भूकम्पमा अरबौंको सहयोग गर्ने लायन्स क्लव बाढी पीडितको सहयोगमा पन्छियो
क्राइमचेक प्रतिनिधि/
 वीरगंज/२०७२ वैशाख १२ र २९ गते गएको महाविनाशकारी भुकम्पबाट क्षत विक्षत भएका नेपालीहरूका घाउमा मल्हमपट्टी लगाइ राहत र उद्धारमा अरबौं रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने लायन्स क्लव हालै देशको विभिन्न भागमा आएको बाढी पहिरोका प्रभावितहरूकालागि राहत  र उद्धारमा उदासिन देखिएको छ ।

लायन्स क्लव ३२५ बी–२ अन्तर्गतका विभिन्न लायन्स क्लवको सहभागीतामा मात्र गत वर्षको भुकम्पमा अरबौं रुपैयाँ बराबरको आर्थिक, भौतिकलगायतका सहयोग गरेको थियो तर यतिखेर देशका विभिन्न भागमा आएको बाढी एवं पहिरो प्रभावितहरूकालाई सहयोग गर्न कुनै चासो नदेखाएको समाचारहरू जानकारीमा आएको छ ।
केही दिन यता आएको बाढि पहिरोका कारण हालसम्म सैयौंजनाले ज्यान गुमाएका छन्, भने सैयौं बेपत्ता भएका छन्, त्यस्तै हजारौं विस्थापित भएका छन् भने लाखौं जनता प्रभावित भएका छन् । खासगरी पश्चिमी पहाड र पूर्वी तराई क्षेत्र बढी प्रभावित देखिएको र राहत र उद्धारको पखाईमा बसिरहेका भएपनि विश्वकै सबैभन्दा ठूलो सदस्य संख्या भएको लायन्स क्लव र नेपालमै सबभन्दा बढी सक्रिय रहेको लायन्स क्लव ३२५ बी–२ बाढी पीडितलाई सहयोग गर्न किन उत्सुकता देखाएन त ? भन्ने जनचासोलाई पारदर्शी गर्न लायन्स क्लवका रमेश कुमार अग्रवाललाई सम्पर्क गरेर सोध्दा आफू लायन्स क्लवको पूर्व (पास्ट) पदाधिकारी भएकोले यसबारेमा केही जानकारी नभएको बताए । पास्ट पदाधिकारी हुँदैमा लायन्सका विशिष्ठ पदाधिकारीहरुको सेवाको भावना समाप्त भएको उहाँको प्रतिकृयाबाट पुष्टी हुन आउँछ । रमेश अग्रवालको यस्तो जवाफपछि क्राइम चेकले लायन्स क्लवका एडभाइजर देवकी नन्दन (डि.एन.) अग्रवाललाई बारम्बार सम्पर्क गरी प्रतिकृया लिन खोज्दा उनले फोन उठाएनन् । लायन्स क्लवका एडभाइजर देवकी नन्दन अग्रवाल सम्पर्कमा नआएपछि ३२५ बी–२ का गभर्नर घनश्याम भट्टराईलाई टेलिफोन सम्पर्क गर्दा उनको मोबाइल स्वीच अफ गरिएको पाइयो ।
नि:स्वार्थ समाज सेवा एक मात्र उद्देश्य भएको भनि प्रचारित लायन्स क्लव इन्टरनेशलन अन्तर्गतका ३२५ बी २ मा कतै राजनीति र क्षेत्रीय स्वार्थले घर त बनाएन ? हैन भने नेपालको पहाडी भेगमा गत वर्ष भुकम्प आउँदा २४सै घण्टा खटेर वीरगंज र ३२५ बी-२सँगै ३२५ बी-१, ए-१, ए-२ लायन्स क्लवहरुले संयुक्त रुपमा राहत र उद्धार कार्यमा तदारुकता देखाएको थियो तर तराई मधेशका विभिन्न जिल्ला बाढीको विनाशकारी लिलाको शिकार भइरहँदा पनि सहयोगकोलागि किन उत्सुकता देखाएन ? सिंगो नेपाललाई पुग्ने खाद्यान्न उत्पादन गरिने क्षेत्र तराईका कृषि योग्य भूमि बाढीको पानीले सखाप भइरहँदा, मान्छेको ज्यान गई घरबार विहिन हुँदासमेत खासै चासो नदेखाउनुले नेपालका लायन्स क्लवहरुमा सहयोगको भावना हराउँदै गएको आम नागरिकले महसुश गर्न थालेका छन् ।
यसैबीच लायन्स क्लव ३२५ ए–वन का गभर्नर कुमार राज सुवेदीले भने लायन्स क्लव विशुद्ध सेवाकालागि संचालित संसारकै उत्कृष्ट सामाजिक संस्था भएको बताउनु हुँदै बाढी पहिरो पीडितहरूको सहयोगकालागि लायन्स क्लव तदारुकता साथ लागि परेको दाबी गरे । उनले इमरर्जेन्सी सहयोगकालागि लायन्स क्लव इन्टरनेशलसँग १० हजार डलर माग गरेको जानकारी गराए । त्यस्तै विराटनगरका लायन्स क्लवहरूले तीन लाख भन्दा बढी रकम संकलन गरी जिल्ला स्थित दैविक प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको जानकारी गराए, साथै बाढी प्रभावितहरूलाई पाँच दिन खाना खुवाउने तयारी समेत गरिएको उनले जानकारी गराउँदै पीडितहरुको सहयोगमा तदारुकता पूर्वक लागि परेको दाबी गरे ।
लायन्स गभर्नर सुवेदीले बुधवार काठमाण्डौका विभिन्न १२ वटा लायन्स क्लवले एउटा बैठकबाटै तत्काल ७५ हजार रुपैयाँ संकलन गरी प्रभावित क्षेत्रतर्फ पठाउन लागेको बताए । उनले पीडितहरुको राहत र उद्धारमा क्लवले कुनै कसर बाँकी नराख्ने दाबी समेत गरे ।
क्राइम चेक साप्ताहिकमा २०७३ साउन १३ गते बिहीवार प्रकाशित
 वीरगंज/२०७२ वैशाख १२ र २९ गते गएको महाविनाशकारी भुकम्पबाट क्षत विक्षत भएका नेपालीहरूका घाउमा मल्हमपट्टी लगाइ राहत र उद्धारमा अरबौं रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने लायन्स क्लव हालै देशको विभिन्न भागमा आएको बाढी पहिरोका प्रभावितहरूकालागि राहत  र उद्धारमा उदासिन देखिएको छ ।
वीरगंज/२०७२ वैशाख १२ र २९ गते गएको महाविनाशकारी भुकम्पबाट क्षत विक्षत भएका नेपालीहरूका घाउमा मल्हमपट्टी लगाइ राहत र उद्धारमा अरबौं रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने लायन्स क्लव हालै देशको विभिन्न भागमा आएको बाढी पहिरोका प्रभावितहरूकालागि राहत  र उद्धारमा उदासिन देखिएको छ ।लायन्स क्लव ३२५ बी–२ अन्तर्गतका विभिन्न लायन्स क्लवको सहभागीतामा मात्र गत वर्षको भुकम्पमा अरबौं रुपैयाँ बराबरको आर्थिक, भौतिकलगायतका सहयोग गरेको थियो तर यतिखेर देशका विभिन्न भागमा आएको बाढी एवं पहिरो प्रभावितहरूकालाई सहयोग गर्न कुनै चासो नदेखाएको समाचारहरू जानकारीमा आएको छ ।