होहोरेमा कुदेर अग्रगामी हुँदैन
-स्वयम्भुनाथ कार्की

धार्मिक प्रवचन दिनेहरु सामान्यतया जिज्ञासाको उत्तर दिने गर्दैनन् । अन्धश्रद्धा नभएमा त्यो भक्ति होईन भन्ने गर्दछन । यस्तो किन भने उनीहरुसंग जिज्ञासा हल गर्ने ज्ञान नै हुँदैन । त्यसैले प्रवचनकर्ता पिच्छे अलग अलग पन्थ बन्ने गर्दछ । त्यसैले भक्तिमा ज्ञान आर्जन हुँदैन, हरेक धर्मका प्रवचनहरुमा केवल आफ्नो पन्थको महिमा मात्र हुन्छ । विचलित मनलाई शान्त राख्न दिमागलाई विश्राम दिंदा सजिलो पर्दछ । उदाहरणको निमित्त राधासंग कृष्णको जोडी केवल किशोर अवस्थाको सामिप्यता थियो भन्ने कुरा छ । त्यसैले राधाकृष्ण जोडी कसरी भन्ने जिज्ञासाको कुनै समाधान छैन । यो कुरामा दिमाग खपाउदा मन शान्त नहुने हुँदा प्रभुको लिला प्रभु नै जानुन भनेर छोडिन्छ ।
भक्तिको यो आँखा चिम्लेर विश्वास गरिने बाटो के व्यवहारिक जीवनमा पनि काम लाग्ला ? किन र कसरीको उत्तर नखोजेको भए, शंकालु भएर विवेचन नगरेको भए समाजको प्रगति नै हुने थिएन । त्यसैले जहाँ शिक्षा दिईन्छ त्यहाँ विद्यार्थीबाट जिज्ञासाको अपेक्षा गरिन्छ । कुनै विषय राम्ररी बुझ्न शंकाको समाधान हुनै पर्दछ । यो पद्धति पौराणिक गुरुकुलदेखि आधुनिक शिक्षा प्रणालीसम्म एकनासले लागु भएको छ । सनातनमा जहाँ “भक्तिमा शंका गर्नु हुँदैन” भन्नेहरु छन् भने “वादेवादे जायते तत्वबोध” भनेर शंकाको उपयोगले ज्ञान प्राप्त हुन्छ भन्नेहरु पनि छन ।
सन्दर्भ नेपालीहरुको आँखा चिम्लेर हरेक कुरा विश्वास गर्नेहरुको हो । कुनै व्यक्तिलाई क्षमतावान देखेर उसलाई मान्ने वित्तिकै उसैको वाक्यलाई ब्रम्हवाक्य मान्नेहरुको बाहुल्यता नेपालमा छ । त्यसैले यहाँ कुनै प्रश्न उठाईदैन । सर्वहारालाई पूँजिपतिले हमेशा शोषण गर्दछन्, पुँजीको निर्माण शोषणबाट मात्र संभव छ भन्ने सिद्धान्तमा आधारित कम्यूनिष्ट दर्शनमा आधारित दलहरुका नेता अरवपति छन् । कोही पहिलेदेखि नै अरवपति थिए भने कोही नेता भएपछि अरवपति भएका छन् । अहिलेको छाक जसोतसो टारेर भरे के खाँउ भन्नेहरुका यस्ता अरवपति नेताहरुसंग प्रश्न कहिले सोधिदैन केवल अटल विश्वास छ भन्ने प्रदर्शन गरिन्छ ।
"यसको कारण अल्छी होईन त्यो क्षमताको अभाव हुँदै गएको हो । नेता भएपछि त्यो सर्वज्ञ हुन्छ भन्ने सोच यसरी हावी हुँदैछ कि उद्यमशीलताको प्रशिक्षण दिन नेता आउन थाले । यस्तो दिन नआउला भन्न सकिन्न कि चिकित्सा सिकाउन कुनै नेताले कक्षा लिईरहेको होस । अनि त्यहाँ भाषण दिईरहेको होस कि लुई पाश्चरले खोप निकालेर चिकित्सकहरुको हात बाँधिदिए । उनले खोप ननिकालेर रेडयोलोजी खेजेका भए उपयुक्त हुने थियो । बरु भोक नलाग्ने औषधी निकालेको भए गरिब धनीको शोषणमा पर्ने थिएन । यो हचुवाको तालमा भनिएको हैन यस्तै प्रकृतिको कुरा आउन शुरु भईसकेको छ ।"
“जनताद्वारा जनताले जनताको निमित्त” भन्ने सिद्धान्तमा आधारित आफुलाई पहिले प्रजातन्त्र र अहिले लोकतन्त्रका एक्लो ठेकेदार भन्ने दलहरु र त्यसका अनुयायीहरुको पनि उस्तै हालत छ । प्रजातन्त्रमा कुनै कठिन समस्या हल गर्न त्यसलाई जनताको बीच ल्याउनु पर्दछ भन्ने मान्यता छ । तर, सानोदेखि ठूलो समस्या पनि शीर्ष नेताहरुको जिम्मा लगाईन्छ । तर आजसम्म कसैले यो कसरी प्रजातन्त्र भयो भनेर सोधेको थाहा छैन । दलहरुमा मात्र हैन भातृ संगठनहरुमा पनि शीर्ष नेताहरुको मर्जि बेगर केही नहुने कुरा कसरी प्रजातन्त्रको परिभाषामा अटायो भनेर सोध्ने मुटु कसैको छैन ।
