नेताको अधिकार गल्ती गर्नु, जनताको कर्तव्य माफी दिनु
– स्वयम्भुनाथ कार्की
नेपालमा शीर्ष नेताको विषेशाधिकार भएको छ बारम्बार गल्ती गरेर
देश र जनतालाई पिर्नु । अघाउञ्जेल गल्ती गरेर आफ्नो स्वाथ्र्य पुरा भैसकेपछि कोही माफी आफैं माग्छन्, कोही आफ्ना भरौटे मार्फत माफी माग्छन् । मानौ गल्ती गर्नु उनीहरुको जन्मसिद्ध अधिकार हो माफी मागे पनि नमागे पनि माफ गर्नु जनताको बाध्यकारी कर्तव्य हो । जनतालाई माफी नदिने अधिकार भने विल्कुलै छैन । यसक्रममा मुलुकलाई जनतालाई भएको कुनै पनि हानी नोक्सानीको जिम्मेवारी नेताले बोक्नु पर्दैन । हद नै भए राज्यले क्षतिपुर्ति बेहोर्ला, तर राज्यले क्षतिपुर्ति व्यहोर्ने कोष भने जनताको रगत पसिनाको कमाईबाट लिएको करबाट बोको हुन्छ । अनि कोष रित्तिएमा अनेकौ बहानामा कर थपेर पुरा गरिन्छ ।
राजश्व जनताको सम्पत्ति हो, यसको यस्तो दुरुपयोग त नेपालको इतिहासमा कहिल्यै भएको थिएन । दुरुपयोगको प्रमाण खोज्न मेहेनत नै गर्नु पर्दैन । विगत दशकमा पहिलेकाले भन्दा ज्यादा राजश्व संकलन गर्ने होड चलेको छ । जनताको आर्थिक अवस्था दयनीय भै रहेको बेलामा पनि राजश्व भने लक्ष्य भन्दा धेरै संकलन भएको कुरा सगौरव प्रस्तुत गरिने गरेको छ । जब जनतालाई लाभ दिने परियोजनामा लगानी गर्ने कुरा आउँछ तब खर्च धान्न नसक्ने रोदन सुन्नु पर्दछ । दातासँग हात पसारिन्छ, अनेकौं अनुचित र मुलुकले दुरगामी दुस्परिणाम भोग्नु पर्ने शर्तमा विदेशी कम्पनीलाई सुम्पने होडबाजी चल्छ । यसको भार भने जनताले बोक्नु पर्दछ तर कमिसन लाभ भने नेताको हुन्छ ।
सबैजसो सरकारी कार्यालयहरुमा अत्याधिक कर्मचारी छन् भनिन्छ । तिनलाई तलब सुविधा दिन राजश्व बढाउनु पर्ने विवशता प्रदर्शन गरिन्छ । अनि कुनै काम मुलुक र जनताको हितमा गर्नुृ पर्यो भने जनशक्ति अभावको बहाना बनाईन्छ । त्यसपछि त विदेशीलाई कामको ठेक्का सुम्पने बाटो खुलिहाल्छ । कसैले यसो गर्नु हुँदैन भनेर भन्यो भने हण्डी खाएका अनेकौ संस्था, समुह र व्यक्ति छन् त्यसको झाँकोझार्न । बोलीमा अचम्म तरिकाले बन्देज छ, कसैले केही भन्न खोज्यो भने प्रश्न बर्सन्छ, ऊ संग त्यसको उत्तर भए पनि दिन भने पाउदैन । एक वाक्य बोल्न नपाउदै अर्को प्रश्न, आफ्नै व्याख्या शुरु हुन्छ ।
