ब्रेकिङ समाचार

एकता दिवसमा पनि मिलेनन् राष्ट्रवादीहरू ! छुट्टाछुट्टै मनाए पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस

एस. के. मिश्र
वीरगंज २७ पुस /अनेकौं प्रयासका बावजुद पनि राष्ट्रवादीहरू एकजुट हुन नसकी छुट्टाछुट्टै रुपले विभिन्न समुह र जत्थामा विभाजित भई राष्ट्रिय एकता दिवस मनाएका छन् ।

गणतन्त्र स्थापना पछि सरकारले राष्ट्र निर्माता बडामहाराजाधिराज पृथ्वी नारायण शाहको योगदान र राष्ट्रिय एकता दिवसको महत्वलाई बेवास्ता गर्दै पृथ्वी जयन्तीमा राष्ट्रिय विदा दिने काम बन्द गरेपनि देशभरका विभिन्न राष्ट्रवादी संघसंस्थाले विभिन्न समुहमा भेला भई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने क्रममा पर्सा जिल्लाका राष्ट्रवादी संघसंगठनहरु पनि छुट्टाछुट्टै रुपमा मनाए ।

नेपाल विद्वत परिषद, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय, देशभक्त राजभक्त समुह, नेपाल राष्ट्रवाद संघ, राष्ट्रिय सरोकार मञ्च, राष्ट्रिय नागरिक संघर्ष समिति लगायतले छुट्टाछुट्टै स्थानमा कार्यक्रमको आयोजना गरी राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस मनाए ।

नेपाल विद्वत परिषदका पर्सा जिल्ला अध्यक्ष रामनारायण शाहको अध्यक्षतामा वीरगंजको सम्झना होटेलबाट हजारौंको संख्यामा राष्ट्रवादी नागरिकहरूले राष्ट्रिय झण्डा, बाजा गाजा एवं एवं झाँकी सहित र्‍याली निकाल्यो ।

स्थानीय होटेल सम्झनामा आयोजित एक कार्यक्रममा पृथ्वी नारायण शाहको पूर्ण कदको फोटोमा विधिपूर्व पुष्पगुच्छा, माल्यार्पण र अबिर लगाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानबारे चर्चा गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रमपश्चात कार्यक्रममा सहभागी हजारौं सर्वसाधारण नागरिकहरूले बिभिन्न बाजा गाजा सहित “पृथ्वी नारायण शाह अमर रहुन्, राष्ट्रि एकता जिन्दावाद, राजासितको सझौता कायम गर,  सनातन हिन्दू राज्य कायम गर, अखण्ड नेपाल कायम गर, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका अनेकौं गगनभेदी नारा लगाउँदै घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया चोक, कैलाश चोक, घडिअर्वा लगायतका ठाउमा नगर परिक्रमा गर्दै मनाइएको सो समारोहका वक्ताहरूले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदान बिर्सिनेलाई इतिहासले माफी नदिने चेतावनी दिए । साथै राज्यले पृथ्वी नारायण शाहको योगदान बिर्सिएपनि हरेक राष्ट्रवादी नेपालीको मन मुटुमा नेपालको अस्तित्व कायम रहेसम्म पृथ्वी नारायण शाह बिराजमान रहिरने छन् ।

कार्यक्रममा समाजसेवी पशुपति बिक्रम शाह–श्रीमति उषा शाह दम्पत्ति, नेपाल विद्वत परिषदका केन्द्रिय सदस्य एवं मध्यमांचल संयोजक नरेशराज गिरी, केन्द्रिय सदस्य अध्यानन्द प्रसाद कलवार, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका केन्द्रिय सदस्य पृथ्वी प्रसाद झा, हरि नारायण शाह, चन्द्रसूर्य वाणी दैनिकका सम्पादक सन्तोष मिश्र, रिपोटर्स क्लव नेपालका केन्द्रय सदस्य कन्हैया गुप्ता, संजिव कुर्मी, सरयुगजी, शम्भु चौरसिया, दिना यादव, नन्द किशोर गोयल, जागेश्वर गिरी, पशुपति रौनियार, राजकिशोर चौवे लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी वीरगंजको महावीर स्थान मन्दिर अगाडी राष्ट्रभक्त देशभक्त समुह, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय लगायतले संयुक्त रुपमा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाए भने नेपाल राष्ट्रवाद संघ पर्साले घण्टाघरमा सो दिवस मनाएको संघका केन्द्रिय अध्यक्ष जनकलाल साहले जानकारी गराए ।

महावीर स्थानमा  आयोजित कार्यक्रममा पशुपति रौनियार, अब्दुल सतार अंसारी, पृथ्वी प्रसाद झा, अनु राणा, राजकिशोर चौवे, बिगा राउत गदी, राम अयोध्या, शम्भु प्रसाद चौरसिया, वीरेन्द्र थापा, आशीष तिवारी, सन्तोषमान रंजितकार, बाबुलाल शर्मा, मदन चन्द लाखे, पुष्पा राणा, गीता चौहान लगायतको सहभागिता रहेको थियो भने नेपाल राष्ट्रवाद संघ पर्साको घण्टाघरमा आयोजित कार्यक्रममा अध्यक्ष जनकलाल साह लगायत विभिन्न राष्ट्रवादी नागरिकहरुको उपस्थिति रहेको जनाइएको छ ।