ब्रेकिङ समाचार

दर की कर ?


द्रवित
श्रीमान करले खाडीमा पसिना र आँसु चुहाउँदै छन् । श्रीमती रहरले दरको नाममा छड्के तिलहरी र साडीमा रमाउँदै छिन् । सत्य युगमा माता पार्वतीले भगवान शिवलाई पति पाउँ भनेर तीजको ब्रत लिएकी थिईन् । माता पार्वतीले त्यो बेला दर खाने दिन भोलीपल्ट प्यास लाग्ला भनेर तीन आचमनी जल घुट्क्याएकी थिइन् । जसलाई कलियुगको नेपाली समाजले दरको नाममा ब्राण्डी घुट्का
उने बनाइ सक्यो । परिवारलाई खुशी पार्न र सम्पन्न बनाउन श्रीमान दिनरात केही नभनि खाडीमा ऊँटको फोहर पनि नाक थुनेर सफा गर्छन् । यता नेपालमा भने श्रीमतीहरु रक्सी नाक नथुनेरै तनतनी पिउँदछन् ।

महिलालाई सुन र साडीले कहिल्यै पुग्दैन । यी महिलाहरुको वशमा हुँदो हो त यिनले घर र गाडी पनि सुनकै बनाउँथे होलान् झ् एक त महिला आर्थिक रुपमा कमजोर छन् त्यसमाथि आफुले कमाएको पैसा पनि आफ्नै मोज, मस्तिमा खर्च गर्दछन् । घर खर्च चलाउनु त श्रीमानको परम कर्तव्य हो । चाहे खाडीमा गएर कमाउन या गाडी चलाएर कमाउन् । केही थान महिलावादीहरुले महिला विभेदको नारा दिएर उनीहरुको समानताको वकालत गर्दै झगडाको बीउ रोपिदिएका छन् ।

महिलाका पर्व त्यौहार उनीहरुको आफन्त भेट्ने र सुखदुख बाँडने माध्यम बन्नु पर्नेमा यी चाडपर्वहरु मोज मस्तिको साधन बन्दैछन् । श्रीमतीले जति बढी दर खान्छिन् श्रीमानले वाध्य भएर त्यति नै धेरै कर अर्थात घुष खान्छन् । श्रीमतीले जोरीपारी र समाजका अगाडि छड्के तिलहरी र महँगो साडीले आफ्नो मान बढाउनु छ । भलै यसकालागि श्रीमानले आफ्नो मान घटाउनु किन नपरोस् ?

पूरा बजार र समाज तीजमय भएर श्रीमानहरुलाई गिज्याइ रहेको छ । तीजकालागि बनेका लोक या दाहोरी गीत होस् अथवा बजारमा आएका नयाँ फैशनका लुगा र गहना नै किन नहोस् । ती सबैले श्रीमतीको इच्छाको जोहो गरदिन नसक्ने श्रीमानलाई नामर्द सावित गर्दैछन् । यस्ता चहल पहल र बजारको तीव्र प्रतिष्पर्धामा श्रीमानहरुमा अपराध वृतिले डेरा जमायो भने दोष कसको ? देश की श्रीमान अर्थात प्रधान न्यायाधीश आफै कसैकी श्रीमती भएकीले अरुका श्रीमानको हकमा बोल्दिनन् बरु मौन साँधेर बस्छिन् । उनी आफै अन्ध बिश्वास र फैशनलाई मलजल गर्दैछिन् ।

तीजमा श्रीमती र महिलाहरुलाई बधाई र शुभकामना दिन्छन् । तर वास्तवमा बधाई तथा शुभकामना दिनु पर्ने श्रीमान अर्थात पुरुषहरुलाई पो दिनु पर्ने हो । किन कि महिलाले तीजको ब्रत श्रीमानको आयु लामो गर्न पो लिएका हुन् त ? तर अफशोच श्रीमानको आयु लामो हुन्छ कि हुंँदैन थाहा छैन तर उनको खल्ति र कमाईको आयु सानो र तनावको आयु भने लामो हुंदै गइरहेको छ ।
(२०७३ भदौ १६ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित)