ब्रेकिङ समाचार

राजतन्त्र र हिन्दू अधिराज्य पुनस्र्थापनाकोलागि विद्वत परिषदले आन्दोलन गर्ने

वीरगंज १९ गते असार/नेपाल विद्वत परिषदले राजतन्त्र एवं हिन्दूअधिराज्यको पुनस्र्थापनाको लागि राष्ट्रव्यापी आन्दोलन गर्ने भएको छ । वीरगंजमा राखिएको केन्द्रिय समिितको बैठक एवं मध्यमाञ्चल क्षेत्रीय समितिको वृहत्त सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन आएका केन्द्रिय संयोजक समेत रहनु भएका अध्यक्ष जितबहादुर अर्जेलले आइतवार रिपोटर्स क्लव नेपाल पर्साले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
केन्द्रिय अध्यक्ष अर्जेलले नेपालको विद्यमान राजनीतिक अवस्थाले गर्दा गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको र नेपाललाई लामो समय अनिर्णयको बन्दी बनाएर राख्न नदिने उद्देश्यसहित नेपाल विद्वत् परिषद् राष्ट्रवादी आन्दोलनमा जान लागेको उनले बताए । असफल गणतन्त्रको विकल्पमा अब पनि राजतन्त्र एवं हिन्दू अधिराज्यको पुनस्र्थापना गर्ने हो भने नेपाल र नेपालीको दुर्भाग्यको संभाव्यता देखिएकाले नेपाल विद्वत् परिषद जनताकै साथ लिई राष्ट्रिय आन्दोलनको तयारीमा लागि परेको उनले बताए ।
षडयन्त्रै षडयन्त्रबाट अवैध र जबर्जस्ती लादिएको संघीय गणतन्त्र धर्मनिरपेक्ष संविधान कागजको खोष्टो मात्र भएकोले नेपाल विद्वत परिषदले त्यसलाई अस्विकार एवं बहिष्कार गरिसकेको अध्यक्ष अर्जेलले बताए ।
देशको विद्यमान अवस्था पूर्ण रुपले अराजक, भ्रष्टाचार, बेरोजगारी, अन्याय र अन्यौलले भरिपूर्ण रहेको हुँदा यस्तो राजनीतिक परिपाटीलाई पूर्ण रुपले हटाई अखण्ड राष्ट्र (एकात्मक राज्य) गौरवमय राजसंस्था र सनातन हिन्दू अधिराज्यको पुर्नस्थापनाबाट मात्र देश बचाउन सकिने हुनाले नेपाल विद्वत परिषद जनतामा आन्दोलनकालागि अपिल गरे । उक्त आन्दोलन नेपालभित्रका विदेशी दलाल र अराजक तत्वविरुद्धको आन्दोलन हुने दाबी गरे ।
अखण्ड राष्ट्र (एकात्मक राज्य), गौरवमय राजसंस्था र सनातन हिन्दू अधिराज्यलाई परिषदको आधारभूत सिद्धान्तको रुपमा राखिएको बताउनु हुँदै अध्यक्ष अर्जेलले परिषदको राजनीिितक समितिले ५ विकास क्षेत्रमा ११ जनका दरले प्रत्येक क्षेत्रमा क्षेत्रीय समिति गठन गरिसकेको बताए, अञ्चल, जिल्ला, नगर र गाउँ समितिहरू पनि गठनको प्रकृयामा रहेको बताए ।
रिपोटर्स क्लव नेपालका क्षेत्रीय सह संयोजक एवं पर्सा जिल्ला अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल विद्वत परिषदका केन्द्रिय उपाध्यक्ष एवं मध्यमाञ्चल क्षेत्रीय संयोजक अधिवक्ता दिपक बहादुर सिंह, मध्यमाञ्चल क्षेत्रीय सह संयोजक एवं केन्द्रिय सदस्य नरेशराज गिरी, केन्द्रिय सदस्यहरु गेविन्द खतिवडा, देवी वर्मा, पशुपति विक्रम शाह, भरत बहादुर मल्ल, बल्लभ दाहाल, अध्यानन्द प्रसाद कलवार, कमल दास, पर्सा जिल्ला अध्यक्ष रामनारायण साह कानुलगायतको सहभागिता रहेको थियो ।