बैंक लुटन मिसन बनाउने हतियार सहित पक्राउ ।
रौतहट १६ साउन।
अभिमनु पटेल ।
बैंक लुटनका लागि केही दिन देखि मिसन बनाउने गिरोह आज सरमुजवा बंकुल बजारबाट ४ जना हतियार सहित पक्राउ परेको छ ।
रौतहट क्षेत्र नं ३ गाविस सरमुजवा ८ बंकुल बजार स्थित निर्धन बैंकको शाखा लाई लुटन केही दिन देखि मिसन बनाउदै आएका ४ जना हतियार सहित पक्राउ परेको छ।
गाउघरमा मोटरसाइकल , बिधुतीय खेत पटाउने मोटर , ट्रेकटरको बैटी ,किसानहरुको खसी ब्राखा र नेपाल बाट भारत तिर गाजा ओसारपसार जस्ता धेरै अप्रिय घटनाहरु गर्दै आईरहेकाे हुन । बैंक लुटनका लागि दुई थान हतियार लिएर ३ दिन देखि बंकुल बजारमा ओहोर दोहोर गरिरहेको र हतियार बेजने काम समेत गरिने भएकोले आज बंकुल बजार स्थित रहेको निर्धन बैंकका छेउछाउमा घुमिरहेका बेला सशस्त्र प्रहरीलाई सुचना पाउने बितिकै सरमुजवा क्याम्प बाट प्रहरीको टोली गई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा रौतहट क्षेत्र नं २ गाविस रामपुरखाप वार्ड नं ९ मा बस्ने ३२ बर्षीय राकेश पटेल , ३३ वर्षीय कमलेश प्र. पटेल र भन्ने कौशल त्यही गाविस वार्ड नं ८ मा बस्ने २६ वर्षीय राकेश कु. सिंह , १४ वर्षीय सरबिन्द्र पटेल रहेको जिल्ला सशस्त्र प्रहरी कार्यालय रौतहटका सहायक प्रहरी उपरीक्षक निर्मल खड्काले पत्रकार सम्मेलन गरि जानकारी दिनुभएको छ ।
 
 
 
 
 
 
 
 
 
 
 
