको मात्र देख्छौ त माया कुन चरीको नाउँ हो, चाल पाउन पनि मुश्किलै पर्छ । अत: जीवनलाई जति मायाको आवश्यक छ त्यति हतियारको छैन् साथसाथै एम्बुसमा दिनानुदिन फस्दै गएको हाम्रो कदमलाई चाँडो भन्दा चाँडो हटाउने सिद्धान्त अब विश्वलाई चाहिएको छ । हाम्रो जीवनमा सुख र खुशी बाहेक अरु छैन् भन्ने कुरालाई आ(आफ्नो अहम् र स्वार्थले नष्ट गर्ने र आफुहरुलाई कष्ट दिने कुरा सबैले अब त्याग्नु पर्छ । र सम्पूर्ण विश्वको लक्ष्य अब अकाल मृत्युबाट मानव जीवनहरु नष्ट नहोस् भन्ने हुनुपर्छ ।
मानव हत्या जघन्य अपराध हो भन्ने सन्देश अब विश्वले मान्नु पर्छ । हतियारहरु उत्पादनमा ह्रास ल्याउनु र शिक्षा स्वास्थ्यसँग जीवनलाई गाढा तुल्याउँदै लानु सबै मानवको प्रमुख परम कार्य कर्तव्य पनि हो । र जीवनको तुच्छ लक्ष्य मर्दाको त्यही हुनुपर्छ पनि ।
अन्तमा, मलाई मार्छु भनी हतियार बोक्न सक्नेले मलाई बचाउन हतियार पनि सहजै त्याग्न सक्छौ भन्ने विश्वासमा म लिपिबद्ध छु नै । आफुमा परेको अन्याय र अत्याचारको लागि संघर्षित हुन सक्नेले मलाई अन्याय र अत्याचारमा अब देखि पार्दैनौं भन्ने विश्वासमाथि मानव जातिले कुठाराघात गर्दैनौ भन्ने कुरालाई सबैले सहकार्य गर्नुपर्छ नै ता कि मेरो रगत कालो होईन रातो नै छ, तातो नै छ भन्ने कुरालाई देखाउने दिन विश्वले पर्खिनु उचित छैन पनि । र खेर गएको रगत जुन परिवर्तन र पश्चातापको बनि हतियार, हतियारकै सुरक्षाको लागि हो भने हिंस्रक नियन्त्रक मात्र हो अरु प्रयोजन नहोस् भन्दै जीवन कसैको पनि बंकरभित्र बसि एम्बुसमा टेकि बिताएको नहोस् पनि ।
बाँच्ने अधिकार सबैलाई छ बाँच्ने मौका दिनुपर्छ, मर्न त एकदिन त्यत्तिकै मरिहाल्छ नि...जीवनमा यति पनि बुझ्न सकिएनन् त्यो जीवन कुनैको पनि, कसैको पनि काम छैन नै ।
prashantsharmila2@gmail.com
क्राइम चेक साप्ताहिक पत्रिकामा २०७३ साउन ०६ गते विहीवार प्रकाशित
 
 
 
 
 
 
 
 
 
 
 
 
