युवराज पारसद्वारा दक्षिणकालीमा पूजा, स्थानीयद्वारा भव्य स्वागत
काठमाण्डौ/भदौ २३ गते/श्री ५ युवराज पारस वीर विक्रम शाह बिहीबार दक्षिणकाली सवारी भई विशेष पूजा गर्नु भएको छ । दिउँसो करिब १ बजे दक्षिणकालीमा विशेष पूजाकालागि पुगेका युवराज शाहले विधिवत पूजा आजा र दर्शन गरेका थिए । सो क्रममा महाराज व्यग्र बेदनाथ, राष्ट्रिय सरोकार मञ्चको अगुवाईमा गएका विभिन्न राष्ट्रवादी तथा धार्मिक संघसंगठनमा आवद्ध पदाधिकारीहरू, आम नागरिक तथा फर्पिन, चोभार, दक्षिणकाली लगायतका क्षेत्रका स्थानीयवासी र युवाहरूले युवराज सरकारको जयजयकार गर्दै हाम्रो राजा हाम्रो देश प्राण भन्दा व्यारो छ, राजा प्रजा एक होऔं” लगायतका नारा लगाउँदै पूर्व युवराजको भव्य रुपमा स्वागत गरेका थिए ।
दक्षिणकालीमा पूजा सम्पन्न गरेपश्चात पूर्व युवराजले चोभारस्थित जल विनायक मन्दिरको प्रसाद पनि ग्रहण गर्नु भएको थियो ।
फोटो/राजकुमार थापा


