संस्कृति नेपाल ट्रेनिङ्ग पर्साद्धारा नि:शुल्क व्युटिसियन तालिम सम्पन्न
वीरगंज १४ गते श्रावण ।
 वीरगंज उपमहानगरपालिका कार्यालयको सहयोगार्थमा संस्कृति नेपाल ट्रेनिङ्ग पर्साद्धारा नि:शुल्क एक महिने व्युटिसिएन तालिम कार्यक्रम आज सि.एस.ई.एण्ड आई.टि.वीरगंजको सभाहलमा तालिम समापन भएको छ ।
वीरगंज उपमहानगरपालिका कार्यालयको सहयोगार्थमा संस्कृति नेपाल ट्रेनिङ्ग पर्साद्धारा नि:शुल्क एक महिने व्युटिसिएन तालिम कार्यक्रम आज सि.एस.ई.एण्ड आई.टि.वीरगंजको सभाहलमा तालिम समापन भएको छ ।सो तालिम कार्यक्रममा ३० जना स्थानिय महिलाहरुको सहभागिता रहेको थियो । उक्त तालिम समापन कार्यक्रमका प्रमुख अतिथी संस्कृति नेपाल ट्रेनिङ्ग पर्साका अध्यक्ष एवं सि.एस.ई.एण्ड आई.टि.वीरगंजका प्रबन्ध निर्देशक शेख फिरोजले तालिमका प्रशिक्षार्थीहरुले लिएको तालिमको उपयोग गर्दै आर्थिक उपलब्धि गर्न आगाडी बढ्न आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा तलिमका प्रमुख प्रशिक्षक सुनतली कुशवाहा, सहायक प्रशिक्षक रजनिसा महतो, लगायत विद्यार्थी एवम् संचारकर्मीहरुको उपस्थिती समेत रहेको थियो ।
 

 
 
 
 
 
 
 
 
 
 
 
