को हुन् ती व्यक्ति जसका कारण ओलीले वाहवाही पाउँदैछन् ? पूरा पढ्नुहोस्...
 - अर्जुन पौडेल
- अर्जुन पौडेलआज नेपालमा यस्तो दिन आयो आफ्नै साथीलाई पनि राजनीतिक पार्टिको नामले वर्गिकरण गर्नु पर्ने । तँ काङ्ग्रेस ! तँ माओबादी ! तँ एमाले ! तँ राप्रपा अनि कोहि मधेसीज् ! मेरा काँग्रेसी र मधेसी साथीहरु चाहिँ ओलीलाई गोली हाने जसरी भट्ट्ट्ट गाली गर्छन् । अनि माओबादी र राप्रपा साथीहरु चाहिँ व्वा व्वा गर्थे र केहीले गर्दै पनि छन् ।
अब साथीको परिभाषा पनि परिवर्तन गर्नु पर्ला जस्तो छ है । तँ मेरो काँग्रेसी साथी तँ मेरो राप्रपा साथी अनि तँ चाहिँ माओबादी अलि परै बस धोकेवाज । सबै लाई आ-आफ्नै पार्टीको प्रधानमन्त्रीको कुर्सी चाहिएको छ । जम्मा एउटा त कुर्सी छ कतिलाई पुर्यौनु । कति पालै पालो नौ नौ महिना बसिरहनु । बरु सिधै ३-४ ओटा प्रधान्मन्त्रीको कुर्सी राखेर सबै एकै चोटि प्रधानमन्त्री भए भै हल्यो नि । किन लड्नु फोकटमा एउटै कुर्सीको लागि ? कति आनन्द हुन्थ्यो मेरा सबै साथीहरुले आफ्नै पार्टीको प्रधानमन्त्री पाउँथे ।
प्रसङ्ग हो हालसालै सुत्केरी भएका एमाले, राप्रपा नेपाल साथीहरुका प्रधानमन्त्री केपी ओलीको र उनले नौ महिना गर्भ बोकेर प्रचन्ड नामक बच्चा जन्मिएको र देश पनि यिनैले चलाउने रे अब देखि नौ महिना सम्म । अनि ओलीको नाति अर्को नौ महिना मा जन्मिने रे । नाम चाहिँ राम्रै सोचेका रहेछन ओली हजुरबाले नातिको, देउबा रे नाम पनि, शेर बहादुर देउबा । अविस्वास्को प्रस्ताब आयो राजिनामा पनि आयो र सरकार कामचलाउमा पनि आयो । के के आयो आयो । तर किन केपि ओलिको विस्वास लागेन माओबादी साथीलाई त्यो कि त ओलि नै जानुन कि प्रचण्डै जनुन । सरकार ढाल्ने त प्रतिपक्षको धर्म नै भयो नि ।
धर्म निरपेक्ष देशमा संसद भित्र धर्मको कुरा नगरम होला। जब त्यही संविधानसभाले धर्मनिरपेक्ष सम्बिधान बनायो अनि तेहि संसदमा धर्मको कुरारु नौ महिना सरकारले गरेको काम काज को सबैले आ-आफ्नै तरिकाले समीक्षा गर्दै हुनुहुन्छ होला, मैले पनि गरे । ओली सरकार बन्दा उपहार स्वरुप पाएको नाकाबन्दीलाई नाटकीए रुपमा तुहाइदिए, यो कुरामा ओली सरकार सफल भएकै हो । चीनसँको पारवाहन सम्झौता र अन्य सम्झौता पनि ओली सरकारको उपलब्धी नै मान्नु पर्छ । नीति तथा कर्यक्रम र बजेट पनि आशावादी नै थियो । तर सबै भन्दा महत्वपूर्ण उपलब्धी भनेको भारत र चीन सँगको सम्बन्ध सुधार हो । यो कुरामा ओली सरकारलाई धन्यवाद ।
दुर्भाग्यपुर्ण कुरा हो काँग्रेस र मधेसी साथीले भारत सँगको सम्बन्धा ओली सरकारले बिगार्यो भनेर टिप्पणीहरु सुन्न पाईयो । उनीहरु कति सहि कति गलत भन्ने कुरा त उनीहरुलाई नै थाहा होला । मेरो नजरमा ओली सरकारले भारतसँग नझुकेर नेपालीको शिर ठाडो पार्यो । तर यसमा के ओलीको मात्र हात छ त ? यसमा ओलीको भन्दा ठूलो हात अरु कसैको छ । तर त्यो व्याक्तिलाई ओलिकै छेउमै भएर पनि कसैले देखेनन । नाम आयो त केवल ओलि-ओली को मात्र ।
ओली जिद्दी भएरै नाकाबन्दी हटेको भनियो तर ओली भन्दा जिद्दी मान्छे ओलीकै छेउमा थिए । १२ मिनेट भन्दा बढी बोल्न नदिदा संसदमा हङ्गमा गर्ने जिद्दी मान्छे ओलीको छेउ मै थिए। ओलीको भन्दा पनि उनैको जिद्दीपन र चतुर्याईका कारण नाकाबन्दी हटेको हो । हजुर म माननीय कमल थापाकै कुरा गर्दै छु । भारत सँगको सम्बन्ध सुधार्न र चीन सङ्ग सम्झौता गर्न पहिलो हात उनै माननीय कमल थापाकै ठूलो हात छ । ४/५ पटक भारत गएरै भए पनि भारत सँगको सम्बन्ध सुधार्न जिम्मा लिए र त्यो पूरा पनि गरेर देखाईदिए र ओलीको भारत भ्रमण सफल पारे । ओली चीन भ्रमण जानु अघि नै उनै माननीय चीन गएर सबै बन्दोबस्त मिलाए पछि मात्र ओलीले चीन गएर सम्झौताहरु मा हस्ताक्षर गरे। ओलीको सफलतामा कमलथापा को पनि सहयोग र साथ छ भन्ने यथार्थलाई कसैले नकार्यो भने त्यो ठूलो राजनीतिक बेइमानी हुनेछ । अस्तु ।
arjunpoudel200@gmail.com
प्रकाशन मितिः २०७३ साउन ११ गते मंगलवार
 
 
 
 
 
 
 
 
 
 
 
 
