पूर्व मन्त्री केशर विष्टको अध्यक्षतामा एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियानको थालनी
सन्तोष मिश्र/
काठमाण्डौ/एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियानका अध्यक्ष केशर बहादुर विष्टले देशको राष्ट्रिय एकता, अखण्डता एवं धर्म संस्कृतिको रक्षाकोलागि सबै राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ ।

आफ्नो जीवनको लामो समय राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रमा समर्पण गर्नुभएका राष्ट्रवादी नेता एवं पूर्व मन्त्री समेत रहेका केशर बहादुर विष्टले “एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियान”को थालनी भएको जानकारी गराउन आयोजना गरिएको एक कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
काठमाण्डौको अल्फा हाउस रेष्टुरेन्ट एण्ड बारमा आयोजना गरिएको सो कार्यक्रममा बोल्नुहुँदै अभियानका अध्यक्ष विष्टले “नेपालको लागि संघीयता र धर्मनिरपेक्षता कुनै पनि दृष्टिकोणले पाच्य नहुने दाबी गरे । भाषा र जातको नाममा देश टुक्रयाउने खेलको कडी नै संघीयता भएको विष्टको दाबी गर्नुहुँदै विष्टले अगाडी भने, “जब जब यो देशमा राजाले दु:ख पाए तब तब यो देशमा नेपाली जनताले दु:ख पाएका छन् । सात सालमा एकपटक राजाले दु:ख पाउँदा कोसी गुम्यो १५ सालमा फेरी राजाले दु:ख पाए गण्डकी गुम्यो, ४४ सालमा राजाले फेरी दु:ख पाए त्यतिखेर महाकाली गुमायो । हरेक पटक राजाले दु:ख पाउनुको मतलब देशको राष्ट्रियता गुमेको छ, भू–भाग गुमेको छ, धर्म संस्कृति, परम्परा र अखण्डतामाथि खलल पुगेको छ । त्यसैले अब देशको अस्मिता रक्षाकोलागि राजासहितको हिन्दू अधिराज्य स्थापनाकालागि अभियानको थालनी गरिएको प्रष्ट पार्नुभयो ।

स्वागत मन्तव्यको क्रममा राष्ट्रिय सरोकार मञ्चका केन्द्रिय अध्यक्ष सोम विक्रम सिंहले एकीकरणको नाममा मोर्चा बनाएर मात्र हुन्न, सबै एकजुट हुन जरुरी छ, पदको लोभ भन्दा पनि राष्ट्रलाई शीरमा तथा धर्म, संस्कृति एवं राजसंस्थालाई मुटुमा राखेर अघि बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।
श्याम केसीले देश र जनतालाई गुमराहमा राखेर गद्दारी गर्ने राजनीतिक दललाई सबै जनता मिलेर पाठ पढाउनु पर्ने बेला आएकोले सबै राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
त्यस्तै विश्व हिन्दू महासंघकी सचिव अस्मिता भण्डारीले राष्ट्रवादी शक्तिहरू सानो सानो टुक्रामा विभाजित भएर बस्नु भन्दा एउटै ठाउँमा आएर देशको अस्मिता बचाउन एकजुट हुनुपर्नेमा जोड दिनु भयो । सचिव भण्डारीले संघीयता र धर्म निरपेक्षताको नाममा देशलाई पूर्व पाकिस्तान झैं टुक्रयाउने खेल भइरहेकोले यसप्रति सबै सजग भई लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै योगगुरु डा. चन्द्रमणी खनालले जहाँ धर्मको रक्षा हुँदैन त्यहाँ असुरी शक्ति हावी हुन्छ भन्नु भयो ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय जनता पार्टी राजावादीका केन्द्रिय अध्यक्ष किशोरी महतो, अभियानका प्रवक्ता दमन बस्नेत, ऋषिबाबु परियार, बिक्रम मल्ल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
गत २०७२ सालमा जारी नेपालको गणतान्त्रिक संविधानले राष्ट्रिय एकता, अखण्डता, र सार्वभौमिकताको रक्षा नहुने, राप्रपा नेपालले चुनाव अघि जनता समक्ष गरेको वाचा र चाहना विपरित अखण्ड राष्ट्रलाई खण्डित गर्ने संविधानमा कमल थापा नेतृत्वले राजसंस्था र हिन्दू अधिराज्य पुनस्र्थापना लगायतको ऐजेण्डा परित्याग गरेको विरोधमा फरक मत राखेकै कारण फागुन १८ गते साधारण सदस्य समेत नरहने गरी निस्कानमा परेका विष्टले सोही समयदेखि एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियानमा लागेका थिए । राप्रपा, राप्रपा नेपाल समानान्तरलगायत विभिन्न राष्ट्रवादी समुह, संगठन र मोर्चामा आवद्ध भएका राष्ट्रवादी व्यक्तित्वहरूको एक भेलाले विष्टको अध्यक्षतामा ७९ सदस्यीय एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियान भेला मूल आयोजक समिति गठन गरिएको आज एक कार्यक्रमका बीच अध्यक्ष विष्टले जानकारी गराउनु भयो ।
सो समितिका वरिष्ठ उपाध्यक्षहरूमा किशोरी महतो, विष्णु प्रसा भट्टराई, सिनेट श्रेष्ठ रहनु भएको छ भने सदस्य सचविको जिम्मेवारी घनश्याम गिरीलाई दिइएको छ । त्यसैगरी दमन बस्नेतलाई अभियानको प्रवक्ताको जिम्मेवारी दिइएको छ भने श्याम के.सीलाई प्रवास विभाग प्रमुख, इन्द्र थापालाई आर्थिक विभाग प्रमुख, कर्ण धिताललाई सचिवालय प्रमुखको जिम्मेवारी दिइएको छ ।
अभियानमा पदम ठकुराठी, महबुब शाह, टेक नारायण राजवंशी, ऋषिबाबु परियार, कृष्णबहादुर चौधरी, नवराज दाहाल, किशोर गुरुङ, ध्रव स्नेही, बसन्त राज लम्साल, प्रेम बहादुर साही, डा. विजय सिजापति, सपना अर्याल, सुनिता बराल, पदमा ताम्राकार, प्रबल नरसिंह राणा, शंकर राजभण्डारी, मधुकुर समसेर राणा लगायतका व्यक्तित्वहरु रहेका छन् ।
कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका राष्ट्रवादी धारका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।