केही गरेर यी कुराहरु गलत सावित भयो वा जनआक्रोश बढ्यो भने माफी माग्ने ब्रम्हास्त्र तैयार छ । माफी मागिसकेको पनि हुँदैन अर्को त्यही प्रकारको गल्ती गर्न शुरु गरिसकिएको हुन्छ । सरकारको विरुद्धमा विरोध शुरु भए त्यही जनताको राजश्व खर्चेर गरेको दमनले केही जनताले प्राण त्याग्छन् । अनि सरकार तिनलाई नै सहिद घोषणा गरेर १० लाखको दरले राजश्वबाटै बुझाउँछ । आफ्ना विरुद्ध आन्दोलन गरेर आफैले प्राण हरेकाहरु सहिद हुन भने सहिदको प्राण लिने खलनायक हुन् । यो विश्वले मानेको मापदण्ड हो, सहिदको प्राण हर्ने सत्तामा बस्न पाउँदैन उसमाथि कानुनी वा जनअदालतमा कारवाही हुन्छ ।
तर नेताले माफी मागे पछि ऊ चोखिन्छ, फेरी गल्ती नदोहोर्याउने शर्तमा हैन थप गल्ती गर्ने प्रतिवद्धताका साथ । यस्ता नेताहरुको विकल्प छैन भनेर बुद्धिजीविमा दरिएकाहरु जनतालाई सम्झाउन थाल्छन् । जनता यति निरिह भएको छ कि न ऊ नेतालाई नै केही भन्न सक्छ न यस्ता बुद्धिजीविको मुखमा मसो नै पोत्न सक्छ । ऊ केवल चुपचाप सबै कुरा सहन विवश छ । नेपालमा अव एक्लो नाता भएर बाँच्न सक्ने अवस्था छैन । कुनै समुहसंग टाँसिन पाएर वा शक्ति केन्द्रको चाकरी गर्न पाएर आफ्नो सामुन्ने ठालु भएका उदाहरण जनता देख्दैछन् । आफ्नो वा सन्ततिको भविष्य दिगोरुपमा सुरक्षित गर्न आवाज उठाउनु जनतालाई कठिन काम लाग्न थालेको छ । बरु आफु पनि त्यसै गरेर सहज जीवनयापन गर्ने तिर लाग्छ ।
हिजोसम्म तन्नम अवस्थामा भएका वर्तमान नेताहरु जनताको रगत पसिनावाट जम्मा भएको राजश्वले सम्पन्न भएका छन् । विश्वमा गरिव जनता भएको मुलुकका नेताहरु भने सम्पन्न छन् । बैठक गर्न तारे रिसोर्ट, अवतजावत गर्न करोडौ पर्ने गाडीहरुको ताँती, सुरक्षाको निमित्त सैकडौ सुरक्षकर्मीको ताँती नेपाली नेताको परिचय हो । सिंगापुर, थाईल्याण्ड अमेरिका, जापान जस्ता मुलुकमा वर्षमा दुईचार चोटी ओहोर दोहोर सामान्य जीवनशैली भएको छ । रुघाखोकीको उपचार गर्न पनि एयर एम्बुलेन्स, विदेशका महंगा अस्पताल नभई हुँदैन । यत्तिको राजशी जीवनशैलीले त विश्वको औंलामा गन्न सकिने धनिलाई पनि ईष्र्या गर्न विवश बनाउँछ ।
यो सब हुनाको कारण केवल एक छ, त्यो हो जनताले आफ्नो विवश कर्तव्य सम्झेर लगातार दिने गरेको माफी । जबसम्म जनताले “भो अव पुग्यो माफी” भन्दैनन् तबसम्म यो क्रम रोकिदैन । बुझ्नै नसकेको कुरा त यो छ कि आफ्नो काम गर्नेले काम बिगारेको अवस्थामा हतपति माफी नदिने जनता राष्ट्र बिगार्नेलाई हमेशा माफ कसरी गर्छ ? एक रुमाल किन्दा पनि राम्रो छान्न एक घण्टा लगाउने जनता नेता छान्न एक सेकेन्ड पनि किन खर्च गर्दैन ? कटेरो बनाउने कालिगढ कत्तिको सिपालु छ भनेर खोजी गर्ने जनता देश बनाउछु भन्नेसँग क्षमता छ छैन किन चासो राख्दैन ? अब नेताहरुलाई माफी हैन सजाय दिने बेला भएन र ?
विराटनगर–१
(२०७३ भदौ १६ गते क्राइम चेकमा प्रकाशित)