अग्रगामी हुन होहोरेमा दौडदा मध्यदिनलाई रात भनेर भन्ने आफुले मानेको परे भने विश्वास गरिन्छ । आफ्नो बुद्धिविवेक सबै विसाएर जस्तो कुरा पनि पत्याउने आजको वर्तमान पिंढीले मुलुकको भविष्य अँध्यारो तिर लैजाने निश्चित छ । कुनै पनि वाद कुनै पनि व्यवस्थाले यस्ता अरुद्वारा संचालित “रोवोट” सरहका नागरिक भएको मुलुक अगाडी बढ्न सक्दैन । कारण स्पष्ट छ, उनीहरुलाई विचार आपुर्ति गर्ने औलामा गन्न सकिनेहरु सकिने वित्तिकै यो पिंढी कुहिराको काग हुन्छ । त्यो लक्षण देखिन थालिसकेको छ । तर्क विहिन बुद्धि विहिन विचारहरु प्रवाहित हुन थालेका छन् । विरोधको उत्तर तर्क र क्षमताले हैन बाहुबलले दिने प्रवृति बढदैछ । त्यसैले विस्तारै मुलुक “डन” हरुको नियन्त्रणमा पुग्दैछ ।
तथ्य खोजेर त्यसको विवेचन गरेर आफुले निष्कर्ष निकाल्न खोजिंदैन । यसको कारण अल्छी होईन त्यो क्षमताको अभाव हुँदै गएको हो । नेता भएपछि त्यो सर्वज्ञ हुन्छ भन्ने सोच यसरी हावी हुँदैछ कि उद्यमशीलताको प्रशिक्षण दिन नेता आउन थाले । यस्तो दिन नआउला भन्न सकिन्न कि चिकित्सा सिकाउन कुनै नेताले कक्षा लिईरहेको होस । अनि त्यहाँ भाषण दिईरहेको होस कि लुई पाश्चरले खोप निकालेर चिकित्सकहरुको हात बाँधिदिए । उनले खोप ननिकालेर रेडयोलोजी खेजेका भए उपयुक्त हुने थियो । बरु भोक नलाग्ने औषधी निकालेको भए गरिब धनीको शोषणमा पर्ने थिएन । यो हचुवाको तालमा भनिएको हैन यस्तै प्रकृतिको कुरा आउन शुरु भईसकेको छ ।
उद्यमशिलताको कार्यक्रममा एक नेताले राज्यले आफुलाई विषेश शिप सिक्न दिएको छात्रवृत्ति छोडेर अर्धभूमिगत भएको कुरा सगौरव प्रस्तुत गरे । अर्धभूमिगत भएर उनले के काम गरे त्यो उनै जानुन तर उनलाई उनको प्रतिभा चिनेर छात्रवृति दिने व्यवस्था कै विरोध गरेर सही गरें भन्ने दम्भ रहेछ । उद्यमशिलता बढाउन अव उनका भक्त यूवाले उनकै बाटो अनुसरण गर्लान । आफुलाई टेवा दिनेहरुको खोईरो खन्दा सफल होईन्छ भनेर होहोरेमा कुदे भने कस्तो भविष्य होला ? कल्पना गर्न सकिन्छ ।
त्यस्तै अर्का नेताले त्यही कार्यक्रममा पृथ्वीनारायण शाहको खोईरो खने , “दुई ढुँगा बीचको तरुल ” भनेकोमा । उनको विचारमा दुईदेश विचको पुल भन्नु पर्ने थियो । पुलको अस्तित्व केवल सेवालाई हो । यदी नेपाल चीन र भारतको पुल बन्ने हो भने उसको कुनै अलग अस्तित्व हुँदैन । पुलमा आवतजावत गर्नेहरुको दयामायाले दिएको कुरा मात्र आम्दानी हुन्छ । फेरी जुन वेलामा पृथ्वीनारायण शाहले यो कुरा भनेका थिए त्यसवेला नेपाल दुवै मुलुक संग आफ्नो स्वतन्त्र व्यपार गर्दथ्यो । उनलाई के थाहा कि यस्ता नालायक पुस्ता पनि आउने छन् जो आफ्नो उत्पादन भन्दा परमुखापेक्षि हुनेछन् । आफ्नो ग्राहक अरुलाई नसुम्पेकोमा पृथ्वीनारायण शाहलाई गाली गर्ने नेताका अनुयायीहरु भने खुशी हुनेछन् । उद्यम गर्न छाडेर वैदेशिक रोजगारी त्यसै त बढेको हैन नि ।
विराटनगर–१
२०७३ भदौ ०९ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित