ब्रेकिङ समाचार

“जिल्ला शिक्षा कार्यालयमा यसरी हुँदैछ करोडौंको भ्रष्टाचार”

अभिमनु पटेल/
रौतहट
/जिल्ला शिक्षा कार्यालय रौतहटले दरबन्दी, शिक्षक मिलान र सरुवाको हेराफेरी गर्दै करोडौं रकम असुली गरी भ्रष्टाचार गरेको वक्ताहरुले आरोप लगाएका छन् ।

    दरबन्दी मिलान, शिक्षक मिलान र सरुवाको विषय लिएर २०७३ सावन ३ गतेका दिन देखि रिले अनसनमा जिल्लाका ७५ प्रतिशत शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय रौतहटको गेट अगाडि धर्नामा बसेर आन्दोलन गरिरहेको शिक्षकहरुले रिपोटर्स क्लव नेपाल रौतहटसँगको साक्षात्कारमा सो आरोप लगाएका हुन् ।

    शिक्षकहरूको रिले अनशन संयोजक नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष मनिशंकर निधिले नीति नियम र कानुनी प्रावधान विपरित मनोमानी तरिकाबाट जिल्ला शिक्षा अधिकारी हरि वस्ती र शिक्षकको खोल ओढेर शिक्षा क्षेत्रलाई बदनाम गरेका केही स्थानीय माफियाले मिलेर दरबन्दी, शिक्षक मिलान र सरुवाको नाममा करोडौं रकम असुल गरेको आरोप लगाए ।

    जिल्ला शिक्षा कार्यालय रौतहटले जिल्ला सरुवा र दरबन्दीको नाममा २ देखि ३ लाख सम्म रकम लिएको खुलासा गर्नुभयो । नेपाल एउटा कानुन राज्य कानुनी राज्यको धज्जी उडाएको भन्दै शिक्षा ऐन निमावलीले तोकेको शिक्षा समिति १३ सदस्यीय बनाउनुपर्नेमा रौतहट जिल्लामा जम्मा ३ सदस्यीय मात्र बनाएको संयोजक निधिले बताए । जिशिअ अहिले बिना रकम घुष नलिई कुनै काम गर्न तयार नहुने गरेको उनको आरोप थियो ।

    मनमा पाखण्डी नीति राखेर मिठो मीठो कुरामा झक्याइ दरबन्दी मिलान कार्य बारे सबैसँग खुलेर सल्लाह  नगरि शिक्षा क्षेत्रलाई बदनाम गर्न बाहेक अरु केही नगरेको जिशिअ हरि बस्ती इमानदार जिशिअ नरहेको र सब भन्दा कमजोर शिक्षा चाहिँ रौतहटको रहेको थाहा हुँदा पनि त्यसको सुधार गर्न आवश्यक पहल गर्नुपर्नेमा बिगार्ने काम गरेको संयोजक निधिको आरोप थियो ।

    त्यस्तै अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक परिषदको प्रेमनारायण यादवले दरबन्दी, शिक्षक मिलान र सरुवा कार्य जिशिअले एक्लै गरे हुन्थ्यो नत्र संघ संगठनका पदाधिकारीलाई बसाइ गर्नुको सट्टामा जिशिअ बस्तीसँग केही मिलने शिक्षक भ्रष्टाचार शिक्षा कार्यालयको चाकडी गर्नेहरुलाई मात्र राखेर गरिएको हो यादवले बताए । विद्यार्थी संख्याको अधारमा दरबन्दी र शिक्षक मिलान नगरिएको बालमन्दिर भन्दा बढी जनसंख्या श्री जुद्ध उच्च मा. रहेको छ तर त्यसमा नगरी बालमन्दिरले रकम दिएकोले मात्र बाल मन्दिरमा जिशिअ हरि बस्ती भ्रष्ट भन्दा ठूलो भ्रष्ट रहेको यादवले दाबी गरे ।

    त्यस्तै अन्तरक्रिया कार्यक्रममा नेपाल शिक्षक मंचको उपेन्द्र जयसवाल रौतहट जिल्लाका शिक्षालाई तहस नहस मिलाउने काम जिशिअ बस्तीको साथमा सहयोग गर्दै केही हाम्रा स्थानीय शिक्षक मिलेर गरिरहेको छ ।जिल्लाका शिक्षा बिग्रार्ने मात्र नरही एक अर्का बिच समाजीक सद्भाव समेत भुटाउने काम गरिएको जिशिअ बस्ती यस्ता गतिविधि गरेकोले शिक्षक शिक्षक आपसमा लडने दिन देखाएको जयसवालले बताए ।

दरबन्दी मिलान कार्य मापदण्डको हिसाबले गर्नु भने पनि आफ्नो मनमानी ढंगले गरियो । कार्यालय बन्द गरि शाखा अधिकृत उपेन्द्र सिंहको घरमा बसी रकम असुल गरेर हेराफेरी काम काज, सरुवा, दरबन्दी, शिक्षक मिलान गरे त्यसको विरोध गर्दा पैसा नदिएको शिक्षकहरुको दरबन्दी, शिक्षक मिलान हिजो मंगलबार राति जिशिअ हरि बस्तीले शाखा अधिकृत फाटमा बसी गंजी, हाप कटु र टोपी लगाई हाथमा रातो कलम लिएर विरोध गर्नेहरुलाई हतार हतारमा गरेको उपेन्द्र जयसवालले बताए ।

