ब्रेकिङ समाचार

नेपाली जन सम्पर्क समिति दक्षिण भारतको बैठक सम्पन्न

नेपाली जन सम्पर्क समिति दक्षिण भारतको बैठक तेलंगाना राज्यको प्रमुख  सहर हैद्रबादमा क्षेत्रिय अध्यक्ष कमल गुरुङ्गको अध्यक्षतामा एवं माहासचिब नन्दा बोगटीको संचालनमा श्री कृष्ण निलाएम हिन्दु सभाहल सुलतान बजारमा संपन्न भयो ।

  उक्त अवशरमा प्रमुख अथिति समितिका केन्द्रीय सदस्य एवं क्षेत्रिय प्रभारी कान्ति प्रसाद धमलाले संपूर्ण पदाधिकारीहरुलाइ संगठन प्रति कटिबद्ध रहेर एकात्मक रुपमा अगि बढन निर्देशन दिनु भयको थियो । त्यस्तै आर्का बिशिष्ठ अथिति समितिका पुर्ब केन्द्रिय शिक्षा सचिब एवं नेपाली कांग्रेस १२औ माहाधिबेशनका प्रतिनिधी राम प्रसाद रिमालले प्रबाशमा नेपालीको एकता आजको आवश्यक्ता मा चर्चा गर्दै संपूर्ण उपस्थितहरुमा नेपालको बर्तमान राजनितीको बिषयमा प्रकाश पारेका थिए ।

आर्का बिषेश अथिती नेपाली कांग्रेस १३ औ माहाधिबेशनका प्रतिनिधी एवं क्षेत्रीय समितिका प्रमुख सल्लाहाकार जनक बोगटीले बिगतका तिता मिठा सबै बिषयलाइ भुलेर संपूर्ण शाखाहरु एकरुपमा बिकास गर्दै अगि बढन आहावान गरेका थिए । उक्त अवसरमा केन्द्रीय समितिका काशीराम आचार्य , पहराम बिष्ट , नैनसिह बिष्ट , क्षेत्रीय समितिका  बरिष्ठ उपाध्यक्ष राज बाहादुर कुवर ,मिन बाहादुर कुवर , पुर्ब माहासचिब योगेन्द्र गौतम , सहकोषाध्यक्ष गोबिन्द भण्डारी , तिर्थ कुवर , लोक बाहादुर साउद ,  गणेश कुवर , बृख बिक , देबेन्द्र बोगटी , धन बाहादुर चलाउनी , कपूर बिष्ट , लगाएतका बक्ताहरुले आफनो बक्तब्य दिएका थिए भने नेपाल दलित संघ भारत इकाईका अध्यक्ष जनक बिक अछाम शिक्षक संघका सचिब नेपाल महिला संघ हैद्रबादकी सचिब अमृता जोषी लगाएत आफनो मन्तब्य राखेका थिए  ।

 नेपाली जन संपर्क समिति दक्षिण भारत , भारतको पाच राज्य जस्तै तेलंगाना , आन्द्रा प्रदेस , करनाटाका , तामिलनाडु र केरलामा रोजगार गर्ने नेपालीहरुलाइ समितिमा समेटदै उनीहरुमाथी हुने अन्याय अत्याचार दमन शोषण हत्या हिंशा नारी बेचबिखनका बिरुद्ध आवाज उठाउदै आएको छ । ३२ शाखाको धनी नेपाली जन संपर्क समिति दक्षिण भारतमा अनगिन्ती उपशाखाहरु छन ।

 आज बसेको समितिको बैठक निकै सकरात्मक  रहेको थियो । उक्त बैठकमा क्षेत्रको गतिबिधी आर्थिक आयब्याय नेपालको राजनिती बिश्लेषण र मातृ पार्टी नेपाली कांग्रेसको नीति र निर्देशिकाको बारेमा पनी छलफल भयको थियो । साथै उक्त बैठकमा जननायक स्वर्गीय बि पी कोइरालाको ३५ औ स्मृति दिवस को अवशरमा स्वर्गीय कोइराला प्रति हार्दिक शारदा सुमन अर्पण गरिएको नेपाली जन सम्पर्क समिति भारतका पूर्व महासचिव योगेन्द्र गौतमले जानकारी गराउनु भयो ।