राष्ट्रिय झण्डाले ढाकियो वीरगंजको सडक
राजसंस्था पुनर्स्थापना बिना देश अन्धकारमय:वक्ताहरू
वीरगंज, १८ असार ।राष्ट्रिय झण्डा र बाजागाजासहित निस्केको र्यालीले वीरगंजको सडक शनिवार राष्ट्रिय झण्डामय भएको छ ।
नेपाल विद्वत परिषदको राष्ट्रिय एवं क्षेत्रीय वृहत्त सम्मेलनमा सहभागी हुन आएका बागमती, नारायणी र जनकपुर अंचलका विभिन्न जिल्लाबाट आएका राष्ट्रवादी नागरिहरूले वृहत्त र्यालीको आयोजना गर्दै राजा आउ देश बचाउ, हिन्दू सनातन अधिराज्य कायम गर, राजासंगको सझ्तौका कायम गर, २०४७ को संविधान लागु गर, जनता कसको राजाको, राजा कसको जनताको लागयतका गगनभेदी नारा लगाउँदै नगर परिक्रमा गरेको छ ।
स्थानीय सम्झना होटेलबाट निस्केको सो र्याली घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर चोक, अलखिया मन्दिर हुँदै नगरपरिक्रमा गरी घडिअर्वास्थित गोपाल मण्डलीमा वृहत्तसभामा परिणत भएको थियो ।
नेपाल विद्वत परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेल, मध्यमांचल संयोजक ऋषिकेश लोहनी, मध्यमाञ्चल सह संयोजक एवं केन्द्रिय सदस्य नरेशराज गिरी, पूर्वाञ्चल संयोजक बल्लभ दाहाल, मध्यपश्चिमाञ्चल संयोजक दीपक बहादुर सिंह, गोविन्द खतिवडा मकवानपुर, पशुपति विक्रम शाह पर्सा, निरबहादुर अधिकारी बाँके, सप्तरी डा. कमल दास, के.स. अध्यानन्द साह कलवार, भरत बहादुर मल्ल बारा, जनकपुरबाट क्षेत्रीय सह संयोजक महेन्द्र झा, केन्द्रिय सदस्य देवी वर्मा, कमला गिरी, विष्णु गिरी, अनिता शाह, पर्सा जिल्ला अध्यक्ष रामनारायण साह कानु, रौतहट जिल्लाबाट केन्द्रिय सदस्य कमरुल होदा लगायत बारा, पर्सा, रौतहट लगायतबाट, हजारौंको संख्यामा महिला, युवा, वृद्ध लगायतका सचेत देशभक्त नागरिकहरूको उपस्थिति रहेको थियो ।
राष्ट्रनिर्माता श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको पूर्णकदको तस्वीरमा फुलमाला, अवीर र दीप प्रज्वलन गरि वृहत्तसभाको उद्घाटन गरिएकहो थियो ।

कार्यक्रममा मन्तव्यको क्रममा वक्ताहरूले देशको राष्ट्रिय अखण्डता, एकता र विकासको लागि राजसंस्थाको पुनस्र्थापना अनिवार्य भएको बताउँदै राजसंस्था बिना देश अन्धकारमय बन्दै गएकोमा दु:खेसो पोखे । देशहितको लागि सबै नेपालीहरू
एकजुट भएर राष्ट्रि झण्डामुनि आएर हिन्दू अधिराज्यसहितको राजसंस्था पुनस्र्थापनाकोलागि आगाडी बढ्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । कार्यक्रमको सहजीकरण एवं संचालन कमला गिरीले गर्नु भएको थियो ।