    त्यस्तै अन्तरक्रिया कार्यक्रममा नेपाल शिक्षक संघका जि.अ. ओमप्रकाश महतोले बितेको अवधिमा जिशिअ बस्तीले सरुवा दरबन्दी, शिक्षक मिलान कार्य रकमको भरमा धमाधम अहिले गर्दै जिल्ला शिक्षा कार्यालयमा खुल्याम अनमियता भएको काम काजलाई छानविन समिति गठन गरि समयमा गरेन भने शिक्षा जस्तो क्षेत्रमा आन्दोलनको ठूलो रुप भोलिको दिनमा देख्न सकिने चेतावनी दिनुभयो । आन्दोलन गर्ने शिक्षकहरु जिशिअ हरि बस्तीबाट मात्र पिडित नरहेको शिक्षा क्षेत्रमा माफिया भन्दा ठूलो गलत भ्रष्टाचारी गर्ने एक अर्का लागि ठगिने काम गर्न जिल्लाका केही साथीबाट पनि यहाँका शिक्षक पीडित भएको अध्यक्ष महतोले गुनासो गरे ।

    नेपाल शिक्षक मंचका जि.अध्यक्ष जयान्नदन ठाकुरले दरबन्दी मिलान शिक्षक मिलान र जिल्ला सरुवा कार्य प्रति आन्दोलनरत शिक्षकहरु विरोधमा उत्रिएको हैन, दरबन्दी मिलान कार्य होस हामीहरुको पनि चाहना रहेको छ तर गलत ढंगले रकम असुली गरि नजाने ठाउँमा दरबन्दी गरेको विरोधमा मात्र हाम्रो आन्दोलन रहेको अध्यक्ष ठाकुरले बताए ।

    एक शिक्षकको दुई ठाउँमा दरबन्दी गरियो र पैसा नदिएको शिक्षक जुन जिल्ला शिक्षा कार्यालय भित्र काजमा काम गर्दै आएको शिक्षकलाई सरमुजवा विद्यालयमा पठाइएको छ । दरबन्दी मिलान नियम पालन नगरी कुन शिक्षक लाई कहाँ पढाउने कुरा नसम्झी नबुझी जिशिअ हरि बस्तीले मात्र दलाल र पैसाको भर्मा आफ्नो मनले एकलौटी टिप्पणी उठाउनुभएकोले आज हामी आन्दोलन गर्न बाध्य बनेको अध्यक्ष ठाकुरले बताए ।

    जिल्ला शिक्षा समिति रौतहटले २०७२ सावन ४ को निर्णयबाट जिल्लाको शिक्षक दरबन्दी मिलान कार्यान्वयको सिलसिलामा शिक्षक मिलान गर्ने क्रममा शिक्षा विभागबाट समय समयमा पटक पटक प्राप्त शिक्षक मिलान सम्बन्धि निर्देशन जिल्लाको आवश्यकता र औचित्य अनुसार जिल्ला सामाजिक सम्वाद समन्वय समितिको सहकार्यमा तय भएको शिक्षक मिलान मापदण्ड र जिल्लामा रिक्त रहेका विषयगत दरबन्दीहरु, शिक्षकको मौजुदा अवस्था विद्यालयको अवस्था र आवस्यकता प्रा.वि. तहको शिक्षक दरबन्दी राहत कोटा शिक्षक अनुदान, जनसंख्या समेतको परिधिभित्र रहि, कामकाजमा रहेका शिक्षकहरुको काज व्यवस्थापन हुने गरि जिल्ला शिक्षा समितिको उक्त निर्णयबाट मिलान हुने । बाँकी दरबन्दीमा राहत कोटामा समेत शिक्षक सरुवा गरि जि.शि.का. मा पूर्ण कायम गरि आवश्यक विद्यालयमा कामकाज गर्ने खटाउने सम्मको कार्य गरि प्रा. तहका तपशिलका शिक्षकहरुको सरुवा पद स्थापना गरि शिक्षक मिलान गर्ने निर्णय सर्वोच्च अदालतबाट आएको आदेश समेतलाई जिशिअ हरि बस्तीले नमानेको आन्दोलनरत शिक्षकहरुको गुनासो रहेको थियो ।

    अन्तरक्रिया कार्यक्रम रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष एवं प्रदेश नं २ कोषाध्यक्ष अभिमनु पटेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा ने.शि.अ. संघ अध्यक्ष ह्दयनारायण साह, लो.शि.संघ अध्यक्ष कमलेश प्र.सिंह, रा.म.स.शि.संघ अध्यक्ष प्रेमशंकर साह, स.फो.ने.उपाध्यक्ष रिमा मेहता, शिक्षक विजयानन्द यादव, सुबोध यादव लगायतको सहभागिता रहेको थियो ।

क्राइम चेक साप्ताहिकमा २०७३ साउन ०६ गते विहीबार प्रकाशित