ब्रेकिङ समाचार

सदभावना पार्टी रौतहटले राहत संकलन ।

अभिमनु पटेल ।
रौतहट १५ साउन ।
सदभावना पार्टी जिल्ला कार्य समिति रौतहट द्रारा शुक्रबारदेखि बाढी पहिरोबाट पिडितका लागि राहत संकलन  कार्य सुरु गरिएको छ ।

मधेशको पूर्वी भागमा लगतार केही दिनका अविरल बर्षाका कारण धेरै जिल्लाहरु पानीको डुबानमा परिएको एवं कतिपय गाउँ बगाएर लगेको ठाउँका जनताका लागि केही मनावतनको फरजले सहयोग गर्नले रौतहट बाट पनि सदभावना पार्टी जिल्ला कार्य समिति रौतहटले पनि जन्दा संकलन कार्य सुरु गरेको छ ।बाढी पहीराेबाट पिडीत सप्तरी , सुनसरी र मोरङको लागि राहत सामग्री पठाउदै पार्टी जिल्ला अध्यक्ष शेख जमशैदले मधेश वा पुरै देश जुन पनि ठाउँमा जनता लाई केही दुख हुन्छ भने सदभावना पार्टी रौतहटले धन जनबाट सहयोग गर्न तत्पर्य तयार रहने बताए । एक एक रुपैयाँ हामीले यहाबाट संकलन गरेको बाढी पिडितहरुका लागि अमुल्य हुने अध्यक्ष शेखले बताए ।एक दिनको आफ्नो व्यक्तिगत खर्चबाट बाढी पिडीतहरुको लागि सहयोग गर्यो भने विश्वका सबै भन्दा ठूलो धर्म हुने र सदभावना पार्टी रौतहटले आफ्नो सबै सदस्य लगायत जिल्लाका साथिहरु सँग अनुरोध गरेर सहयोग संकलन कार्य गरि बाढी पिडीत ठाउमा लगेर पुर्याइने अध्यक्ष शेखले बताए ।

राहत संकलन कार्यमा केन्द्रीय सदस्य श्यामसुन्दर पटेल , शम्भु जयसवाल ,जिल्ला उपाध्यक्ष हरिशंकर पाण्डे ,सुधिर यादव , सचिव मनोज वर्मा ,प्रचारप्रसार ईसलाम अंसारी लगायत दर्जनौं कार्यकर्ताहरूको सहभागी रहेको   थियो ।