ब्रेकिङ समाचार

रौतहटका युवा दुध बेचेरै मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै ।।

अभिमनु पटेल ।
रौतहट १७ साउन ।
रौतहटका युवा अहिले दुध बेचेरै राम्रो आम्दानी गर्न थालेका छन । गाई र भैसीबाट उत्पादन हुने दुध आफनै गाउँ घरमा खरिद बिक्री गरेर युवा राम्रै आम्दानी गरिरहेका छन । रौतहटमा व्यवसायिक श्री श्री गोबिन्द बाबा एग्रिकल्चर गाईपालन फर्म सुरु भएसँगै दुग्ध व्यावसाय पनि फस्टाउन थालेको छ । खास गरेर बैदेसिक रोजगारीबाट फर्केका युवा गाविस नरकटिया वार्ड नं ९ मोतिपुर टोलका मुकेश पटेल स्वदेस्मै केही आयआर्जन गर्ने भन्दै गाईपाल्न व्यवसायी खोलेको बताए । युवा पटेलले उत्पादन गरेको गाउँबाट दुध सङकलन गरेर जिल्लाको गौर, गरुडा, कटहरिया लगाएतका बजारमा दूध किन्ने व्यक्तिले बिक्री गरिरहेका छन । केही दिन अघिदेखी श्री श्री गोबिन्द बाबा एग्रिकल्चर दर्ता गराई २५ वर्षका मुकेश पटेलले २५ ओटा गाईपाल्न गर्दै  व्यापारबाट राम्रो आम्दानी हुने गरेको बताउनु भयो ।  प्रत्येक सङकलकले स्थानियस्तरमै दैनिक ८० देखी ९० लिटरसम्म दुध सङकलन गर्ने गरेका छन । दुध सङकलन र बिक्री गर्दै आएपछि पैसा कमाउनकै लागि अन्यत्र जानु नपरेको बताउनु हुन्छ स्थानिय गाईपालन व्यवसायी गरि विदेशबाट राम्रो आम्दानी गाउमै हुदैछ । उहाँले यो काम गरेर विदेशमै हुने जतिको कमाई यतै हुन थालेको बताउनु भयो । बजारमा अहिले दूधको मूल्य प्रतिलिटर ६० रुपैया रहेको छ । गाउँमा केही सस्तोमा दूध दिएकोले शहरबाट आएर सङकलन गरि बजारमा ६० रुपैयामा बिक्री वितरण गर्दै आएका छन तर पनि गाईपाल्न गर्न मुकेश पटेललाई धेरै रमाइलो लाग्छ बताउनुभो  राम्रो आम्दानी हुन थालेपछि गाउँ–गाउँ बाट दूध सङकलन गर्न डेरीका व्यक्ति आएर आफैलाने गर्छन दूधको व्यापार गर्ने बढदै गएको देखिएको  पटेलले बताए ।