ब्रेकिङ समाचार

.इन्टरनेटको विस्तारसँगै गग्रामीण भेगका बासिन्दा लाभान्वित ।।

अभिमनु पटेल ।
रौतहट १७ साउन ।
गाँउ गाँउमा इन्टरनेटको पहुँच विस्तार भएपछि रौतहटको ग्रामिण भेगका बासिन्दा लाभान्वित भएका छन । इन्टरनेटको विस्तारसँगै विशेषगरी जिल्लाका ग्रामिण भेगका बृद्ध बृद्धा इन्टरनेटको प्रयोगमा आकर्षित हुन थालेका छन । उमेरले ४५÷५० बर्ष पुगेका महिला तथा पुरुषले इन्टरनेटको माध्यमबाट विदेशमा रहेका आफना आफन्तहरुसँग कुराकानि गर्ने गरेको छ ।  गाँउ गााँउमा इन्टरनेटको पहुच बिस्तार भएपछि रौतहटको ग्रामिन भेगका बासिन्दा लाभान्वित भएका छन । इन्टरनेटको बिस्तारसँगै विशेषगरी जिल्लाका ग्रामिन भेगका बृद्ध बृद्धा पनि इन्टरनेटको प्रयोगमा आकर्षित हुन थालेका छन । उमेरले ५०÷५५ वर्ष पुगेका महिला तथा पुरुषले इन्टरनेटको माध्यमबाट विदेशमा रहेका आफना आफन्तहरुसँग कुराकानि गर्ने गरेको छ । इन्टरनेटको सहज पहुँचसँगै देश र विदेशमा रहेका आफन्तसंग इन्टरनेटको प्रयोग गरेर कुराकानी गर्न पाएपछि स्थानियहरु यसतर्फ आकर्षित भएका हुन । आफुदेखि धेरै टाढा रहेपनि इन्टरनेटले मलेसियामा रहेको श्रीमानलाई नजिक बनाएको बताउनु हुन्छ धरहरीका मन्जुदेवी यादव ।जिल्लाको अधिकांश भेगमा नेपाल टेलिकम, वर्डलिंक, वाइम्याक्स जसता इन्टरनेट सेवा प्रदायक संस्थाले गाँउमा द्रुत गतिको  इन्टरनेट  पहुँच विस्तार गरेकाले विदेशमा आफन्तसँग कुराकानि गर्न सजिलो भएकोे बताउनु हुन्छ गरुडाका राम प्रवेश ।  समाजिक सञ्जाल फेसबुक र स्काइपबाट विदेशमा रहेका श्रीमानसंग कुरा गर्न पाउदा आफुलाई धेरै खुसी लागेको मानपुरका यसनेहा यादवले बताउनु भयो ।
यस भन्दा पहिले विदेशमा रहेका आफन्तसँग खबर आदानप्रदान चिट्ठीबाट हुन्ने गर्दथे तर अहिले फोन , मोवाइल , इन्टरनेट  जस्ता प्रविधिले विश्वको कुनै ठाँउमा रहेपनि
आफन्तलाई नजिक बनाएको गाँउलेहरु बताउँछन । इन्टरनेटको सुविधा भएपछि मोवाईलकै माध्यमबाट आफुले फेसबुक लगाएतका विभिन्न अनलाईनहरु हेर्ने र रेडियो समेत सुन्ने गरेको बेदौलीका अशोग यादवले बताउनु भयो ।  फेसबुक तथा अन्य च्याटका माध्यमबाट साथीहरुसंग कुरा गर्न पाउदा आफु हर्षित भएको उहाले बताउनु भयो ।  नेपाल टेलिकमको नमस्ते प्रिपेड तथा एनसेल लगाएतका सेवा प्रदायक संस्थाले समेत मोवाइलमा नै नेटको सुविधा विस्तार गरेकाले अहिेले अधिकांश युवापुस्ताहरु समेत इन्टरनेटको पहुँचमा नै रहेका छन । इन्टरनेटको पहुँचले फेसबुक र अनलाईनहरु हेरेर देश विदेशका खबरहरु छिटै थाहपाउदा स्थानिहरु हर्षित नै छन । त्यति मात्रै नभएर नेटले कुनै डकुमेन्ट, मेल र आवशयक सामाग्रीहरु पठाउन सजिलो भएको ओमप्रकाश कुमार यादवले बताएका छन ।